Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

बागलुङमा अझै हात्तीपाइले निवारण हुन सकेन

गलकोट । सामान्यतया ६ वर्षमा निवारण भएको हात्तीपाइले जिल्लामा १२ वर्षमा समेत निवारण भएको छैन । हात्तीपाइले रोगबाट बच्न लगातार ६ं पटक हात्तीपाइले रोग विरुद्धको औषधि खानुपर्छ ।

लगातार औषधि खाएमा मात्र रोगको जोखिमबाट बच्न सकिने भए पनि जिल्लामा ११औं पटकसम्म हात्तीपाइलेको औषधि खुवाउँदासमेत हात्तीपाइले निवारण हुनसकेको छैन । रोग निवारणका गर्नका लागि बागलुङ जिल्लामा पुनः १२औँ पटक अभियान सञ्चालन गरिनेछ । १२औँ पटकको अभियान शुरु गर्नुभन्दा पहिला हात्तीपाइले प्रभावित क्षेत्रमा चांैथो पटक नमूना सङ्कलनको कार्य शुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले जानकारी दिए ।

नेपालमा हात्तीपाइले रोग निवारणको अन्तिम तयारी भए पनि बागलुङ जिल्लासहित नेपालका सात जिल्लामा हालसम्म हात्तीपाइले रोग निवारण गर्न नसकिएको कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटाँैडाका सुपरभाइजर सरोज अधिकारीले जानकारी दिए ।

उनका अनुसार जिल्लामा हात्तीपाइले निवारणका लागि पुनःचौँथो पटक नमूना सङ्कलन गर्न थालिएको बताए । “पाँच वर्ष लगातार औषधि खुवाइसकेपछि नमूना परीक्षण हुन्छ”, उनले भने,“नमूना परीक्षणमा जम्मा नमूना सङ्ख्याको दुई प्रतिशत भन्दा कम पोजेटिभ आएमा निवारण हुन्छ नभए दुई वर्ष लम्बिन्छ ।” उनका अनुसार जिल्लामा तीन पटसम्म नमूना परीक्षण गर्दा हात्तीपाइले निवारण नभएको पाइएका कारण चांैथो पटकको नमूना सङ्कलन अभियान शुरु गरिएको हो । जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा हात्तीपाइले निवारण गर्न नसक्दा सिङ्गो जिल्लाभर औषधि खुवाउनुपर्ने अवस्था आएको हो ।

चांैथो पटकको नमूना सङ्कलन नारायणस्थान र जैमिनी नगरपालिका–१ कुस्मिशेरा ६०० व्यक्तिबाट गरिनेछ । यसका लागि तीन÷तीन क्षेत्रमा विभाजन गरिएको हो । यस पटकको नमूना सङ्कलनमा नेगेटिभ अर्थात् दुई प्रतिशत भन्दा कममा हात्तीपाइलेको सङ्क्रमण देखिएमा १२औँ चरणको अभियानबाट रोग निवारण हुने तर पुनः दुई प्रतिशत भन्दा बढीमा पोजेटिभ देखिएमा अर्को वर्ष पुनः १३औँ चरणको अभियान चलाउनुपर्ने जनाइएको छ ।

सङ्क्रमण दुई प्रतिशत प्रतिशत भन्दा कम भएमा जनस्वास्थ्य समस्याको रुपमा नलिने र निवारणको मान्यता दिने प्रचलन रहेकोमा त्यो हुन नसकेकाले बागलुङमा १२औँ पटक हात्तीपाइले अभियान सञ्चालन गर्नुपर्ने अवस्थासँगै पुनःनमूना परीक्षण गर्नुपर्ने अवस्था आएको हो ।

हात्तीपाइले विरुद्धको औषधि सेवनमा नागरिकको बेवास्ता, लगातार औषधि नखानु र लामखुट्टेको प्रकोपका कारण निरन्तर रुपामा अभियान चलाइराख्नु परेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले जानकारी दिए । उनका अनुसार अहिले नारायणस्थानका घरघरमा महिला स्वास्थ्यस्वयंमसेवीका परिचालन गरी हात्तीपाइलेको लक्षण भएनभएको जानकारी लिने सचेतना गराउने जस्ता कार्य समेत गर्न थालिएको छ ।

विश्वका धेरै देशमा अभियान सफल भएर हात्तीपाइले निवारण भइसके पनि नेपालमा भने यस समस्याले केही सकस बनाएको छ । हात्तीपाइले आफूले मात्र औषधि खाएर जोखिमबाट पूर्णरुपमा बच्न सकिदैन । अरु कसैलाई हात्तीपाइले छ र उसलाई टोकेको लामखुट्टेले टोकेमा पनि हात्तीपाइले हुनसक्ने स्वास्थ्यकर्मी बताउछन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies