Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

प्यूठानमा व्यावसायिक अम्बा र ड्रागन फ्रुटको खेती

झिमरुक । प्यूठानमा व्यावसायिक रुपमा अम्बा र ड्रागन फ्रुट खेती गरिएको छ । जिल्लाको सरुमारानी गाउँपालिका–¬ २ दर्भानमा खेती गरिएको हो । तीन व्यक्तिका साझेदारीमा हाम्रो बहुउद्देश्यीय कृषि फार्ममार्फत गत २०७६ असारदेखि खेती शुरुआत गरिएको हो । दर्भानका केशरबहादुर गुरुङ, दाङका हीरामणि पौडेल र रुपन्देहीका खुमानन्द भुसालले संयुक्त साझेदारीमा खेती गर्दै आएका हुन् ।

दर्भानसँगै राप्ती गाउँपालिका– ¬२ बराखुट्टीमा पनि अम्बा र ड्रागन फ्रुटको खेती गरिएको छ । दर्भानमा ७०० र बराखुट्टीमा ६०० गरी एक हजार ३०० अम्बाको बोट लगाएको सञ्चालक केशरबहादुरले जानकारी दिए । ती दुवै ठाउँमा गरी एक हजार २०० ड्रागन फ्रुटको खेती गरिएको छ । तामिलनाडुबाट बोटको रु २०० मा खरीद गरी ताइवान पिङ्क र ताइवान ह्वाइट गरी दुई जातको अम्बाको बिरुवा लगाइएको छ ।

विभिन्न क्षेत्रमा भारत तथा चीनबाट अम्बा खरीद हुँदै आएकाले छिमेकी जिल्लामा समेत खपत हुने विश्वासले खेती गरेको सञ्चालक कृषक गुरुङले जानकारी दिए । एक वर्षका अवधिमा दुई चरणमा अम्बा फलेको उनको भनाइ छ । दुई चरणमा प्यूठान र दाङमा गरी १५ क्विन्टल अम्बा बिक्री गरेको र तेस्रो चरणको अम्बा फल्दै गरेको उनले बताए । प्रतिकेजी रु १०० का दरले जिल्लासँगै बुटवलमा पनि अम्बा बिक्री गरिएको उनको भनाइ छ । अन्य खेतीको तुलनामा अम्बा खेती गर्न सजिलो छ । वर्षमा एकपटक मात्र मलजल गरे अम्बाखेती राम्रो हुने उनले जानकारी दिए ।

त्यस्तै ड्रागन फ्रुटको पनि पहिलो उत्पादन बिक्री गरिएको छ । विसं २०७७ साउनदेखि कात्तिकको अवधिमा एक क्विन्टल ड्रागन फ्रुट बिक्री गरिएको सञ्चालक गुरुङको भनाइ छ । भारतको गुजरातबाट बिरुवा खरीद गरी फ्रुटको खेती गरिएको हो । पहिलो वर्ष केही कममात्रामा फल दिए पनि अबका वर्षमा यसले राम्रो फल दिने सञ्चालकको विश्वास छ । फार्ममा रातो र सेतो गरी दुई थरीको ड्रागन फु्रट उत्पादन भएको छ । रातोलाई प्रतिकेजी रु ८०० र सेतोलाई प्रतिकेजी रु ७०० मा बिक्री हुने गरेको छ ।

उत्पादित पु्रmट जिल्लासँगै बुटवल र काठमाडौँमा पनि खपत हुने गरेको छ । खेती कम हने गरेकाले बिक्रीवितरण सहजरुपमा हुने गरेको छ । करीब रु २५ लाखको लगानीमा खेती गरिएको हो । वार्षिक रु एक लाख भाडा तिर्ने गरी प्यूठानमा १६ रोपनी र दाङमा १० कठ्ठा जमीन भाडामा लिई उक्त खेती गरिएको हो । ड्रागन फ्रुट र अम्बासँगै चार रोपनी क्षेत्रफलमा एप्पलवेयर र ४०० बिरुवा स्ट्रबेरीको पनि खेती गरिएको सञ्चालक उनले बताए ।

उमेरले ६२ वर्ष पुगेका गुरुङको राजनीतिक आवद्धता समेत रहेको छ । सानैदेखि खेती गर्दै आउनुभएका उनले कम्युनिष्ट पार्टीले लिएको नारालाई सार्थक बनाउन राजनीतिसँगै कृषि पेशामा लागेको बताए । “भाषणमा कृषि क्रान्तिका नारा लगायौँ, व्यवहारतः खासै कृषि क्रान्ति भएन”, उनले भने, “व्यवहारत कृषि क्रान्तिका लागि हामीले खेती गरेका हौँ ।” अम्बा र ड्रागनको बिरुवा उत्पादन गर्ने र आफ्नो खेतीबाट सबै किसानलाई जोड्ने योजनासमेत बनाएको उनको भनाइ छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies