


ललितपुरमा ‘स्वच्छ सहरका लागि मेरो साइकल’ अभियान चलाइँदै


-
-
पुस २७ गते, २०७७ - ०७:५२

ललितपुर । सहरी सुन्दरता र स्वच्छ वातावरणको परिकल्पना गर्दै साइकल प्रयोगलाई जोड दिएको ललितपुर महानगरपालिकाले ‘स्वच्छ सहरका लागि मेरो साइकल’ अभियान चलाउने भएको छ । महानगरले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा अभियान सञ्चालन गर्न लागेको हो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – साइकल प्रयोगकर्तालाई प्रोत्साहन गर्न महानगरले आफ्नो क्षेत्रका मुख्य सडकमा यसअघि नै साइकल लेन निर्माण गरिसकेको छ । महानगरका मेयर चिरिबाबु महर्जन र युएनडिपीका आवासीय प्रतिनिधि आस्वानी मिडागानगोडाले अभियान सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
युएनडिपीको ‘ग्रिन एन्ड गेम’ परियोजनाको सहयोगमा महानगरले अभियान सञ्चालन गर्न लागेको हो । अभियानअन्तर्गत एउटा मोबाइल एप तयार गरिनेछ । साइकलयात्रीले मोबाइल एप ओपन गरी साइकलको प्रयोग गर्नुपर्नेछ ।
एपमार्फत साइकलले पार गरेको सडकको दूरी नापिनेछ र त्यसका आधारमा साइकलयात्रीलाई पुरस्कारको प्रदान गरिने महानगरले जनाएको छ । ‘साइकल प्रयोगमा महानगरवासीको संख्या बढाउन यस्तो अभियान सञ्चालन गर्न लागिएको हो, यसमा अन्य उपहारका योजना पनि छन्,’ मेयर महर्जनले भने ।
साइकल चलाउन इच्छुक भएको, तर खरिद गर्न नसकेका दुई सय जनालाई साइकल खरिदका लागि समेत अनुदानको व्यवस्था गरएको महानगरले जनाएको छ । यसअघि महानगरले १० किमि क्षेत्रमा साइकल लेन निर्माण गरेको छ । थप २२ किमि सडकमा साइकल लेन निर्माणका लागि टेन्डर गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भारत र काँग्रेस भ्रममा
काठमाडौं । ‘भारत र कांग्रेसले जे बुझेका छन्, जे सोचेका छन्, त्यस्तो हुनेवाला छैन । केपीले चाहेको र सोचेको...घाँसमा सल्केको आगो फैलिँदा जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट
जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मंगलबार २५ घर नष्ट...पशुपति दर्शन गरेर प्रधानमन्त्रीको पग्लियो मन, ठाउँको ठाउँ ३० करोड लेखेरै दिए
काठमाडौं । मुलुकमा राजनीतिक संकट गहिरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपति दर्शन...विवाद मिलाउन आयोगलाई सरकारको अवरोध, संशोधनप्रति प्रधानमन्त्री असन्तुष्ट
काठमाडौं । निर्वाचन अवधिमा पनि राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्न सकिने गरी निर्वाचन आयोगले गरेको...‘देउवाले विघटन गर्दा ०४७ को संविधान गयो, अहिलेको विघटनले यो संविधान नजाओस्’
काठमाडौं । प्रतिनिधिसभा विघटन गैरसंवैधानिक रहेको भन्दै पुनर्स्थापनाका पक्षमा बहस गरिरहेका कानुन...विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित
काठमाडौं । यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका...सरकार आर्थिक संकटसँग जुध्न मुद्रा कोष सहायता लिने
काठमाडौं । सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय...पूर्व राष्ट्रपति यादव भन्छन्, ‘राष्ट्रपति भण्डारीले भूल गर्नु भयो’
काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री...कोरोना खोप लगाएपछि शरीरमा आउन सक्छन् यस्ता समस्या
काठमाडौं । सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण शुरु भएको झण्डै एक वर्षमा त्यसविरुद्ध बुधबार...सरकारको स्वीकृति बिनै नेपाली युवा कतार प्रहरीमा भर्ना
काठमाडौं । नेपालसँग कुनै किसिमको सम्झौता नगरी कतार सरकारले नेपाली युवालाई प्रहरीमा भर्ना गरेको छ...
