Khabar Dabali Logo
  January 28, Thu

दुई दलित विद्यार्थी एमबिबिएसको परीक्षा हलबाट निकालिए

सप्तरी । कलेजले नियम विपरीत उठाइरहेको शुल्क नतिरेको भन्दै वीरगन्जस्थित नेसनल मेडिकल कलेजले दुई दलित विद्यार्थीलाई एमबिबिएस चौथो वर्षको परीक्षा दिनबाट वञ्चित गरेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – सोमबारदेखि सुरु भएको परीक्षा दिन गएका रामजी राम र पंकज रामलाई कलेजले परीक्षा हलबाट निकालेको हो । चिकित्सा शिक्षा आयोगले परीक्षामा सामेल गराउन लिखित र मौखिक पहल गर्दा समेत कलेजले उनीहरूलाई परीक्षाबाट वञ्चित गर्‍यो ।

सोमबारदेखि सुरु भएको परीक्षा दिन गएका रामजी राम र पंकज रामलाई कलेजले परीक्षा हलबाट निकालेको हो । चिकित्सा शिक्षा आयोगले परीक्षामा सामेल गराउन लिखित र मौखिक पहल गर्दा समेत कलेजले उनीहरूलाई परीक्षाबाट वञ्चित गर्‍यो ।

दलित कोटाको छात्रवृत्तिमा अध्ययनरत रामजीले कलेजलाई विभिन्न शीर्षकअन्तर्गत आठ लाख ११ हजार पाँच सय बुझाइसकेका छन् । त्यो पैसा पनि उनले चन्दा मागेर जुटाएका हुन् । त्यसपछि पनि कलेजले उनीसँग थप सात लाख ५० हजार मागेको छ ।

सरकारले नलिनू भनेको शुल्क कलेजले मागेको र नदिएपछि परीक्षाबाट वञ्चित गरिएको रामजीले बताए । ‘हामी दुवै जना परीक्षा हलमा बसिसकेका थियौँ । हलमा छिरेको एक मिनेट मात्र भएको थियो, त्यहाँ रहनुभएका सरले विधि प्रक्रिया मिलेको छैन भनेर बाहिर निकालिदिनु भयो,’ उनले भने, ‘अब सरकारले गरेकै अनुगमनले तिर्नु नपर्ने भनेको शुल्क मैले कसरी तिर्ने ?’

दलित छात्रवृत्ति पाएका विद्यार्थीलाई विश्वविद्यालय अनुदान आयोगले बस्न र खान बाहेकका शीर्षकमा रकम नलिन कलेजहरूलाई निर्देशन दिएको छ । तर, कलेजले भने ल्याब, पुस्तकालय, भर्ना शुल्क र अन्य भनेर थप साढे सात लाखको बिल थमाएको छ ।

कलेजले सरकारले तोकेभन्दा बढी शुल्क मागेको भन्दै यहाँका विद्यार्थीले अनुदान आयोग र शिक्षा मन्त्रालयमा उजुरी दिएका थिए । २७ असोज ०७४ मा आयोगले यसबारे बुझ्न सदस्य राधाकृष्ण घिमिरेको संयोजकत्वमा विनोद भट्टराई र कृष्णहरि प्रजापति सदस्य रहेको छानबिन समिति बनाएर स्थलगत अनुगमनमा पनि पठाएको थियो ।

समितिको प्रतिवेदनअनुसार कलेजले आर्थिक वर्ष ०७२–७३ मा अध्ययनरत विद्यार्थीबाट भर्ना शुल्क २५ हजार, अन्य वार्षिक शुल्क एक लाख ३४ हजार नौ सय ५० र वार्षिक होस्टेल तथा मेस शुल्क एक लाख ३७ हजार ६ सय, आव ०७३–७४ मा भर्ना शुल्क ३५ हजार र पहिलो वर्षको वार्षिक शुल्क दुई लाख ९५ हजार ६ सय, दोस्रो वर्षको दुई लाख ७० हजार र वार्षिक होस्टेल तथा मेस शुल्क एक लाख ३७ हजार ६ सय रुपैयाँ तोकेको थियो ।

छानबिन समितिले छात्रावास र मेसबाहेक कलेजले अन्य शुल्क लिन नपाउने प्रतिवेदन बुझाएको छ । ‘छानबिन समितिको प्रतिवेदनमा शुल्क सम्बन्धमा सरकारले हालसम्म भएका निर्णय र कार्यविधिमा प्रस्ट उल्लेख भएबमोजिम र कलेजले माग गरेबमोजिम अतिरिक्त मेस तथा छात्रावास बाहेक थप शुल्क लिन पाउने स्थिति रहँदैन भने प्रस्ट भनेको छ,’ रामजीले भने, ‘फेरि पनि कलेजले थप रकम माग्यो ।’

त्यस्तै, ५ भदौ ०७५ को मन्त्रिपरिषद् बैठकले पनि कलेजले परीक्षा, काउन्सिलिङ, भर्ना, पुस्तकालय, प्रयोगशाला आदि शीर्षकमा रकम लिन नपाइने निर्णय गरेको थियो । तर, शुल्क लिने क्रम नरोकिएपछि विद्यार्थी संगठनहरूले आन्दोलन गरेका थिए ।

विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा ७ चैत ०७५ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी संगठनका पदाधिकारीबीच सहमति भएको थियो । सो सहमतिअनुसार जबर्जस्ती लिइएको शुल्क फिर्ता गर्ने, आवेदनमा छुट भएका विद्यार्थीलाई ८ चैत देखिको अवधिमा फारम भर्न लगाउने र विद्यार्थी संगठनले गरेको तालाबन्दी खुलाउने सहमति भएको थियो ।

चिकित्सा आयोगको निर्देशन पनि टेरेन कलेजले

कलेजले नियमविपरीत अन्य शुल्क मागेको भन्दै रामजीले चिकित्सा शिक्षा आयोगमा निवेदन दिएका छन् । छात्रवृत्तिमा पढ्ने विद्यार्थीको शुल्क विश्वविद्यालय अनुदान आयोगको शुल्क कलेजलाई तिरिसकेको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

‘चिकित्सा शिक्षा आयोगले निर्धारण गरिदिएको शुल्क कार्यान्वयन गर्ने निकाय विश्वविद्यालय डिन कार्यालय हो । हामीकहाँ निवेदन आउनेबित्तिकै सक्कलै निवेदनसहित डिन कार्यालयलाई पत्राचार गरेका छौँ ।

नियमविपरीत शुल्क लिएको रहेछ भने त्यसलाई हेरेर विद्यार्थीलाई परीक्षामा समावेश गराउनहुन भनी आइतबार पत्राचार गरेका थियौँ,’ चिकित्सा शिक्षा आयोगका सचिव डिल्लीराम दाहालले भने, ‘उनीहरू छात्रवृत्तिमा निःशुल्क पढिरहेका विद्यार्थी हुन् । विश्वविद्यालय अनुदान आयोगले ३८ लाख ५० हजार रकम कलेजलाई तिरिसकेको रहेछ । त्यो कुराको सुनिश्चितता हामीले गर्यौँ ।’

कलेज प्रमुखलाई नै फोन गरेर विद्यार्थीलाई परीक्षामा सहभागी गराउने आफूले आग्रह गरेको दाहालले बताए । ‘मैले कलेजका प्रमुख बसरुद्दिन अन्सारीलाई पनि फोन गरेर विद्यार्थीहरूलाई परीक्षामा समावेश नगराउने कुरा नगर्नुहोला भनेर भनेको थिएँ,’ सचिव दाहालले भने, ‘तपाईंको कलेजको प्रेस्टिजको कुरा पनि छ भनेर फोन गरेका थिए । आज पनि हामीले यो विषयमा छलफल गरेका छौँ ।

पुस २८ गते, २०७७ - ०७:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरेको सर्‍यै रेल सञ्चालनको मिति

काठमाडौं । भारतबाट रेल सेट ल्याएको चार महिना बित्न लागे पनि सञ्चालनको अझै सम्म अत्तोपत्तो छैन । यसबीचमा...   

भारत र काँग्रेस भ्रममा

काठमाडौं । ‘भारत र कांग्रेसले जे बुझेका छन्, जे सोचेका छन्, त्यस्तो हुनेवाला छैन । केपीले चाहेको र सोचेको...   

घाँसमा सल्केको आगो फैलिँदा जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट

जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मंगलबार २५ घर नष्ट...   
पशुपति दर्शन गरेर प्रधानमन्त्रीको पग्लियो मन, ठाउँको ठाउँ ३० करोड लेखेरै दिए

पशुपति दर्शन गरेर प्रधानमन्त्रीको पग्लियो मन, ठाउँको ठाउँ ३० करोड लेखेरै दिए

काठमाडौं । मुलुकमा राजनीतिक संकट गहिरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपति दर्शन...   

विवाद मिलाउन आयोगलाई सरकारको अवरोध, संशोधनप्रति प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं । निर्वाचन अवधिमा पनि राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्न सकिने गरी निर्वाचन आयोगले गरेको...   

‘देउवाले विघटन गर्दा ०४७ को संविधान गयो, अहिलेको विघटनले यो संविधान नजाओस्’

काठमाडौं । प्रतिनिधिसभा विघटन गैरसंवैधानिक रहेको भन्दै पुनर्स्थापनाका पक्षमा बहस गरिरहेका कानुन...   

विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित

काठमाडौं । यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका...   

सरकार आर्थिक संकटसँग जुध्न मुद्रा कोष सहायता लिने

काठमाडौं । सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय...   

पूर्व राष्ट्रपति यादव भन्छन्, ‘राष्ट्रपति भण्डारीले भूल गर्नु भयो’

काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री...   

कोरोना खोप लगाएपछि शरीरमा आउन सक्छन् यस्ता समस्या

काठमाडौं । सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण शुरु भएको झण्डै एक वर्षमा त्यसविरुद्ध बुधबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top