


नेपालमा कोरोनाको खोप ल्याउन अझै अन्योल


-
-
पुस २७ गते, २०७७ - ०७:५७

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप आयातका लागि सरकारले कूटनीतिक र प्राविधिक तयारी तीव्र बनाएको बताए पनि खोप आउनेबारे अन्योल देखिएको छ । कोभ्याक्स वा निजी क्षेत्रमध्ये कसले अघि ल्याउने अझै अन्योल छ ।
आजको राजधानी दैनिकमा खबर छ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुईदेखि आठ डिग्री सेन्डिग्रेडमा भण्डारण गर्न मिल्ने भ्याक्सिनलाई प्राथमिकतामा राखेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत खोप तथा बाल स्वास्थ्य शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भने, ‘अहिलेसम्म यो देशको खोप ल्याउने भनेर निक्र्योल भएको छैन । हामीले दुईदेखि आठ डिग्री सेन्डिग्रेडमा भण्डारण गर्न सकिने खोप प्राथमिकतामा राखेका छौं ।’
औषधि व्यवस्था विभागले नेपालमा कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि अहिलेसम्म निजी क्षेत्रबाट कसैले पनि निवेदन दर्ता नगरेको जनाएको छ । सरकारले कोभ्याक्समार्फत आउने भ्याक्सिन ढिलो आए निजी क्षेत्रले समेत भ्याक्सिन ल्याउन सक्ने बताए पनि हालसम्म निजी क्षेत्रबाट कसैले पनि अनुमति नमागेको जनाएको हो ।
औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ मा महामारीका रूपमा फैलिएको संक्रामक रोगको रोकथाम, नियन्त्रण वा निर्मूल गर्न विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका वा आपतकालीन प्रयोगको अनुमति प्रदान गरेका औषधि वा खोपलाई नेपालमा औषधि व्यवस्था विभागले दर्ता गर्ने व्यवस्था गरिएको छ ।
कोरोनाविरुद्धको खोप ल्याउन निजी क्षेत्रले चाहे औषधि व्यवस्था विभाग अनुमति दिन तयारी अवस्थामा रहेको छ । विभागका वरिष्ठ औषधि व्यवस्थापक एवं प्रवक्ता सन्तोष केसीका अनुसार कुनै आधिकारिक आयातकर्ताले भ्याक्सिन प्रयोग अनुमतिका लागि निवेदन दिएमा विभाग तयारी अवस्थामा छ ।
उनले भने, ‘कुनै पनि आधिकारिक आयातकर्ता विभागले तोकेका कागजातसहित आयो भने भ्याक्सिन प्रयोगका लागि अनुमति प्रक्रिया अघि बढ्छ । तर निजी क्षेत्रबाट अहिलेसम्म निवेदन आएको छैन ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कोरोना खोप अभियान उत्साहजनक, पहिलो दिन ९ हजार ८४ जनाले लगाए
तीन महिनाभित्र सबैलाई निःशुल्क : प्रधानमन्त्री काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभियान बुधबार...अम्लीय जातका फलफूल निर्यात गर्न चीनले दिएन अनुमति
काठमाडौं । नेपालबाट चीनमा अम्लीय जातका फलफूल निर्यात गर्न चीन सरकारले अनुमति नदिएपछि नेपाल सरकारको...सरेको सर्यै रेल सञ्चालनको मिति
काठमाडौं । भारतबाट रेल सेट ल्याएको चार महिना बित्न लागे पनि सञ्चालनको अझै सम्म अत्तोपत्तो छैन । यसबीचमा...भारत र काँग्रेस भ्रममा
काठमाडौं । ‘भारत र कांग्रेसले जे बुझेका छन्, जे सोचेका छन्, त्यस्तो हुनेवाला छैन । केपीले चाहेको र सोचेको...घाँसमा सल्केको आगो फैलिँदा जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट
जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मंगलबार २५ घर नष्ट...पशुपति दर्शन गरेर प्रधानमन्त्रीको पग्लियो मन, ठाउँको ठाउँ ३० करोड लेखेरै दिए
काठमाडौं । मुलुकमा राजनीतिक संकट गहिरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपति दर्शन...विवाद मिलाउन आयोगलाई सरकारको अवरोध, संशोधनप्रति प्रधानमन्त्री असन्तुष्ट
काठमाडौं । निर्वाचन अवधिमा पनि राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्न सकिने गरी निर्वाचन आयोगले गरेको...‘देउवाले विघटन गर्दा ०४७ को संविधान गयो, अहिलेको विघटनले यो संविधान नजाओस्’
काठमाडौं । प्रतिनिधिसभा विघटन गैरसंवैधानिक रहेको भन्दै पुनर्स्थापनाका पक्षमा बहस गरिरहेका कानुन...विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित
काठमाडौं । यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका...सरकार आर्थिक संकटसँग जुध्न मुद्रा कोष सहायता लिने
काठमाडौं । सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय...

प्रतिकृया लेख्नुहोस्:
- विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघ्यो
- खुँडा प्रहार गरी हत्या गर्ने ३ जना आरोपित पक्राउ
- जुम्लामा आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट, करीब ३ करोड भन्दा बढीको क्षति
- चीनमा कोरोना भाइरसका सङ्क्रमित दिन प्रतिदिन बढ्दै
- विकासका दृष्टिले रुपन्देहीका कुनै क्षेत्रलाई पछाडी पर्न नदिने अर्थमन्त्री पौडेलको प्रतिबद्धता