Khabar Dabali Logo
  January 20, Wed

कोरोना विरुद्धको खोप फागुनसम्म आउने

काठमाडौं। कोरोना विरुद्धको खोप लगाउन १६ हजार खोप केन्द्रलाई उपयोगमा ल्याउने सरकारको तयारी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीतिगत र कानुनी जटिलता फुकाइसकेको भन्दै खोप कार्यक्रम प्रभावकारी बनाउन ५ हजार कर्मचारी र ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने तयारी गरेको हो ।आजको

आजको राजधानी दैनिकमा खबर छ – स्वास्थ्य मन्त्रालयका अनुसार दुईदेखि आठ डिग्री तापक्रममा १ करोड ७० लाख खोपको डोज भण्डारणका गर्ने क्षमतासहितको पूर्वाधार तयार पारिएको छ । स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको खोप फागुनसम्म आउन सक्ने संकेत गरेको छ ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गरिने बताए । खोप अन्योलसम्बन्धी जिज्ञासामा मन्त्री त्रिपाठीले भने, ‘मेरो व्यक्तिगत जीवनमा फागुन महिना चामत्कारिक हुन्छ । यसपालि पनि फागुन चामत्कारिक होला भनेर आशा गरौं ।’

– ५ हजार कर्मचारी, ५२ हजार स्वास्थ्यकर्मी परिचालन गरिने
– खोपका लागि तत्काल ६८ करोड बजेट तयारी अवस्थामा
– दक्षिण एसियामा खोप प्राप्तिमा नेपाल पछि नपर्ने
– स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक र दीर्घरोगी प्राथमिकतामा

सरकारले खोप लगाउन स्वास्थ्यकर्मी, ५५ वर्षमाथिका र दीर्घरोगीलाई प्राथमिकतामा राखेको छ । खोप प्राविधिक प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । प्रस्तावमा खोप प्राप्तिका आधार, लागत, सुरक्षा, उपलब्धतालगायतका विषय उल्लेख छन् ।

स्वास्थ्यमन्त्री त्रिपाठीले भने, ‘खोप खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुनेछ । खोप समयमै आउँछ ।’

पुस २८ गते, २०७७ - ०७:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भुइँको टिप्दा न बादल, न वामदेव

भुइँको टिप्दा न बादल, न वामदेव

काठमाडौं । ‘भुइँको टिप्न खोज्दा खल्तीको झर्ने’ यो उखान नेपाली राजनीतिमा बढी नै चरितार्थ हुन थालेको...   

नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै

काठमाडौं । सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा...   

आयोगले दलको आधिकारिकता आफूहरुलाई दिने प्रधानमन्त्रीको रिडिङ

काठमाडौं । राजनीतिक दलसम्बन्धी ऐनअनुसार पार्टी विभाजनका लागि संसदीय दल र पार्टी केन्द्रीय कमिटी...   
पुरुषमा पनि बढ्दै छ स्तन क्यान्सर

पुरुषमा पनि बढ्दै छ स्तन क्यान्सर

काठमाडौं । पुरुषमा समेत स्तन क्यान्सर बढ्दै गएको पाइएको छ । सामान्यतया स्तन क्यान्सर महिलाको रोग भनिन्छ...   

संवैधानिक आयोगहरूमा स्वेच्छाचारी नियुक्ति गर्ने अध्यादेशविरुद्धको रिट ३५ दिनसम्म सुनुवाइ भएन

काठमाडौं । संवैधानिक आयोगहरूमा स्वेच्छाचारी नियुक्ति गर्न सरकारले ल्याएको अध्यादेशविरुद्धको रिट...   

अब नियम विपरीत सुरक्षाकर्मी राख्नेले तलब भत्ता आफै व्यहोर्नुपर्ने

काठमाडौं । सुरक्षाकर्मीको दुरुपयोग रोक्न सरकारले नयाँ मापदण्ड बनाएको छ । अब नियमविपरीत कसैले सुरक्षाकर्मी...   
प्रतिनिधि सभा विघटनसम्बन्धी रिट : जोड ‘धारा ७६ मा’

प्रतिनिधि सभा विघटनसम्बन्धी रिट : जोड ‘धारा ७६ मा’

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा तेस्रो दिन पनि बहस जारी छ । तेस्रो दिन मङ्गलबार पाँच...   

एक हजार निजी विद्यालय बन्द हुन सक्ने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय...   

प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्न सभामुखले राखे तीन वरिष्ठ वकिल

काठमाडौं । प्रतिनिधिसभाको विघटन असंवैधानिक भएको लिखित जवाफ पठाएका सभामुख अग्निप्रसाद सापकोटाले...   

कोभिड चिकित्सकमाथि आक्रमण

काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको कोभिड आइसियूमा कार्यरत एक चिकित्सकमाथि मंगलबार बिरामीका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top