Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

चिसो स्याँठ र डम्म हुस्सुबीच तिलासक्रायत मनाइँदै

महोत्तरी । लगातार चिसो स्याँठ चल्ने र चारैतिर डम्म हुस्सुले ढाकेबीच मैथिल (मिथिलाका बासिन्दा) तिलासक्रायत पर्व मनाइँदैछ । पछिल्ला चार दिनयता लगातार चिसो स्याँठ बहिरहने र दिनभरि घाम नदेखिएर चारैतिर डम्म हुस्सुले ढाकिएको अवस्था छ । माघे सङ्क्रान्ति पर्वलाई मिथिला क्षेत्रमा तिलासक्रायत र मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ ।

मिथिलामा हिन्दू परम्पराका सबैजसो जाति समुदायले मनाउने तिलासक्रायत पर्व विशेष परिकारका खानपानका लागि प्रसिद्ध छ । खासमा मिठ्ठा (सख्खर) को खुँदोमा मिलाएर बनाइने तिल, चिउरा, जुनेला (अन्नविशेष) र मुरी (विशेष प्रकारले बनाइएको चामलको भुजा) का लाइ ९लड्डू० विशेष मानिन्छन् । यसैगरी बिहानै मकरस्नान गरेर तिलको झिक्रा बालेर आगो ताप्ने र पुरोहितको हातबाट तिल डढाएर घ्यू दलेर बनाइएको कालोटीका लगाएपछि धार्मिक विधि सम्पन्न हुन्छ । पर्वका दिन मासको दाल, अरुवा चामल र घ्यूको खिचडी खाने आम चलन छ । यसका साथै तरुल, सुठुनीलगायतका कन्दमूल उसिनेर खाने चलन पनि रहि आएको छ । । मगर र तराईका आदिवासी थारूले भने मासुका विभिन्न परिकार बनाएर कुटुम्बजनसहित रमाइलो गरेर खानपिन गर्ने पर्व परम्परा रहेको छ ।

जाडो बढेपछि धार्मिक महत्वका नदी र कुण्डमा स्नान (नुहाउन) जानेको सङ्ख्या स्वात्तै घटेको छ । चिउरा, जुनेलो र मुरीको लाई बनाइए पनि तिलको भने मनमाफिक बनाउन नसकिएको मिथिलानी (मिथिलाका नारी, गृहिणी) ले बताएका छन् । खासमा लाइ बनाउन तिल ओखलमा फलेर सुकाउन पर्ने र पछिल्ला चार दिनयता यसरी फलिएको तील लगातारको ओसले नसुकेपछि आवश्यक जति लाइ बनाउन नसकिएको मैथिल गृहिणीको भनाइ छ ।

सूर्य मकर राशिमा प्रवेश गरेसँगै उत्तरायण शुरु हुने यस पर्व उल्लास र उमङ्गको हुने मैथिल बताउँछन् । जाडो मौसम भएको हुँदा आँत तताउन खाने परिकारमा मिठ्ठा, घ्यू र तिलको प्रयोगको परम्परा पुर्खाहरुले शुरु गरेको हुनपर्ने बर्दिवास–२ का मैथिल परम्पराका कर्मकाण्डका ज्ञाता पण्डित महेशकुमार झा बताउछन् । मिथिलामा माघे सङ्क्रान्ति पर्वका खास परिकार लाइ जाडोभरि खाजाका रूपमा खाने गरिन्छ । घरमा पर्व मनाइएसँगै तिलासक्रायत पर्वको सनेस ९कोशेली० छोरीचेली, मितमितिनी र इष्टजनकहाँ पु¥याउने परम्पराले सिङ्गो माघ महिनाभरि नै मिथिलामा लाइको मौसम रहने गरेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies