Khabar Dabali Logo
  January 26, Tue

नियमित योग गर्ने बानी बसालौं

चितवन । मानव स्वास्थ्यका लागि योग अत्यावश्यक भएकाले नियमित योग गर्न सरोकारवालाले जोड दिएका छन् ।

छैटौं राष्ट्रिय योग दिवसको अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र नेपाल आयुर्वेद औषधि सङ्घ चितवनले आज यहाँ आयोजना गरेको कार्यक्रमका सहभागी वक्ताहरुले नियमित योग गर्नुपर्नेमा जोड दिएका हुन ।

योग अभ्यासलाई नियमित गर्ने बानी बसाल्न सके शरीर स्वस्थ्य रहने उनीहरुको भनाइ थियो । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले पूर्वीय दर्शन अनुसार मान्छे अघि बढ्न थालेको बताए। उनले भने, “अहिले योगप्रति जनविश्वास बढेको छ । यसलाई नियमित गर्नु राम्रो हुन्छ ।” योगले शरीर र मस्तिस्कलाई स्वस्थ राख्न सहयोग पुग्ने उनले बताए।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले योगको प्रचारप्रसार गरेर आम नागरिकसम्म यसको उपयोगिताका बारेमा जानकारी गराउन आग्रह गरे। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङ्, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरकी प्रमुख डा कोपिला अधिकारी, पतञ्जलि योग समितिका केन्द्रीय सदस्य विष्णु दवाडी, जिल्ला अध्यक्ष रामप्रसाद ओस्ती, डा चन्द्रकान्त ज्ञावलीलगायतले योगको महत्वका बारेमा जानकारी गराएका थिए ।

माघ १ गते, २०७७ - १२:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बामदेब गौतमले भने – जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा जान्छु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार...   

शैक्षिक सत्र जेठसम्म लम्ब्याउने तयारी

काठमाडौं । कोभिड–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक...   

आयोगको निर्णयपछि उपाध्यक्ष गौतमले भने: अब म दुवै समूहलाई एकतामा ल्याउँछु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार...   

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि पत्रकार वाग्लेले भने: अब तेस्रो जनआन्दोलन सुरु भयो

काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरुद्ध नागरिक आन्दोलन भइरहेको बेला प्रहरीले हस्तक्षेप गरेकोे छ...   

चौतारोमा बसेर अध्यक्ष घोषणा गर्नेलाई निर्वाचन आयोगले उचित जवाफ दियाे : प्रधानमन्त्री ओली

काठमाडाौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई लक्षित गर्दै चौतारीमा बसेर पार्टी...   
नागरिक आन्दोलनमा प्रहरीको हस्तक्षेप, पत्रकार वाग्लेसहित प्रदर्शनकारी घाइते

नागरिक आन्दोलनमा प्रहरीको हस्तक्षेप, पत्रकार वाग्लेसहित प्रदर्शनकारी घाइते

काठमाडौँ । बृहत नागरिक आन्दोलनमा नेपाल प्रहरीले हस्तक्षेप गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले...   

गृहमन्त्री थापाले भने : चुनावको मिति पछाडि सर्न सक्छ

कालिकोट । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन...   

केपी ओलीको पार्टी धुलो छाप पार्टी हो, कोही नजानुहोला : नेपाल

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको...   

निर्वाचन आयोग आफ्नो जिम्मेवारीबाट पन्छियो : बर्षमान पुन

बुटवल । नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका नेता वर्षमान पुनले निर्वाचन आयोग आफ्नो...   

प्रचण्डले शिलान्यास गरेको राप्ती नदीको पुल प्रधानमन्त्रीद्वारा उद्घाटन

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top