


बिजुली काटिन थालेपछि प्रधानमन्त्री कार्यालयले दियो कडा चेतावनी


-
-
पुस २८ गते, २०७७ - ०६:५८

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरी क्षेत्रमा विद्युत् आपूर्ति आकस्मिक बन्द हुने (ट्रिपिङ) समस्या बढिरहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहित विभिन्न नेतृत्वमा रहेका उच्च टिमलाई बोलाएर समस्याबारे विस्तृत जानकारी लिएको छ ।
आजको राजधानी दैनिकमा खबर छ – प्रधानमन्त्री कार्यालयले विद्युत् आपूर्तिमा नियतवश समस्या सिर्जना भएको र बदमासी गरिएको पाइए कडा कारबाही हुने चेतावनीसमेत दिएको छ । साथै प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउन समेत प्राधिकरणलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया, प्रधानमन्त्री कार्यालयका सचिव तोयनारायण ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायतले प्राधिकरण नेतृत्वलाई ट्रिपिङको समस्या छिटोभन्दा छिटो हटाउन तत्कालै आवश्यक पहल गर्न निर्देशन दिएका थिए ।
पछिल्ला दिनमा अकारण बिजुली काटिएको गुनासो बढेपछि प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई केन्द्रमा राखेर अपनाउनुपर्ने सबै उपाय अवलम्बन गर्न तथा जायज गुनासो र माग सम्बोधन गर्न निर्देशन दिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मकवानपुरमा विप्लवका कार्यकर्ताले जलाए बोलेरो
काठमाडौं । मकवानपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता कार्यकर्ताले...माघ १४ बाट कोरोना खोप लगाइने
काठमाडौं । भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। शुक्रवार प्रधानमन्त्री...प्रधानमन्त्रीलाई गालीको वर्षा !
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार...६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा
काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा...ओली समूहसँग सहकार्य नगर्न देउवामाथि आफ्नै पार्टी भित्रबाट दबाब
प्रदेशमा सत्तासमीकरणबारे कांग्रेस सभापति छलफलमा काठमाडौं । प्रदेशको सत्तासमीकरणमा प्रधानमन्त्री...कांग्रेसमा जुटेन सहमति
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण वाग्मतीसहितका प्रदेश...खोपको सहज पहुँच कहिले ?
चार निजी कम्पनीको निवेदन तर आयात अनुमति तत्काल नदिने सरकारको रणनीति काठमाडौं । भारतले कोभिड–१९ को...प्राकृतिक ग्याँस ल्याउन पाइपलाइन बिछ्याउने तयारी शुरु
काठमाडौं । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीको सुनौलीसम्म अन्तरदेशीय प्राकृतिक ग्याँस (लिक्युफाइड...कोभिड–१९ विरुद्धको खोप लगाउनलाई मात्र ६२ करोड रूपैयाँ खर्च लाग्ने
काठमाडौं । भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित...सप्तरीमा ट्र्याक्टर दुर्घटना : दुईको मृत्यु, पाँच घाइते
सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको...

प्रतिकृया लेख्नुहोस्:
- आफ्नै आमाको हत्या गरेको अभियोगमा ३३ वर्षीय प्रेम पक्राउ
- कोभिड–१९ विरुद्धको खोप लगाउनलाई मात्र ६२ करोड रूपैयाँ खर्च लाग्ने
- दुई चरणको प्रदर्शनबाट सन्तुष्ट छ कांग्रेस ?
- लोकसेवाले साढे चार हजार पदमा विज्ञापन खोल्दा साढे चार लाख आवेदन
- सरकारले अपहेलना गरेको भन्दै दुवै प्रहरी जोखिम भत्ता नलिने निष्कर्षमा पुगे