Khabar Dabali Logo
  January 18, Mon

मुलुक निर्वाचनमा गइसक्यो, जनतामा जान नडराऔँ : मन्त्री नेम्वाङ

पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मुलुक निर्वाचनमा गइसकेकाले लोकतान्त्रिक शक्ति जनतामा जान डराउनु नहुने बताएका छन्।

पार्टीभित्रैबाट सरकारलाई सफल हुन नदिने अवस्था आएपछि जनतामा जानुको विकल्प प्रधानमन्त्री केपी शर्मा ओली र सरकारसँग नरहेकाले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गरिएको उनको भनाइ छ । फिदिम नगरपालिकाको आठौँ नगरसभाको बुधबार उद्घाटन गर्दै उहाँले प्रतिनिधिसभामा ६४ प्रतिशत मत रहे पनि सरकार सबैतिरबाट अप्ठ्यारोमा परेपछि जनतामा जाने विकल्प रोजिएको जानकारीदिए। “पार्टीभित्रैबाट सरकारलाई चल्न नदिने अवस्था आएपछि मुलुकलाई जकट्याएर राख्नुहुन्छ ?”, उनले प्रश्न गरे, “पार्टीबाट उत्पन्न गरिएका समस्या सरकारले कहाँ राख्ने ? त्यसैले जनतामा जानुपरेको हो ।”

अभिमत लिन जनतामा जाने कुराभन्दा वैधानिक र लोकतान्त्रिक काम अरु हुन नसक्ने जनाउँदै मन्त्री नेम्वाङले निर्वाचनमा जाने कामले कसरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई समस्यामा पा¥यो ? प्रश्न गरे। “मुलुक डुब्ने, प्रतिगमन हुने, सङ्घीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्नेजस्ता भ्रमले निर्वाचन रोकिदैन”
नगरसभामा नगर उपप्रमुख उर्मिला प्रधान श्रेष्ठले नगरपालिकाको गत आर्थिक वर्षको समीक्षासहित चालु आर्थिक वर्षको संशोधित बजेट प्रस्तुत गरेका थिए । उनले रु ८६ करोड ६३ लाख ५२ हजार ७३१ को संशोधित बजेट नगरसभामा प्रस्तुत गरेको हो ।

माघ १ गते, २०७७ - ०९:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीलाई स्पष्टीकरण पत्र बोकेर प्रचण्ड नेपाल पक्ष बालुवाटारमा

काठमाडौं । नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई तीन...   

प्रधानमन्त्रीलाई संसदमा अवरोध नहुँदा पनि विघटन गरिएकाेमा आपत्ति, बहस मङ्गलबार पनि हुने

काठमाडाै‌ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा...   

संसद विघटन गर्न नमिल्ने सुवास नेम्वाङको टिप्पणी पुग्यो सर्वाेच्चको इजलासमा

काठमाडौं । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संविधानअनुसार प्रतिनिधि सभा विघटन गर्न नमिल्ने...   

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका कामकारवाहीसहितको...   

यतिबेला ओलीलाई मुख देखाउनै कठिन भएको छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले यतिबेला प्रधानमन्त्री केपी शर्मा...   

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ । रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । प्रहरीका अनुसार अपार्टमेन्टको माथिल्लो...   

अतिक्रमणको प्रतिकारमा नेपाली, हिलेमा स्थानीयवासीको प्रतिकारपछि भारतीय पक्ष पछि हट्यो

मङ्गलबारे । भारतीयले नेपालतर्फको भूभाग मिच्नु र मिच्न खोज्नु नौलो विषय होइन । पटकपटक भारतीय सीमासुरक्षा...   

बेलायतबाट आएका तीन जनामा देखियो नयाँ प्रकारको कोरोना संक्रमण

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट...   

लगातार ओरालो लाग्दै सुनको मुल्य, आज तोलामा कति घट्यो ?

काठमाडौं । लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि...   

संसद विघटनका मुद्दामा बहसः सरकार चलाउन नसके प्रधानमन्त्रीले राजीनामा दिने हो, संसद विघटन गर्ने होइन

काठमाडौं । संसद विघटनका मुद्दामा सोमबार पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । आजको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top