


सिकाइ निरन्तरता अभियान शुरु


-
-
पुस २८ गते, २०७७ - ११:४८

काठमाडौँ । नेपाल शिक्षक महासङ्घ, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घलगायत संस्थाको सहकार्यमा कोभिड–१९ पछिको विषम स्थितिलाई ध्यान दिई सिकाइ निरन्तरता अभियान शुरु भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेफ) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समन्वयमा गरिएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भर्चुअलरुपमा सो अभियान शुभारम्भ गरे । सचिव मैनालीले नेपालको संविधानको मौलिक हकमा विद्यालय शिक्षालाई निःशुल्क र अनिवार्य गरिएको सन्दर्भमा यस अभियानले विद्यार्थीको हक अधिकारको सुनिश्चितताका लागि योगदान दिने विश्वास व्यक्त गरे ।
नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले शिक्षक साँझ बिहान वा बिदाको समयमा पनि जुनसुकै माध्यमबाट विद्यार्थीको कोर्स पूरा गर्ने अभियानमा खट्न तत्पर रहेको बताए । विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष कृष्ण थापाले सिकाइ निरन्तरतामा अभिभावकको भूमिका महत्वपूर्ण भएकाले आफूहरु अग्रमोर्चामा रहेको उल्लेख गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
राष्ट्रपति ट्रम्पका चार वर्ष, निर्वाचन प्रणाली र संसदमा आक्रमणले सर्वाधिक आलोचित
काठमाडौं । समकालीन विश्वमा आर्थिक तथा सामरिक दृष्टिबाट शक्तिशाली मुलुक संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा...आँबुखैरेनीमा एक वडा : एक पोखरी, एक वडा : एक चौतारी अभियान शुरु
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले एक वडा: एक पोखरी र एक वडा: एक चौतारीको अभियान शुरु गरेको छ ।...भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ
सर्लाही । सर्लाहीमा भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका छन् । नवलपुर–मलङ्गवा...बस दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–५ कालिका पेट्रोलपम्प नजिक गए राति बस र ट्रक एकापसमा ठक्कर...सीमाबाट ३०१ महिला तथा बालबालिकाको उद्धार
प्युठान । प्युठानको एक छात्रावासमा कार्यरत एक महिला फेसबुकमा एक युवकसँग नजिक भए । करिब एक वर्षसम्म...कपास उद्योगमा आगलागी हुँदा १२ लाख बराबरको क्षति
झापा । झापाको भद्रपुर–५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । मङ्गलबार...महिला लिग फुटबलमा आज आर्मी र पुलिस भिड्ने
काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबल आजदेखि शुरु हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा...कृषि बजारका अध्यक्षसहित ३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष...विद्यार्थीको रक्त समूह पहिचान गर्न नगरपालिकाको अभियान
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाभित्र सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीको...दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलाई कोरोनाको खोप निःशुल्क
सउल । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी...
