Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

सार्वजनिक सुनुवाइमा नगरवासीका गुनासै गुनासा

दमौली । “मल कहिल्यै पनि समयमा आएन, मल कहाँ पाइन्छ भन्ने जनतालाई थाहा पनि छैन । भौतारिएर दमौली बजार पूरै घुम्दा पनि मल नपाउँदा जनतालाई दुःख भयो”, तनहुँको व्यास नगरपालिका–१ देबबहादुर गुरुङले गुनासो राख्दै भने, “बीउ पनि कहिल्यै पनि समयमा आउँदैन ।”

नगरपालिकाले केही समय अगाडि मात्रै आलुको बीउ वितरण ग¥यो । उक्त बीउ लिनका लागि नगरवासीले सास्ती भोग्नुपरेको गुरुङले सुनाए। उनले भने, “वडाले बीउ लिनका लागि सूचना ग¥यो, हामीले सोहीबमोजिम वडामा टिपायौँ तर आलुको बीउ लिनका लागि ठूलो हण्डर खानुप¥यो ।” वडाले आलु बिक्री गर्ने बिक्रीकर्तालाई सम्पर्क गर्न आग्रह गरे पनि पटक–पटक फोन गर्दा सुनुवाइ नभएको गुरुङले बताए । तनहुँको व्यास नगरपालिकाले मङ्गलबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा आफ्ना गुनासो राख्दै गुरुङले नगरपालिकाले प्रवाह गर्ने सेवा जनतामुखी हुनुपर्ने बताए।

व्यास नगरपालिका–६ का नवराज न्यौपानेले कृषि शाखाले उपलब्ध गराउने अनुदान ग्रामीण भेगसम्म नपुगेको गुनासो गरे । “अनुदान दिने व्यवस्था न्यायोचित भएन, नगरपालिकाले अनुदान वितरणका क्रममा नगरवासीलाई सूचना प्रवाह गरिएन”, न्यौपानेले भने। नगरपालिकाभित्र सार्वजनिक जग्गा मिचिँदा पनि नगरपालिका चुप लागेर बसेको उनले आरोप लगाए।

न्यौपानेले नगरपालिकामा आएर योजना सम्झौता गर्ने क्रममा ढिलाइ हुँदा सास्ती खेप्दै आउनुपरेको बताए । “धाउँदा धाउँदा तिघ्रा कामिसक्दा र चप्पल फाटिसक्दा पनि योजना सम्झौता हुन सक्दैन”, उनले भने । वर्षायाममा बाढीपहिरोबाट जनता पीडित भइरहँदा वडाध्यक्षहरुले अनुगमन नगरेको उनले गुनासो गरे।

व्यास नगरपालिका–१ का ज्ञानेन्द्र बसौलाले वडागत बजेट विवरणमा दामासाही र हचुवाको भरमा बजेट वितरण गरिँदा न्यायोचित नभएको गुनासो गरे। “जनसङ्ख्या र भूगोललाई प्राथमिकता दिएर बजेट वितरण गरिनुपर्नेमा हचुवाका भरमा बजेट विनियोजनले न्यायोचित भएन”, उनले भने।

व्यास नगरपालिका–२ का इमकुमार मल्लले बजार क्षेत्रमा सार्वजनिक जग्गा हराउँदै जाने क्रम बढेकाले त्यसतर्फ ध्यान दिन नगरपालिकालाई आग्रह गरे। व्यास नगरपालिका–१ का भरप्रसाद पन्थले घरको नक्शा बनाउने क्रममा एउटै बाटोको दूरीमा पनि फरक–फरक मापदण्ड कायम गरेर स्वीकृति दिइएको बताए ।

नगरवासीको गुनासो सम्बोधन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जनताको चासोसँग जवाफदेहीतालाई विकास गरिने बताए । उनले प्रत्येक वडामा भएका सार्वजनिक जग्गा संरक्षणका लागि नगरपालिको प्रतिबद्धता व्यक्त गरे। समयमै मल र बीउ नपाएको विषय अत्यन्तै संवेदनशील रहेकाले यसतर्फ नगरपालिकाको ध्यान गएको र यसलाई सुधार गर्दै लैजान नगरपालिका प्रतिबद्ध रहेको न्यौपानेले बताए।

सार्वजनिक सुनुवाइ कार्यक्रममा शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मी, आर्थिक पूर्वाधार विकास शाखा प्रमुख राजेन्द्र कार्की, शहरी पूर्वाधार तथा प्राविधिक शाखा प्रमुख डा राजु पौडेल, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती, प्रशासन शाखा प्रमुख मेघनाथ आचार्य, लेखा प्रमुख हेमन्त गुरुङले चालु आर्थिक वर्षमा सम्पन्न भएका योजना विवरण सार्वजनिक गरेका थिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies