Khabar Dabali Logo
  January 25, Mon

प्रहरीको फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क छिरे बालुवाटार

काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकु कमाण्डर कालिबहादुर खामले एक साताअघि प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारमै भेटेका छन् ।

आजको जनआस्था साप्ताहिकमा खबर छ – उनी शान्ति प्रक्रियापछि विभिन्न अपराधका मुद्दामा फरार थिए । गृहमन्त्री रामबहादुर थापाकै सहयोगमा प्रधानमन्त्रीसम्म पुगेका उनै खामले ओलीलाई आफ्ना माग तेस्र्याएर प्रधानमन्त्रीको धनगढीको कार्यक्रमको तयारीमा कार्यकर्ता जुटाउने र थप जिम्मेवारीसहित पश्चिम नेपालतिर हिँडेका थिए । उनले प्रधानमन्त्री समक्ष चार वटा माग राखेर अहिलेको अवस्थामा द्वन्द्वपीडितको मन तान्न सकिने र पूर्व माओवादीलाई आफ्नो खेमामा कस्न सकिने आश्वासन दिलाएका छन् ।

खामले बालुवाटारमा प्रधानमन्त्रीसँग जनयुद्ध र जनआन्दोलनका सहिद परिवारलाई प्रतिपरिवार एक लाख थप्न माग गरेका छन् । यसले गर्दा यसअघि प्रतिपरिवार १० लाख पाइसकेका पीडितका आफन्त वर्तमान सरकारप्रति आकर्षित हुने उनको आकलन छ ।

त्यसैगरी जनयुद्ध, जनआन्दोलनका घाइते र अपांगता भएकाहरूलाई परिचयपत्र र जुनसुकै बेला पनि निःशुल्क उपचारको व्यवस्था गर्न खामको अर्को माग छ । जनमुक्ति सेना नेपालका सबै कमाण्डर सदस्यहरूलाई राष्ट्रिय मान्यताप्राप्त मुक्ति सेनाको परिचयपत्र दिन, जनआन्दोलन र जनयुद्धताकाको मुद्दा निःशर्त खारेजी र बन्दीहरूको निःशर्त रिहाइको समेत माग राखेका छन् ।

‘प्रचण्डलाई उतिबेला कैयौंचोटी भनेको हुँ, केही गरेनन्, हजुरले मेरा केही कुरा पूरा गर्न पहल गरिदिनुपर्‍यो’ यति भनेका खामलाई प्रधानमन्त्रीले ‘यसमा म पहिलेबाटै सकारात्मक छु, अगाडि बढ्नोस्’ भन्ने प्रतिक्रिया दिएको निकट स्रोतले बताएको छ । ‘त्यसपछि अहिले उहाँ पूर्व माओवादी र जनमुक्ति सेनाको भेला गर्दै पश्चिम क्षेत्रमा हिँडिरहनु भएको छ’, स्रोत भन्छ, ‘उहाँका मागहरू पुरा भएको खण्डमा जस्तोसुकै जिम्मेवारी लिन तयार हुनुहुन्छ ।’ खामले प्रधानमन्त्रीसँग यी कुरा राखेको चाल पाएका जनयुद्धका घाइते र केही पूर्व लडाकुले समेत उनलाई साथ दिन थालेका छन् ।

चितवनको शक्तिखोर शिविरमा मारिएका व्यापारी रामहरि श्रेष्ठको हत्याअन्तर्गत फरार रहेका खाममाथि अरू पनि मुद्दा छन् । उनी त्यतिबेला शिविरको डिभिजन कमाण्डर थिए । उनीविरुद्ध सरकारी छाप दस्तखत कीर्ते, चोरी डकैती र हातहतियार खरखजनासम्बन्धी मुद्दा समेत छन् । रुकुम पूर्वको मगर बस्तीमा उनको राम्रो प्रभाव छ ।

पुस २९ गते, २०७७ - ०८:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल–चीन व्यापारमा अवरोध

काठमाडौं । २०७२ वैशाखको भूकम्पपछि पटक पटक अवरुद्ध तातोपानी र रसुवा नाका अझै सहज रुपमा सञ्चालनमा आउन...   

आयोगको अनिर्णय : नेकपा कानुनी रुपमा विभाजित हुन लम्बियो प्रक्रिया

काठमाडौं । राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा विभाजित हुने प्रक्रिया...   

जब प्रधानमन्त्रीले नै कर्मचारीलाई राजनीतिमा लाग्न सल्लाह दिए

काठमाडौं । निजामती सेवा ऐनको दफा ६१ मा निजामती कर्मचारीहरु राजनितीमा सहभागी हुन नपाउने व्यवस्था छ...   

काठमाडौं–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर

काठमाडौं । काठमाडौं–तराई–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन सोको डिजाइन कार्य तथा विस्तृत...   

कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिबाट नै फैलिन सक्छ संक्रमण

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिले अरूलाई कोरोना भाइरस सार्न सक्ने हुँदा लकडाउनका...   

‘सडक नबनाई नाकामा गाडी धुने क्लिनिङ सेन्टर खोल्नुको अर्थ छैन’, यस्तो छ मापदण्ड

काठमाडौं । काठमाडौंका विभिन्न स्थानका सडक छेउमा यतिखेर खाल्डो खनेर माटो थुपारिएको छ । सवारी–साधन...   

दलितलाई थर लेख्न अझै सकस : स्थानीय सरकारले सुन्दैन, प्रशासनले टेर्दैन

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ का कुमार आछामीको नागरिकतामा नाम ‘कुमार सार्की’ छ । पहिले नागरिकता...   

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध...   

चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री...   

मकवानपुरमा विप्लवका कार्यकर्ताले जलाए बोलेरो

काठमाडौं । मकवानपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता कार्यकर्ताले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top