


अत्याधिक चिसोका कारण तराईको जनजीवन कष्टकर, स्थानीय सरकार मौन


-
-
पुस २८ गते, २०७७ - १५:०७

महोत्तरी । विगत तीन दिनदेखि बाक्लो हुस्सु र अत्याधिक चिसोका कारण महोत्तरीलगायत तराईको जनजीवन प्रभावित भएको छ ।
दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले तराईको जनजीवन कष्टकर बनेको हो ।
पश्चिमी वायुका कारण साम्य हुन लागेको जाडो पुनः दोहोरिएको छ । तराईका जिल्लामा अहिले दैनिकरुपमा बढेदै गएको जाडोका कारण जनजीवन निकै प्रभावित भएका छन् । चिसोवाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदूरी गरेर जीविका चलाउने वर्ग बढी प्रभावित हुने गरेको आफ्नै घर अगाडि अत्यधिक जाडोले काम्दै गरेका जलेश्वर नगरपालिका–६ का ६० वर्षीय जीवछ मोमिनले बताए ।
निरन्तरको चिसो, कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण वातावरण बिग्रेर मानिस, चौपाया पशु, पक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ । चिसोकै कारण अहिले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित जिल्लाको शहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ भने जिल्लावासी बाक्लो कुहिरोका कारण यातयातका साधन चढ्न छोडेका छन् ।
यता जिल्लाका विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा बढोत्तरी भएको छ भने चिसोकै कारण जिल्लाको हाट बजारहरुमा मानिसको उपस्थिति न्यून भएको छ । चिसो बढेपछि चिया पसलमा अत्यधिक भीड हुने गरेका छन् । बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म चिया पिउनेको लाइन लाग्ने गरेको जलेश्वर नगरपालिका–२ मा चिया पसल गर्दै आएका दिलीप साहले बताए । उनले आफू पसल बन्द गर्न खोज्दा पनि ग्राहकले बन्द गर्न नदिने र बिहान ४ बजे नै आएर पसल खोल्न तथा राति अबेरसम्म चिया पसलमै बस्न आग्रह गर्ने गरेको बताए ।
चिसोकै कारण जिल्लाको स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा समेत वृद्धि भएको चिकित्सकहरु बताउँछन् । लगातार बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित भएका छन् । साथै आर्थिकरुपले कमजोर व्यक्तिसमेत बढ्दै गएको जाडोको प्रत्यक्ष मारमा परेको चिकित्सक गिरेन्द्रकुमार झाले बताए ।
चिसोका कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको स्वास्थ्यकर्मी झाले बताए । जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयवासीले आगो बालेर ताप्ने गरेको देखिन्छ ।
यसैबीच जाडोकै कारण ग्रामीण भेगमा वस्तुभाउलाई पनि समस्या भइरहेको तथा किसान पनि दलहन, तेलहन र तरकारी बालीमा प्रतिकूल असर परिरहेकामा चिन्तित भएको जलेश्वर नपा–८ का किसान आशनारायण मण्डलले बताए । उनले मुसुरो, खेसारी, आलस, रहरलगायत दलहन र तेलहन बाली र काउली, गोलभेँडा, मटरलगायत तरकारी बाली प्रत्यक्षरुपमा चिसोबाट प्रभावित भएको बताए ।
दिनभरी नै लाग्ने बाक्लो हुस्सुले घाम झुल्किन नपाउँदा सर्वासाधारणलाई बिस्कुन र धोएका लुगा सुकाउनसमेत समस्या भइरहन्छ । आलु, गोलभेँडाको खेती पछिल्ला दशकमा व्यवसायिकरुपमा भइरहे पनि वर्षेनी देखिने डढुवा रोगको प्रकोपवाट यी बाली जोगाउन किसानलाई मुश्किल हुने गरेको छ । यो रोगवाट जोगाउन कतिपय किसानले ‘टनेल’९पारदर्शी प्लाष्टिको छानासहितको टहरो० बनाएर त्यस मुनि गोलभेँडालगायत तरकारी बालीको खेती गर्ने गरेका पनि छन् । टनेलको व्यवस्थापन गर्न नसक्ने कतिपयले बिषादी पनि छर्किने गरेका छन् ।
