


प्रधानमन्त्री ओलीको विकल्प छैन : मन्त्री महतो


-
-
पुस २५ गते, २०७७ - २१:४९

जलेश्वर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले तराई मधेशको विकासका लागि प्रधानमन्त्री केपी ओलीको विकल्प नरहेको बताएका छन् । महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमा नव निर्मित पुलको शिलान्यास गर्नुहुँदै मन्त्री महतोले प्रधानमन्त्री ओलीकै कार्यकालमा तराई मधेशमा थुप्रै विकासका योजना आएको र बहुप्रतिक्षित हुलाकी सडक जस्तो तराईको ‘लाइफलाइन’को काम पनि दु्रतगतिमा अगाडि बढेकोले यहाँको विकासका लागि उनको विकल्प नरहेको दोहोर्याए ।
उनले भौतिक विकासका लागि पुल, पुलेसा, नदीनाला, सडक तथा शैक्षिक औद्योगिक र कृषि विकासका लागि पनि रु अर्बौको बजेट प्रधानमन्त्री ओलीकै कार्यकालमा आएको भन्नुहुँदै तराई मधेशको चौतर्फी विकासका लागि उनको महत्वपूर्ण भूमिका रहेको बताए । नेकपा नेताहरु रामदयाल मण्डल र नेता रामआधार कापरले प्रधानमन्त्री केपी ओली नेतृत्वको पार्टीमा कुनै विवाद नरहेको र देश नयाँ दिशामा अगाडि बढिरहेकोले तोकिएको मितिमा हुन गइरहेको निर्वाचनमा सबै जनतालाई सहभागिता जनाई सहयोग गर्न अपिल गरे ।
मटिहानी–८ स्थित विग्ही नदीमा नेपाल सरकारको रु सात करोड, ६७ लाख २६ हजार २०१ बयानब्बे पैसमा ५० मिटर लामो पुल निर्माण भइरहेको छ र सो पुल कालिका कन्स्ट्रक्सन प्रालि भरतपुर चितवनले ठेक्का हात पार्दै निर्माण गरिरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
लेउ हटाएर रानीपोखरीलाई थप सुन्दर बनाईदैँ
काठमाडौँ । काडमाडौँ महानगरपालिकाले रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउन थालेको छ । पुनःनिर्माणपछि...गाउँपालिकाद्वारा घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था...माघ १५ बाट सिमकोटका विद्यालय सञ्चालनमा आउने
सिमकोट । कोरोना महामारीले बन्द रहेका सिमकोट गाउँपालिकाभित्रका भित्रका विद्यालय यही माघ १५ गतेबाट...काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा शुरु
काठमाडौँ । काठमाडौँबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा शुरुआत भएको छ । देशदर्शन बससेवा प्रालिले...प्रेस सङ्गठनको भेला माघ ८ गते काठमाडौँमा गर्ने निर्णय
काठमाडौँ । प्रेस सङ्गठन नेपाल केन्द्रीय कमिटीको आज सम्पन्न उपलब्ध सदस्यको बैठकले दोस्रो राष्ट्रिय...बेलायतका राजदूतमा रेग्मी नियुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य...स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी
गण्डकी । हिमाल पारिको जिल्ला मुस्ताङका किसान यतिखेर स्याउको कलमीमा जुटेका छन् । हिमाली क्षेत्रमा...नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि
काठमाडौँ । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया...स्थानीय तहमा वित्तीय पहुँच पुग्दै
बझाङ । बझाङ जिल्लाको एक स्थानीय तह बाहेक बाँकी सबै ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशका...वन सुधार गर्न प्राविधिकको माग
काठमाडौँ । पछिल्लो समय निकै विवादमा रहेको वैज्ञानिक वन परिमार्जन अर्थात् सुधार गरी लागू गर्न वन प्राविधिकले...
