


फ्रान्समा कोरोना संक्रमितहरुको संख्या घट्दै


-
-
पुस २७ गते, २०७७ - १२:४३

पेरिस । फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या पछिल्ला केही दिनयता आएर घटेको देखिएको छ । अघिल्लो करिब दुई हप्ता अघिसम्म झन् बढेको अवस्थामा रहेका कोभिडका संक्रमितहरु पछिल्लो समयमा आएर भने घटेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
उनीहरुले पछिल्लो समयमा कोभिडका संक्रमितहरु घट्दै गएको देखिएको बताएका हुन् । पछिल्लो पटक अर्थात् आइतबार फ्रान्समा १५ हजार भन्दा केही बढी संक्रमित देखिएका बताइएको छ ।आइतबार मात्र फ्रान्समा १५ हजार ९४४ जनामा कोभिडको संक्रमण पाइएको हो । तर यहाँका अधिकारीहरुले भने यही जनवरी ३ तारिखपछि यहाँ यो संख्या सबैभन्दा कम भएको बताएका छन् ।
आइबार देखिएको यो संख्या पछिल्लो हप्ता यताकै सबैभन्दा कम भएको फ्रान्सको पब्लिक हेल्थ एजेन्सीले जनाएको छ ।सो एजेन्सीले आइतबार यस संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या १५१ मात्र रहेको पनि जानकारी दिएको समाचारमा जनाइएको छ ।
गएको शनिबार मात्र यहाँ २० हजारभन्दा बढी नागरिकमा नयाँ संक्रमण देखिएको जनाएको थियो भने आइतबार यस संख्यामा उल्लेख्य मात्रामा कमी आएको पाइएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले बताएको थियो ।
महामारी सुरु भएदेखि यताको संख्या हेर्दा यहाँ २७ लाख ८३ हजार भन्दा बढीमा यो संक्रमण देखिएको बताइएको छ । उक्त एजेन्सीले फ्रान्सको यो संख्या युरोपेली देशहरुकै दोस्रो ठूलो संख्या हो भनेको छ ।
युरोपेली देशहरुमध्ये सबैभन्दा धेरै कोभिडका संक्रमितहरुको संख्या बेलायतमा बढी देखिएको छ । यहाँ पछिल्लो समयमा कोभिडको नयाँ जातको संक्रमणको पनि प्रकोप बढेको देखिएको अर्को एक समाचारमा जनाइएको छ ।
उक्त एजेन्सीले दिएको जानकारीअनुसार फ्रान्समा ५७ हजार ७५० जनाको यस संक्रमणबाट ज्यान गएको छ । अहिले पनि हरेक दिन यहाँका नागरिक यो संक्रमणका कारण ज्यान गुमाइरहेका बताइएको छ ।
शनिबारसम्मको तथ्यांक हेर्दा यहाँका २४ हजार ५५९ जना विरामी अस्पतालमा उपचार गराइरहेका देखिएको छ ।
तीमध्ये पनि यहाँका २ हजार ६२९ जनालाई आइसियुमा राखेर उपचार गराइएको पनि फ्रान्सको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । फ्रान्सका अधिकारीहरुले यहाँ पनि पछिल्ला केही हप्तायता बेलायतमा जस्तै कोरोना भाइरसको दोस्रो लहरको संक्रमण शुरु भएको जनाएका थिए ।
त्यसका कारण यहाँका धेरै जसो सेवा क्षेत्रहरुमा लकडाउन गरिएको छ । लकडाउनका कारण यहाँको जनजीवन पनि निकै नै प्रभावित भएको राजधानी पेरिसबाट प्राप्त भएका समाचारमा जनाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेतृत्व विकाससँगै महिला आयआर्जनसँग जोडिनुपर्दछ : उससभामुख शर्मा
गण्डकी । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरू संवैधानिक अधिकारको उपयोग गर्दै आयआर्जनतर्पm...गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप दिइने
गण्डकी । गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललार्ई अनुदानमा...प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको...राष्ट्रिय महिला फुटबल : सावित्राको चार गोलको मद्दतमा एपिएफ विजयी
काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आइतबार भएको खेलमा सावित्रा भण्डारीको चार गोलको मद्दतमा...कामपाका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति
काठमाडौँ । दश महिनापछि काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको...भजनीका किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
टीकापुर । कैलालीको भजनी नगरपालिकाका किसानलाई १०० क्विन्टल चैते धानको बीउ निःशुल्क वितरण गरिएको छ...सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी
काठमाडौँ । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स...अस्पताल बनाउन स्थानीयवासीद्वारा करिब ८ रोपनी जग्गा निःशुल्क नामसारी
गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ स्थित रेश स्वास्थ्यचौकीलाई स्तरोन्नति गर्न यहाँका...पोर्चुगलमा कोरोना प्रभावित नेपालीलाई राहत वितरण
पोर्चुगल । कोभिडका कारण समस्यामा परेका केही नेपालीलाई दोस्रो चरणको राहत वितरण गरिने भएको छ । कोभिडको...ट्रम्प विरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लीकनको आग्रह
वासिङट्न । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति...

प्रतिकृया लेख्नुहोस्:
- चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी
- सुदूरपश्चिमको नौ वटै जिल्लामा १६ हजार मात्रा खोप आउँदै
- कोरोनाका कारण विदेशमा एक हप्तामा थप नौ जनाको निधन, दुई हजार सङ्क्रमित
- कर्णालीमा १० जिल्लाका लागि कोरोनाविरुद्धकाे ११ हजार खोप आउँदै
- ‘सडक नबनाई नाकामा गाडी धुने क्लिनिङ सेन्टर खोल्नुको अर्थ छैन’, यस्तो छ मापदण्ड