यस्तो विषादी प्रत्येक सात÷आठ दिनको फरकमा छर्किन सकेमा मात्र बोली जोगाउन सकिने सल्लाह कृषि प्राविधिकले दिने गरेका छन् । पटक–पटक बिषादी किनेर छर्किनका लागि कमजोर आर्थिक अवस्था भएका किसानलाई क्षमता नहुँदा उनीहरुलाई बाली जोगाउनै मुश्किल छ । रातिको तापक्रम पाँच डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने तथा चिसो मौसमको अवस्थामा रहने हुँदा ढुसी सक्रिय हुन गई बोटमा डढुवाको सङ्क्रमण देखिने गरेको कृषि प्रविधिकको भनाइ छ । लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो भइरहँदा ओसिलो जग्गामा गरिएको आलु, गोलभेँडालगायतको बालीमा डढुवा सङ्क्रमणको समस्या हुने गरेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ ।
जिल्लामा जाडो दोहोरिएर जिल्लावासीले कष्टकर जीवन बिताइरहँदा पनि स्थानीय तहले हालसम्म यसबाट बच्नका लागि कुनै पनि व्यवस्था नगरेको स्थानीयवासीको गुनासो छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ओलीलाई स्पष्टीकरण पत्र बोकेर प्रचण्ड नेपाल पक्ष बालुवाटारमा
काठमाडौं । नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई तीन...प्रधानमन्त्रीलाई संसदमा अवरोध नहुँदा पनि विघटन गरिएकाेमा आपत्ति, बहस मङ्गलबार पनि हुने
काठमाडाै । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा...संसद विघटन गर्न नमिल्ने सुवास नेम्वाङको टिप्पणी पुग्यो सर्वाेच्चको इजलासमा
काठमाडौं । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संविधानअनुसार प्रतिनिधि सभा विघटन गर्न नमिल्ने...राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका कामकारवाहीसहितको...यतिबेला ओलीलाई मुख देखाउनै कठिन भएको छ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले यतिबेला प्रधानमन्त्री केपी शर्मा...रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
काठमाडौँ । रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । प्रहरीका अनुसार अपार्टमेन्टको माथिल्लो...अतिक्रमणको प्रतिकारमा नेपाली, हिलेमा स्थानीयवासीको प्रतिकारपछि भारतीय पक्ष पछि हट्यो
मङ्गलबारे । भारतीयले नेपालतर्फको भूभाग मिच्नु र मिच्न खोज्नु नौलो विषय होइन । पटकपटक भारतीय सीमासुरक्षा...बेलायतबाट आएका तीन जनामा देखियो नयाँ प्रकारको कोरोना संक्रमण
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट...लगातार ओरालो लाग्दै सुनको मुल्य, आज तोलामा कति घट्यो ?
काठमाडौं । लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि...संसद विघटनका मुद्दामा बहसः सरकार चलाउन नसके प्रधानमन्त्रीले राजीनामा दिने हो, संसद विघटन गर्ने होइन
काठमाडौं । संसद विघटनका मुद्दामा सोमबार पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । आजको...

प्रतिकृया लेख्नुहोस्:
- ओलीलाई स्पष्टीकरण पत्र बोकेर प्रचण्ड नेपाल पक्ष बालुवाटारमा
- प्रधानमन्त्रीलाई संसदमा अवरोध नहुँदा पनि विघटन गरिएकाेमा आपत्ति, बहस मङ्गलबार पनि हुने
- संसद विघटन गर्न नमिल्ने सुवास नेम्वाङको टिप्पणी पुग्यो सर्वाेच्चको इजलासमा
- नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि
- यतिबेला ओलीलाई मुख देखाउनै कठिन भएको छ : अध्यक्ष नेपाल
- रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
- अतिक्रमणको प्रतिकारमा नेपाली, हिलेमा स्थानीयवासीको प्रतिकारपछि भारतीय पक्ष पछि हट्यो
- बेलायतबाट आएका तीन जनामा देखियो नयाँ प्रकारको कोरोना संक्रमण
- संसद विघटनका मुद्दामा बहसः सरकार चलाउन नसके प्रधानमन्त्रीले राजीनामा दिने हो, संसद विघटन गर्ने होइन
- राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सेनाको वर्चश्व