


भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख भन्दा बढी


-
-
माघ १ गते, २०७७ - १३:५१

माघ । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड पाँच लाख भन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ९४६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख १२ हजार ९३ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १९८ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५१ हजार ७२७ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख ४६ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख १३ हजार ६०३ सक्रिय सङ्क्रमित रहेका छन् ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार ३५७ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र ११ जनाको मृत्यु भएको छ ।
भारतीय सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिदै आएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर १८ करोड ४२ लाख ३२ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो बुधबार मात्र एकै दिनमा आठ लाख ४३ हजार १९१ जनाको कोभिड–१९ परीक्षण गरेको छ । सिन्ह्वा

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अन्तराष्ट्रिय अभ्यासका आधारमा संसद विघटनको सिफारिस गरेको हुँः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...तत्कालीन प्रम कोइरालालाई जस्तो विघटनको अधिकार वर्तमान प्रमलाई नभएको जिकिर
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा...संविधानविद् आचार्य र न्यायाधीशहरूबीच सवाल-जवाफ: ओलीलाई संसद् विघटनको ‘व’ उच्चारण गर्ने अधिकार छैन
काठमाडौं । प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ। विघटनविरूद्ध...ओलीलाई प्रचण्डले भने : तपाई जनताले बनाएको प्रधानमन्त्री हैन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षका अध्यक्ष प्रचण्डले...प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटे
काठमाडौं । आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई र प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेका...मौसम सफा हुन अझै केही दिन लाग्ने
काठमाडौं । मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा...प्रधानन्यायाधीशले भने- आवश्यक परे संविधान सभामा भएको छलफलको रेकर्ड मगाउँछौं
काठमाडौँ । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर...प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चमा बहस सुरु
काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ । सर्वोच्चको...अब हुम्ला आउने यात्रुलाई पिसिआर रिपोर्ट नचाहिने
हुम्ला । नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्गहुँदै हुम्ला आउँदा यात्रुलाई अब कोरोनाको पिसिआर रिपोर्ट...बजारमा सुनको मुल्य घट्यो, आज तोलाको कति छ ?
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि ओरालो लागेको छ । तोलामा नै रु ७०० ले ओरालो लागेर साताको...
