Khabar Dabali Logo
  January 25, Mon

निर्वाचनको पक्षमा लहर उर्लेको छ– मन्त्री रायमाझी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले परिवर्तनका मुुद्दा र उपलब्धि गुुम्ने खतरा भएपछि प्रधानमन्त्रीले रहरले नभई बाध्यात्मक परिस्थितिका कारण प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जानुु परेकोे स्पष्ट गरेका छन् । रिपोर्टस क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उनले आगामी चुुनावबाट जसलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न इच्छा लाग्नेछ, उनीहरु खुुशी भएर नयाँ जनादेशमा जानुु पर्नेमा किन अप्ठेरो मानिरहेका छन् भनी प्रश्न गरे ।

मन्त्री रायमाझीले भने, “तीन वर्षसम्म सरकारमा बस्ने अनि, आफूू हिँडेपछि प्रधानमन्त्रीलाई पनि ढालेर सडकमा पुु¥याउने १ ढुुङ्गामुुढा र विरोध प्रदर्शन गर्ने, सबैले त्यसो गर्ने भए यो देशको समृद्धि कहाँ जान्छ ? देश र प्रणाली कसले बचाउँछ ?”

निर्वाचन घोषण भएको शुुरुआती दिनमा जनतामा केही अलमल देखिए पनि पार्टीभित्रको विवादबारे स्पष्ट पारिएपछि प्रधानमन्त्रीलाई बाध्य पारिएको रहेछ भन्ने जनताले बुुझेका र विस्तारै निर्वाचनको पक्षमा मुुलुुकभर जनमतको लहर उर्लिरहेको उनले बताए ।

्प्रतिपक्ष र नेकपाकै केही नेताले चुुनावमा जान हिम्मत नरहेको बताउँदै उनले भने,“केही समयमै सत्य उजागर हुुनेछ, जनताले को हो देशको नायक भन्ने कुुरा बुझ्नेछन् ।’’ उनले नाकाबन्दी र भूूकम्पका बेला राष्ट्रियताको अडान राखेर सुुखी नेपाली समृद्ध नेपालको अभियानमा अघि बढेको विषय जनताले हेरेका छन् भने ।

मुलुकमा विकास र समृद्धिको अभियान अघि बढिरहेका बेला कुुनै विचार, राजनीति, योजना, विधि, मापदण्डका आधारमा होइन, पद र प्रतिष्ठासँग जोडेर अनेक विवाद सिर्जना गरी सरकारलाई अप्ठेरोमा पार्ने काम भएको बताउँदै उनले भने, “बेठीक किसिमबाट झगडा र अन्तरविरोध भयो । वैचारिक र देशलाई समृद्धि गर्ने विषयमा बहस भएन । अनि निर्वाचनको कदम चाल्नुु पर्यो ।”

मन्त्री रायमाझीले सर्वसम्मत् चयन भएको प्रधानमन्त्रीलाई विनाकारण विशेष अधिवेशन बोलाएर अविश्वासको प्रस्ताव अघि बढाउने उद्देश्यले चालिएको कदम गम्भीर त्रुुटी र भूूल रहेको टिप्पणी गरे । एक प्रश्नको जवाफमा उनले भने, “कम्युनिष्ट पार्टीकै नेतामा नै पनि देखिएको तडकभडक र राज्यको ढुुकुुटी उडाउने जस्ता गलत प्रवृत्तिप्रति आफनो सहमति छैन, आफूूले त्यसप्रति कहिल्यै रुचि राखिन ।”

परराष्ट्र मन्त्रीस्तरीय नेपाल–भारतबीचका बैठकमा छलफलका लागि रहने एजेण्डामा भैरहवा–गोरखपुर ४०० केभी प्रसारणलाई पनि रहेको जानकारी दिँदै मन्त्री रायमाझीले भइरहेका संरचनालाई सुधार गर्ने तथा जमीनमुुनि विद्युतीय लाइन बिच्छ्याउने कामलाई प्राथमिकता दिइरहेको बताए ।

अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्ट(एमसीसी सम्झौता) कार्यान्वयन गर्ने वा नगर्ने भन्नेमा प्रमुख राजनीतिक दलबीच छिट्टै निष्कर्षमा पुुग्न आवश्यक रहेको उनको भनाइ थियो ।

यसैबीच नेपाली काँग्रेसका नेत्री सुुजाता कोइरालाले संविधानमै प्रतिनिधिसभा एक कार्यकाल पाँच वर्ष तोकिएकाले उक्त अवधि अगावै हुने निर्वाचनको पक्षमा आफनो पार्टी नरहेको स्पष्ट पारेका छन् । यहाँ आज आयोजित साक्षात्कारमा उहाँले संविधानको उल्लङ्घन गरी घोषणा भएको निर्वाचनलाई अदालतले खारेजी गर्दै संसद् पुनःस्थापनाको पक्षमा निर्णय सुनाउने विश्वास व्यक्त गरे । नेत्री कोइरालाले भने, “हामी कुनै हालतमा पनि अहिले चुुनावका पक्षमा छैनौँ, समय अगावै चुुनाव गराउने कार्य प्रजातान्त्रिक होइन, संविधानको प्रावधानअनुुसार संसद् पुनःस्थापना हुनुुपर्छ, विकल्प छैन ।’’

पुस २९ गते, २०७७ - १६:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विभिन्न चोरीका सामान सहित २६ वर्षीय शर्मा पक्राउ

कास्की । चोरी गरेको विभिन्न समान सहित पोखरा महानगरपालिका २६ बिजयपुर बस्ने पर्वत कुश्मा नगरपालिका...   

लुटपाट गरेको अभियोगमा २३ वर्षीय सूर्य पक्राउ

काठमाडौं । नागार्जुन नगरपालिका ८ भिमढुङ्गा बस्ने २५ वर्षीय साजन तामाङको बा.६० प७९१० नम्बरको स्कुटर...   

आम्दानीको स्रोत भैँसीपालन

चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका–५ मथानीका रामहरि सुवेदी केही महिना अघिसम्म चरीकोटमा गाडी चलाउँथे...   

छिमेकीको ढुंगा प्रहारबाट २१ वर्षीय बिकको मृत्यु

दाङ । छिमेकीले ढुंगा प्रहार गर्दा घोराही उपमहानगरपालिका १३ लाते बस्ने २१ वर्षीय रामुबिकको आइतबार...   
अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा

अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा

मान्म । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन...   

हात्तीले भत्कायो आरक्ष विस्थापितका झुपडी

कञ्चनपुर । ढक्कामा बस्दै आएका आरक्ष विस्थपित १३ परिवारका झुपडी हात्तीको बथानले भत्काइ दिएको छ । शुक्लाफाँटा...   

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७ हजार भन्दाबढी

लन्डन । बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९७ हजारभन्दा बढी पुगेको बताइएको छ । आइतबार...   

करीव ६ बिघामा लगाइएको गाँजाखेती प्रहरीद्वारा फँडानी गरी नष्ट

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाअन्तर्गत वडा नं १० का विभिन्न स्थानमा करीव छ बिघामा लगाइएको...   

टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार...   
मेक्सिकोका राष्ट्रपतिलाई पनि कोरोना संक्रमण पुष्टि

मेक्सिकोका राष्ट्रपतिलाई पनि कोरोना संक्रमण पुष्टि

मेक्सिको सिटी । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुए लोपेज ओब्राडोरलाई कोरोनाभाइरसको संक्रमण पुष्टि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top