


चुनावको घोषणा असंवैधानिक हुन सक्दैन : मन्त्री गुरुङ


-
-
पुस २८ गते, २०७७ - १९:०६

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चुनाव घोषणा गरेर ताजा जनादेशमा जाऔँ भन्नु असंवैधानिक कदम हुनै नसक्ने बताउनुभएको छ । काठमाडौँमा आज क्रियाशील दलित पत्रकार सङ्घ नेपालको प्रथम वार्षिक साधारणसभामा मन्त्री गुरुङले ताजा जनादेशमा जाने कुराले स्वतन्त्रता हनन भयो वा ‘कु’ भयो भन्नु सरासर गलत हो भने ।
उहाँले अहिलेको परिस्थितिमा नयाँ निर्वाचनमा जानुको कुनै विकल्प नभएको समेत बताए । “मुलुकलाई अनिर्णयको बन्दी बनाउनुभन्दा नयाँ जनादेशमा जाऔँ भन्नु कहाँको असंवैधानिक हो ?”, सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री गुरुङले प्रश्न गरे । मन्त्री गुरुङले तत्कालीन माओवादीले जनयुद्धको समयमा प्रयोग गरेको ढाडमा टेकेर टाउकामा हान्ने रणनीति अहिले प्रचण्ड–नेपाल समूहले नक्कल गरेको उल्लेख गर्दै सो रणनीति सफल हुनै नसक्ने दाबी गरे । “ढाडमा टेकेर टाउकामा हान्ने रणनीति हिजो असफल थियो, अहिले पनि असफल हुन्छ र भोलि पनि असफल नै हुनेछ”, मन्त्री गुरुङले थपे, “अहिलेको अवस्थामा राजनीतिक निकास चुनावबाट मात्र आउने भएकाले सबै राजनीतिक पार्टीहरु यसको तयारीमा लागौँ ।”
उनले प्रेस स्वतन्त्रताका नाममा पत्रकारले अराजकता निम्त्याउने भूमिका खेल्न नहुने धारणा राखे । पत्रकारले समाजलाई दिशानिर्देन गर्नुपर्नेमा जोड दिँदै उनले भने, “प्रेस स्वतन्त्रताको नाममा अराजकता निम्त्याउने भूमिकामा पत्रकार लाग्नु हुँदैन ।” मन्त्री गुरुङले समाजको कलङ्कको रुपमा रहेको छुवाछूतको अन्त्य अपरिहार्य रहेको र त्यसका लागि सबैको प्रयास जरुरी हुने उल्लेख गरे । उनले नयाँ मुद्दा उठाएर समृद्धिको बाटोमा अघि बढ्न दलित समुदायलाई सुझाव दिए ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव रामप्रसाद दाहालले नीतिगतरुपमा निर्णय गरी दलितको मुद्दा सम्बोधन गर्नुपर्नेमा जोड दिए । उनने श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा जोड दिँदै समाचार लेख्न छाडेर ब्यानर बोकेर हिँड्नुपर्ने परिस्थितिको अन्त्य गर्न मन्त्री गुरुङसँग आग्रह गरे । समारोहमा दलित समुदायका अग्रज पत्रकार कसमस विश्वकर्मा, गोविन्द परियार, बाबुराम विश्वकर्मा र प्रकाशचन्द्र परियारलाई सम्मान गरिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग
काठमाडौँ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७...३५ बर्षीया मल्लिक मृत अवस्थामा फेला
मोरङ । कानेपोखरी गाउँपालिका-७ स्थित सार्वजनिक शौचालय नजिक टहरोमा सोही गाउँपालिका-५ घर भएका ३५ बर्षीया...ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित पक्राउ
झापा । ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित वस्तुहरु दमक नगरपालिका-६ वस्ने...सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीको टल्कने कोन
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, स्थानिय निकाय तथा विभिन्नसंघसंस्थाहरूसँग...भक्तपुरमा खोपः चार हजारलाई दिइने
काठमाडौँ । पहिलो चरणमा जिल्लामा चार हजार व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान आज भक्तपुर...विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघ्यो
वासिङ्टन । विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका...खुँडा प्रहार गरी हत्या गर्ने ३ जना आरोपित पक्राउ
बझाङ । खुँडा प्रहार गरी हत्या गरिएका युवकका हत्या आरोपित तीन जना पक्राउ परेका छन् । छब्बिसपाथिभेरा...जुम्लामा आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट, करीब ३ करोड भन्दा बढीको क्षति
खलङ्गा । जुम्लाको तिला गाउँपालिका – ७ स्थित गोठी गाउँमा भीषण आगलागी हुँदा करीब तीन करोड भन्दा बढीको...रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत
वासिङ्टन । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावको विपक्षमा सबैजसो...प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ: तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क
काठमाडौँ । ‘स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड–१९ खोपले गर्छ रक्षा’ भन्ने नाराका साथ मुलुकभर आजदेखि...

प्रतिकृया लेख्नुहोस्:
- आज पहिलो दिन नौ हजार बढीले लगाए कोरोना खोप
- नेता–कार्यकर्तालाई ओलीले भने: बेहाल हुनबाट जोगिन छ भने पार्टीको मूलधारमा फर्कनुस्
- रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग
- सरकारले ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने, यस्ता छन् अन्य मन्त्रिपरिषदकाे निर्णयहरु
- कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग
- सर्वाेच्चमा चार पूर्वप्रधानन्यायाधीशविरूद्ध अपहेलना मुद्दा दर्ता
- कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह
- यस्तो छ वामदेव गौतमको ‘नेकपा एकता राष्ट्रिय अभियान’को अवधारणापत्र (पूर्णपाठ)
- जुम्ला आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण
- सबै राष्ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति भण्डारी