Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्रदेश नं १ मा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू

ओखलढुङ्गा । प्रदेश नं १ का केही विद्यालयमा परीक्षणको रूपमा सञ्चालन गरिएको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ ओखलढुङ्गाका पाँच स्थानीय तहमा लागू गरिने भएको छ ।

जिल्लाको खिजीदेम्बा गाउँपालिकास्थित कुण्डली मावि खिजीकाती, मोलुङस्थित कुन्तादेवीको सरस्वती मावि बुङ्नाम, चिशङ्खुगढीस्थित सरस्वती मावि खानीभञ्ज्याङ र सुनकोशी गाउँपालिकास्थित कटुञ्जे मावि कटुञ्जे र मानेभञ्ज्याङस्थित हर्कपुर मावि टोक्सेलमा यो कार्यक्रम लागू गरिएको हो ।

प्रत्येक स्थानीय तहमा एक÷एक जनाको दरले १३ वटै जिल्लाका स्थानीय तहका लागि नर्स नियुक्ति गर्ने योजना रहेको प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश नं १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङको पहलमा यसअघि नै लिखु गाउँपालिकाको सिंहदेवी र सिद्धिचरण नगरपालिकाको रुम्जाटारमा यो कार्यक्रम लागू भइसकेको छ ।

विद्यालयमा नियुक्तिपछि नर्सहरुले विद्यार्थीलाई स्वास्थ्य सेवा प्रदान गर्नुका साथै विद्यार्थीलाई स्वस्थ्य जीवनशैली तथा सरसफाइलगायत स्वच्छ वातावरण निर्माणका लागि उत्प्रेरित गर्नेछन् । विद्यार्थीमार्फत समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतनाको काम गराउने र बालिका, किशोरीमा देखिने विभिन्न समस्याको निगरानी गर्ने, उपचारमा सहयोग गर्ने तथा स्वास्थ्य शिक्षा प्रदान गर्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विद्यालयमा स्वास्थ्यकर्मी र आधारभूत स्वास्थ्योपचारसहितको सेवा प्रभावकारी बनाइने खिजीदेम्बा– ४ का वडाध्यक्ष कमल न्यौपानेले बताए । “विद्यालयमा स्वास्थ्यकर्मी हुँदा विद्यार्थीका स्वास्थ्य समस्या समाधान र परामर्शका लागि सहज हुनेछ”, उनले भने, “प्रदेश सरकारको यो कार्यक्रममा हाम्रो वडाको माविलाई समावेश गर्न राज्यमन्त्रीमार्फत प्रक्रिया अघि बढाइएको थियो । कार्यक्रम आयो अब यसलाई उच्चतम् सदुपयोग गरेर प्रभावकारी बनाउन हामी लाग्छौँ ।” जिल्लाका अन्य विद्यालयले पनि यो कार्यक्रम शुरु गर्न माग गरिरहेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies