


आज गोरखाका पाँच स्थानीय तहमा सार्वजनिक बिदा


-
-
पुस २७ गते, २०७७ - १०:४०

गोरखा । दुई सय ९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाका पाँच वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । आधुनिक नेपाल एकीकरणका नायक तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मथलो समेत रहेको जिल्लाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, सिरानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रमणि न्यौपाने, भीमसेन थापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापा, अजिरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र ज्ञवाली र पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत तेजराज शर्माले सूचना प्रकाशन गरी सार्वजनिक बिदाको जानकारी गराएका हुन् ।
पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा एक दिन सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ । सार्वजनिक बिदाका दिन ती पालिकाभित्रका सबै सरकारी कार्यालय, विद्यालयलगायत सार्वजनिक सङ्घसंस्था बन्द रहने जनाइएको छ । गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यवतीका जेठा छोराका रूपमा विसं १७७१ पुस २७ गते जन्मेका पृथ्वीनारायण शाहाले टुक्रिएर रहेका बाइसे चौबिसे राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेको इतिहासमा उल्लेख छ ।
पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा आजै गोरखा नगरपालिकाको आयोजना तथा गोरखा युथ क्लबको संयोजनमा द्रव्यशाह चौतारा हुँदै ठूलो आँगन, अस्पताल चोक, हरमटारी, पुरानो बसपार्क हुँदै गोरखा दरबारसम्म खुल्ला दौड प्रतियोगिताको आयोजना गरिएको गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पन्तले जानकारी दिए ।
त्यस्तै आजै सदरमुकामको खेलकूद मैदानदेखि हरमटारी हुँदै गोरखा सङ्ग्रहालयम्म विभिन्न जातजातिको झाँकी प्रस्तुत प्रदर्शन गरिने, पत्रकार महासङ्घ गोरखाको आयोजनामा पृथ्वीनारायण शाहको शालिक परिसरमा दीप प्रज्वलन, राप्रपा गोरखाको आयोजनामा पृथ्वी जयन्ती समारोहको आयोजना गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चीनको ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान
काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले चीनको ल्हासामा...बालिका जबरर्जस्ती करणी गर्ने युवकलाई २० वर्ष कैद फैसला
भोजपुर । जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको...८० वर्षमा नागरिकता प्राप्त
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका– ३ की एक वृद्ध महिलाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको...भरतपुर अस्पतालमा आजबाट आँखाको उपचार सेवा शुरु
चितवन । भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट शुरु गरिएको छ । अस्पतालमा आँखा रोग विभागको शुभारम्भसँगै...बजेटको सही विनियोजन र खर्च क्षमता अभिवृद्धिमा जोड रहने छः आर्थिक सल्लाहकार दुगड
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले वित्तीय एवं आर्थिक...इटालीका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त
रोम । इटलीका प्रधानमन्त्री गिउसेप कोन्टेले विश्वासको मत प्राप्त गरेका छन् । इटलीको तल्लो सदनमा सोमबार...प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री पौडेल
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम...लेउ हटाएर रानीपोखरीलाई थप सुन्दर बनाईदैँ
काठमाडौँ । काडमाडौँ महानगरपालिकाले रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउन थालेको छ । पुनःनिर्माणपछि...गाउँपालिकाद्वारा घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था...माघ १५ बाट सिमकोटका विद्यालय सञ्चालनमा आउने
सिमकोट । कोरोना महामारीले बन्द रहेका सिमकोट गाउँपालिकाभित्रका भित्रका विद्यालय यही माघ १५ गतेबाट...
