Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

ट्राई साइकल र ह्वीलचेयर अपाङ्गताको सहारा

लहान । जन्मजात दुबै खुट्टा नभएकी सप्तरीको कञ्चनरुप नगरपालिका–४जगतपुरकी पुष्पा चौधरीको अनुहारमा बेग्लै खुशी देखिन्छ । दुबै खुट्टा नभएर सधैँ अरुको साहारमा जीवन बिताउँदै आएकी उनको अनुहारमा खुशी फर्किनुको कारण निःशुल्क ट्राई साइकल हो । ‘‘दुबै खुट्टा नभएपछि अरुको साहारमा कष्टकर जीवन बिताइरहेको थिएँ” ३२ वर्षीया पुष्पाले भने, ‘‘तर राष्ट्रिय आपाङ्गता पुनःस्थापना समाजले निःशुल्क ट्राई साइकल दिएपछि हिँडडुल गर्न र आत्मनिर्भर बन्ने बाटो खुलेको छ ।” अब ट्राई साइकलकै साहाराले रोजगारी गर्नसक्छु भने आत्मविश्वास पलाएको उनको कथन छ ।

आर्थिक अभावका कारण सहायक सामग्री खरिद गर्न नसकेकी उहाँले ढिल्लै भए पनि ट्राई साइकल पाएपछि आफ्नो जीवनमा ठूलो परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो । कक्षा ५ सम्मको अध्ययन गरेकी उनले भने,‘‘पढ्ने रहर थियो, तर खुट्टा नहुँदा विद्यालय जान सक्ने अवस्था थिएन् त्यसैले पढाइ अधुरैमा छाड्नु प¥यो ।”

विगत एक दशकदेखि पक्षघातका कारण पीडित कञ्चनरुप नगरपालिका–१ बैरबाका ६५ वर्षीय शेख अबासको पनि जीवनमा ह्वील चेयरको साहारा बनेको छ । पक्षघातको शिकार भएर थलिनु भएका अवासको लागि ह्वील चेयर बरदान नै सावित भएको छ । ‘‘पक्षघात भएपछि उहाँलाई उठबस गर्न सक्ने अवस्था छैन्”, अबासका छोरा इब्रामले भने,‘‘ तर ह्वील चेयर पाएपछि अहिले उहाँ एक ठाउँबाट अर्को ठाउँमा सहज रुपमै घुमफिर गर्न सक्ने हुनुभएको छ ।”

पोलियो भएर दुबै खुट्टा काम नलाग्ने भएपछि कष्टकर दिन बताउँदै आउनु भएकी कञ्चनरुप–४ जगतपुरकै अनिता चौधरीको लागि पनि बाँच्ने ठूलो आधार बनेको छ, ह्वील चेयर । ‘‘खुट्टा नै नभएपछि घरमै बसाएर दिशापिसाब गराउनुपर्ने अवस्था थियो” उहाँकी आमा सुमित्राले बताईन,‘‘ तर ह्वीलचेयर पाएपछि अब सहज भएको छ ।”

पुष्पा, अबास र अनिता नभइ लामो समयदेखि आपाङ्गताको रुपमा कष्टकर जीवन बिताउँदै आएका सप्तरीको कञ्चनरुपमा ५१ जना आपाङ्गता भएका व्यक्तिका लागि ट्राई साइकल, ह्वील चेयर र सेतो छडी साहार बनेको छ । कञ्चनरुप नगरपालिकाको विभिन्न वडाका आपाङ्गता भएका व्यक्तिलाई राष्ट्रिय आपाङ्गता पुनःस्थापना समाजले ह्वील चेयर, ट्राईसाइकललगायतका सहायक सामग्री वितरण गरेको छ ।

कञ्चनरुपको सामाजिक विकास शाखा र सामाजिक अभियन्ता चन्द्रकिशोर कल्याणको समन्वयमा राष्ट्रिय आपाङ्गता पुनःस्थापना समाजले कञ्चनरुपको विभिन्न वडाका ५१ जना आपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरेको हो ।

नगरको ५१ आपाङ्गता भएका व्यक्तिलाई १९ थान ह्वील चेयर, १० ट्राई साइक, १० जोडी वैशाखी, पाँच सेतो छडी, दुई वाकर र पाँच एल्बो वैशाखी वितरण गरेको राष्ट्रिय आपाङ्ग पुनःस्थापना समाजका उपाध्यक्ष सुगम भट्टराईले जानकारी दिए ।

देशका ७७ जिल्लाका आपाङ्गताता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गर्ने लक्ष्यका साथ अभियान शुरु गरेको र हालसम्म ६५ जिल्लाका आपाङ्गता व्यक्तिलाई ह्वील चेयर, ट्राईसाइकल वितरण गरिसकेको उनले भने । नगरपालिका कार्यालय परिसरमा आयोजित सहायक सामग्री वितरण कार्यक्रममा नगरप्रमुख वसन्तकुमार मिश्र, उपप्रमुख निरु पोखरेल, प्रमुख प्रशासकीय अधिकृत नवराज खडकाले आपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री प्रदान गरे ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies