Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

विरगञ्ज । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ । सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पाइप लाइन विस्तार गरी लोथरसम्म पु¥याउने लक्ष्यसहित काम शुरु भएको नेपाल आयल निगम(एनओसी)ले जनाएको छ ।

“अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनलाई अगाडि बढाउनेबारे अध्ययन भइरहेको छ”, नेपाल–भारत पाइप लाइन ज्वाइन्ट अध्ययन ग्रुप नेपालतर्फका संयोजक वीरेन्द्र गोइतले राससलाई बताए, “लोथरसम्म सो पाइप लाइन विस्तार कसरी गर्ने, त्यसमा कति खर्च लाग्नेबारे अध्ययन तथा छलफल भइरहेको छ ।”

मोतिहारीबाट अमलेखगञ्जसम्म सञ्चालनमा रहेका पेट्रोलियम पाइप लाइनमै पाइप जोडेर लोथरसम्म विस्तार गरिनेछ र यसका लागि नेपाल तथा भारत सरकारबीच आपसी समझदारीपश्चात सर्भे सकिएपछि संयुक्त कार्यदलले डिपिआर कार्ययोजना मोडालिटीसम्बन्धी काम गरिरहेको छ । लोथरमा एक लाख किलोलिटर पेट्रोलियम भण्डारण हुने बताइएको छ ।

यसअघि २०७६ भदौदेखि भारतको मोतिहारीबाट सो पाइप लाइनमार्फत अमलेखगञ्जस्थित निगमको डिपोमा डिजेल ल्याउने गरेकामा अब एक वर्षभित्र सोही पाइप लाइनमार्फत पेट्रोल ल्याउने गृहकार्य शुरु भएको एनओसी प्रदेश–२ प्रादेशिक कार्यालयका प्रमुख भरत रेग्मीले राससलाई बताए ।

“निगमको सञ्चालक समितिले मोतिहारीबाट पेट्रोल पनि ल्याउने स्वीकृति दिएपछि सो काम अगाडि बढाउन भारतीय आयल निगम (आइओसी) सँग सो सम्बन्धमा काम अगाडि बढाउन अनुरोध गरिएको छ”, प्रादेशिक प्रबन्धक रेग्मीले भने, “४२–४२ लाख लिटर पेट्रोल भण्डारण गर्ने क्षमताको दुईवटा पेट्रोल ट्याङ्की अमलेखगञ्ज डिपोमा तयार भइरहेको छ ।” नेपाल सरकारको १२० करोड भारतीय रुपैयाँको लागतमा निर्माण भइरहेको सो पाइप लाइनमा अन्तर्राष्ट्रिय गुणस्तरको पाइप जडान गरिएको छ भने निर्माण भइरहेको पेट्रोल ट्याङ्कमा स्वचालित मेसिनबाट जाँच गर्ने खालको हुनेछ ।

आइओसीले भारतको मोतिहारीमा भर्टिकल ट्याङ्क निर्माण गर्ने काम शुरु गरेको छ । यता अमलेखगञ्जस्थित एनओसीलेको कार्यालयमा पेट्रोल आपूर्ति गर्नका लागि आवश्यक पर्ने पूर्वाधारको काम अगाडि बढाइएको छ । सो कार्यालय हाताभित्र पश्चिमतर्फ रहेको छ बिघा क्षेत्रफलमा रहेको खाली जग्गामा आवश्यक काम हुनेछ भने सो जग्गाको नक्सापास, लागत अनुमान तथा माटो परीक्षणसमेत भइसकेको छ । आयोजना निर्माणको कागजी प्रक्रिया अन्तिम चरणमा पुगेको छ । त्यसपछि बोलपत्र आह्वान गरी निर्माण शुरु गरिने बताइएको छ । हाल सो पाइपबाट भारत विहारको राजधानी पटनामा पम्पिङ गरेर अमलेखगञ्ज डिपोमा डिजेल आउने गरेको छ । मोतिहारीमा पेट्रोल ल्याउने काम सम्पन्न भएपछि त्यहीबाट पम्पिङ गरेर पेट्रोल पनि ल्याइनेछ । प्रतिघण्टा तीन लाखदेखि चार लाख लिटरसम्म पेट्रोल आपूर्ति गर्न सकिनेछन् ।

पाइप लाइनबाट पेट्रोल आपूर्ति हुन थालेपछि टयाङ्करबाट गर्ने ढुवानीमा खर्चको बचत हुने, प्राविधिक नोक्सानीको अन्त्य हुने, शुद्धता कायम हुने, चुहावट र मिसावट अन्त्य हुने, प्रदूषण तथा वातावरणमा हुने क्षतिको अन्त्य हुने, भन्सार नाकामा हुने टयाङ्करको चापसमेत अन्त्य हुने तथा पेट्रोलको अभाव पनि अन्त्य हुने विश्वास प्रादेशिक प्रमुख रेग्मीले लिएका छन् ।

भारतको मोतिहारीबाट रक्सौल अमलेखगञ्जसम्म नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइनबाट अहिले डिजेल आउने गरेको छ । नेपालको लाइफलाइनको रूपमा रहेको भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म ७०.२ किलोमिटर लम्बाइको सो पाइप लाइनबाट पेट्रोल ल्याउने सम्पूर्ण काम पूरा भएपछि प्राविधिक जाँच गरी एक वर्षभित्रै सञ्चालनमा आउने एनओसी अमलेखगञ्ज कार्यालयले जनाएको छ । अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार भई सञ्चालनमा आएपछि पश्चिमी तथा उत्तरी नेपालमा पेट्रोलियम पदार्थको अभाव समाप्त भएर जाने विश्वास लिइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies