Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

मतदाता नामावली अद्यावधिक अवसरको सदुपयोग गर्नुस् : निर्वाचन आयोग

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनका लागि पूर्वशर्तका रुपमा रहेको मतदाता नामावली अद्यावधिक गर्ने र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न सबै सरोकारवालासँग प्रभावकारी समन्वय गरी जिम्मेवारीपूर्ण रुपमा सम्पादन गर्नुपर्ने बताएका छन् ।

मतदाता नामावली अद्यावधिक, मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, कार्यान्वयनसम्बन्धी अनलाइन प्रविधिमार्फत दोस्रो समूहमा प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशस्थित जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कम्प्युटर अपरेटरका लागि सञ्चालित एक दिने प्रशिक्षणको उद्घाटन गर्दै उनले निर्वाचन व्यवस्थापनमा सुधार गर्नका लागि आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनामा उल्लेख भएबमोजिम आयोगका गतिविधिमा प्रविधिको प्रयोगको विस्तार बढाउँदै लगिने बताए ।

प्रमुख थपलियाले भने, “मतदाता नामावली ऐनअनुुसार निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नसकिने तर निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अद्यावधिक गरिने व्यवस्थाअनुसार मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने र दाबी विरोधका कार्यक्रम मात्र सञ्चालन गरिनेछ ।”

निर्वाचनले लोकतन्त्रलाई बलियो बनाई सुशासन कायम गर्न सहयोग पुर्याउने भएको हुँदा आयोगलाई प्राप्त संवैधानिक जिम्मेवारीअनुुरुप निर्वाचन गराउनु आयोगको प्रमुख कर्तव्य भएको बताउदैँ उनले निर्वाचन व्यवस्थापनको आधारभूत पक्षका रुपमा रहेको मतदाता नामावली शुद्ध र त्रुटिरहित बनाउन एवं मतदाताको हितलाई ध्यान दिई सुरक्षित, पहुँचयोग्य, विवादरहित र पायक पर्ने स्थानमा मतदानस्थल निर्धारण गर्नुपर्ने बताए ।

सबै नागरिकको सहजताका लागि स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न लागिएकाले सम्पूर्ण नागरिकलाई उक्त अवसरको सदुपयोग गर्न आयोगले अनुरोध गरेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies