Khabar Dabali Logo
  January 25, Mon

उपनिवेशको जमाना गयो, समानताका आधारमा सम्बन्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भूगोल र जनसंख्यामा ठूलो र सानो भए पनि नेपाल र भारत दुवै सार्वभौम देश भएकाले समानताका आधारमा मित्रता बलियो बनाउन जोड दिएका छन् । भारतीय न्युज च्यानल जी न्युजलाई अन्तर्वार्ता दिँदै ओलीले भनेका छन्, ‘हामीले सधैँ सर्वव्यापी समानताको हिसाबले संवाद र सम्बन्ध राख्नुपर्छ । भारत र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई यसमा आपत्ति छैन ।’

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – जी न्युजका सुधीर चौधरीले भारत र नेपाल राम र लक्ष्मण भएमा आपत्ति हुनुपर्ने कारण के छ भनेर सोधेका थिए । जवाफमा ओलीले भने, ‘तपाईंको प्रश्नले भन्छ कि भारत भगवान् वा ठूलो हो, तर वास्तविकता हामी दुवै बराबरी हौं । भारतले अब आफूलाई ठूलो वा बोस सोच्छ भन्ने पनि मलाई लाग्दैन । किनकि अब औपनिवेशको जमाना गयो । समानताको युग आयो ।’

दक्षिण एसियाली देशमा विज्ञान र प्रविधिको विकास पहिले नै भए पनि त्यसको सदुपयोग हुन नसकेको पनि ओलीले बताए । ‘न्युटनले भन्दा अघि नै भास्कराचार्यले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएका थिए । अन्य धेरै सिद्धान्त पनि पहिले यही क्षेत्रमा विकास भएका थिए । तर, के कारणले हो भारत पनि गरिब रह्यो, नेपालले पनि अहिलेसम्म विकास गर्न सकेन । अब सबैले आ–आफ्नो विकासमा ध्यान दिनुपर्छ । एक–अर्कालाई शोषण गर्नु हुँदैन,’ उनले भने ।

नक्साको विषय पनि संवादबाट सुल्झाउन सकिने ओलीको भनाइ थियो । ‘भारतले पहिला पनि नक्सा जारी गर्‍यो, त्यहाँ बाटो बनायो । हामीले संवाद गरौँ भनिरहेको वेला बाटो उद्घाटन पनि गर्‍यो, त्यो आवश्यक थियो ?’ ओलीले भने, ‘नेपालले पनि आफ्नो नक्सा जारी गरेको छ । विवाद छ भन्दैमा नक्सा जारी गर्ने काम रोकिँदैन । अहिले फरक–फरक नक्सा छन् । भोलि जुन दिन निक्र्यौल हुन्छ नक्सा एकै प्रकारका बन्छन् ।’

भारत वा चीन कुनै पनि ध्रुवमा नेपाल नलाग्ने पनि उनले स्पष्ट पारे । ‘हामी सबैको हित यसैमा छ कि भारत र चीनबीच पनि मित्रवत् व्यवहार होस् । दुईमध्ये कुनै पनि देशविरुद्ध हामीले आफ्नो भूमि प्रयोग गर्ने दिने छैनौँ,’ ओलीले यो पनि भने, ‘भारत र चीनबीच सम्बन्ध सुमधुर बनाउन मैले मध्यस्थता गर्न सक्छु । म सी जिनपिङ वा ली खछियाङसँग पनि कुरा गर्न सक्छु, मोदीसँग पनि कुरा गर्न सक्छु । त्यसको लागि म तयार छ ।’

पुस २८ गते, २०७७ - ०७:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल–चीन व्यापारमा अवरोध

काठमाडौं । २०७२ वैशाखको भूकम्पपछि पटक पटक अवरुद्ध तातोपानी र रसुवा नाका अझै सहज रुपमा सञ्चालनमा आउन...   

आयोगको अनिर्णय : नेकपा कानुनी रुपमा विभाजित हुन लम्बियो प्रक्रिया

काठमाडौं । राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा विभाजित हुने प्रक्रिया...   

जब प्रधानमन्त्रीले नै कर्मचारीलाई राजनीतिमा लाग्न सल्लाह दिए

काठमाडौं । निजामती सेवा ऐनको दफा ६१ मा निजामती कर्मचारीहरु राजनितीमा सहभागी हुन नपाउने व्यवस्था छ...   

काठमाडौं–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर

काठमाडौं । काठमाडौं–तराई–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन सोको डिजाइन कार्य तथा विस्तृत...   

कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिबाट नै फैलिन सक्छ संक्रमण

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिले अरूलाई कोरोना भाइरस सार्न सक्ने हुँदा लकडाउनका...   

‘सडक नबनाई नाकामा गाडी धुने क्लिनिङ सेन्टर खोल्नुको अर्थ छैन’, यस्तो छ मापदण्ड

काठमाडौं । काठमाडौंका विभिन्न स्थानका सडक छेउमा यतिखेर खाल्डो खनेर माटो थुपारिएको छ । सवारी–साधन...   

दलितलाई थर लेख्न अझै सकस : स्थानीय सरकारले सुन्दैन, प्रशासनले टेर्दैन

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ का कुमार आछामीको नागरिकतामा नाम ‘कुमार सार्की’ छ । पहिले नागरिकता...   

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध...   

चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री...   

मकवानपुरमा विप्लवका कार्यकर्ताले जलाए बोलेरो

काठमाडौं । मकवानपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता कार्यकर्ताले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top