


पर्सामा अत्यन्त दुलर्भ मानिएको जन्मजात मोतिविन्दुका बिरामी फेला


-
-
पुस २९ गते, २०७७ - १५:५१

पर्सा । अत्यन्त दुलर्भ मानिएको जन्मजात मोतिविन्दु रोगबाट ग्रसित आठजना बिरामी पर्सा जिल्लाको विभिन्न स्थानबाट फेला परेका छन् ।
माट्रिका आई फाउन्डेशनले जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालन गरेको निःशुल्क आँखा शिविरबाट १३ देखि ३१ वर्ष उमेर समूहका आठजना जन्मजात मोतिविन्दु रोगका बिरामी भेटिएका हुन् ।
जिल्लाका विभिन्न २८ स्थानमा फाउन्डेशनले आयोजना गरेको शिविरबाट भेटिएका दुई हजारभन्दा बढी मोतिविन्दुका रोगीमध्ये चार पुरुष र चार महिला जन्मजात मोतिविन्दु रोगका बिरामी भेटिएको फाउन्डेशनका मेडिकल कोर्डिनेटर महेश सिंह धामीले जानकारी दिए । उनले पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट सबैभन्दा कम उम्मेरका १३ वर्षीय आशीष चौधरी फेला परेका छन् भने जिराभवानी गाउँपालिकाबाट सबैभन्दा बढी उम्मेरका ३१ वर्षीय हरेराम राम भेटिएको जानकारी दिए ।
बालबालिकामा हुने पोषणको कमी, ठेउला रोग र गर्भ अवस्थाका बेला महिलाले सेवन गर्ने कडा औषधिका कारण बालबालिकामा मोतिविन्दु हुने गरेको मेडिकल कोर्डिनेटर धामीले बताए । गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण र बालबालिकाको प्रत्येक ६ महिनामा आँखाको परीक्षण गरे यो रोगबाट जोगिन सकिने उनको भनाइ छ ।
पर्सा जिल्लाका विभिन्न स्थानबाट भेटिएका दुई हजारभन्दा बढी मोतिविन्दु रोगीको फाउन्डेशनले निःशुल्क शल्यक्रिया गरेपछि उनीहरु अहिले आँखा देखिने भएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने अभियुक्त पक्राउ
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी...प्रदेश नं १ : कृषिमा उल्लेखनीय प्रगति
विराटनगर । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक वर्षका अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको...निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याइने
कैलाली । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय सदस्य तथा धनगढीका व्यवसायी गोपाल हमालको...चालू आर्थिक वर्षको ६ महिनामा साढे छ खर्बको आयात
काठमाडौँ । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि...एनआईबीएल बैंकको ३४ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न
काठमाडौँ । नेपालइन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो ३४ औं वार्षिक...जुलुसमा निर्धारित नारा मात्र लगाउन नेकपाको निर्देशिका जारी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने...हुम्लामा २ दिनदेखि हवाई उडान अवरुद्ध
सिमकोट । हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको...जलवायु परिवर्तन प्रभावको कारण बालबालिकामा बढ्दो कुपोषण
पेरिस । गरीबी र सरसफाई जस्ता परम्परागत कारणहरूले भन्दा बढी जलवायु परिवर्तनको प्रभावले गम्भीर बाल...भारतीय प्रधानमन्त्री मोदी, मुख्यमन्त्रीहरुले दोस्रो चरणमा खोप लगाउने
नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९...बाइडेन अमेरिकाको राष्ट्रपति भएकोमा विश्वका नेताहरुबाट बधाई
पेरिस । संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले बुधबार शपथ लिएसँगै विश्वका नेताहरुले उनको...
