Khabar Dabali Logo
  January 21, Thu

वर्तमान सरकार पूर्ण अवधिको : मन्त्री ज्ञवाली

मोरङ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार पूर्ण अवधिको भएकाले पहिले जसरी काम गर्ने बताएका छन् ।

नेपाल वुद्धिजीवी परिषद् मोरङद्वारा आज विराटनगरमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा हाम्रो भूमिका’ विषयक छलफल कार्यक्रममा उनले निर्वाचन आयोगले चुनावको कार्यक्रम सार्वजनिक नगरेसम्म सरकारलाई आचारसंहिता नलाग्ने र सबै कार्य गर्ने स्पष्ट पारे ।

मन्त्री ज्ञवालीले जनता समक्ष नयाँ जनमत लिनका लागि गरिएको संसद् विघटन कार्य लोकतान्त्रिक रहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्ड–नेपाल समूहले बहुमतको नाममा बन्धक बनाएकाले ताजा जनादेश लिन निर्वाचनमा जानु बाध्यता भएको धारणा व्यक्त गरे । उनले संसद् विघटन आकस्मिक नभएको चर्चा गर्दै जनताको पक्षमा कार्य गर्न नपाएकाले बाध्यात्मक अवस्थामा संसद् विघटन गर्नुपर्ने अवस्था आएको बताए ।

मन्त्री ज्ञवालीले तोकिएको समयमा निर्वाचन हुने बताउँदै सरकारले जनताका लागि गरेको उपलब्धिलाई घरघरमा पुर्याउन सबैसँग आग्रह गरे । उनले हाम्रो तर्फबाट पार्टी विभाजन नभएको प्रष्ट पार्दै नीतिगत र सैद्धान्तिक ढङ्गले छुट्टिएर गएका समूहलाई प्रतिवाद गर्नुपर्नेमा जोड दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामा जनता समक्ष जानु उपयुक्त भएको भन्दै संविधानमा संसद् विघटनको परिकल्पना नगरेको भन्नु गलत भएको बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आम निर्वाचनबाट सत्ता हस्तान्तरण र महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न दिएको विकल्प प्रचण्ड–नेपाल समूहलाई मान्य नभई जबरजस्ती सत्ताबाट हटाउन अविश्वास प्रस्ताव ल्याउन लागेकाले संसद् विघटन गर्नुपर्ने बाध्यतात्मक अवस्था सिर्जना भएको विचार व्यक्त गरे ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रचण्ड–नेपाल समूहले सत्ता र पार्टी कब्जा गर्न विगतमा पार्टी एकता र गठबन्धन गरेको आज प्रष्ट भएको चर्चा गर्दै यस कार्यबाट आज सिङ्गो मुलुकका कार्यकर्तालाई वर्तमान सरकारप्रति एक ढिक्का बनाएको बताए ।

उनले विगत तीन वर्षको अवधिमा मुलुकमा विकास निर्माणले गति लिएको अवस्थामा छुट्टिएर गएका समूहले मुलुक र राजनीतिलाई अस्थिरता बनाउन महत्वाकांक्षाका साथ वर्तमान अवस्था सिर्जना गरेको आरोप लगाए ।

छलफलमा परिषद्का मोरङ अध्यक्ष टीकाराम पुरी, तारानाथ निरौला, डा अर्जुनकुमार बराल र यज्ञप्रसाद शर्माले अवधारणपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, नेपाल कम्युनिष्ट पार्टी मोरङका अध्यक्ष ऋषिकेश पोखरेललगायत सहभागी थिए ।

पुस २५ गते, २०७७ - २१:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने अभियुक्त पक्राउ

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी...   

प्रदेश नं १ : कृषिमा उल्लेखनीय प्रगति

विराटनगर । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक वर्षका अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको...   
निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याइने

निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याइने

कैलाली । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय सदस्य तथा धनगढीका व्यवसायी गोपाल हमालको...   

चालू आर्थिक वर्षको ६ महिनामा साढे छ खर्बको आयात

काठमाडौँ । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि...   
एनआईबीएल बैंकको ३४ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न

एनआईबीएल बैंकको ३४ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न

काठमाडौँ । नेपालइन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो ३४ औं वार्षिक...   

जुलुसमा निर्धारित नारा मात्र लगाउन नेकपाको निर्देशिका जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने...   

हुम्लामा २ दिनदेखि हवाई उडान अवरुद्ध

सिमकोट । हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको...   
जलवायु परिवर्तन प्रभावको कारण बालबालिकामा बढ्दो कुपोषण

जलवायु परिवर्तन प्रभावको कारण बालबालिकामा बढ्दो कुपोषण

पेरिस । गरीबी र सरसफाई जस्ता परम्परागत कारणहरूले भन्दा बढी जलवायु परिवर्तनको प्रभावले गम्भीर बाल...   

भारतीय प्रधानमन्त्री मोदी, मुख्यमन्त्रीहरुले दोस्रो चरणमा खोप लगाउने

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९...   

बाइडेन अमेरिकाको राष्ट्रपति भएकोमा विश्वका नेताहरुबाट बधाई

पेरिस । संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले बुधबार शपथ लिएसँगै विश्वका नेताहरुले उनको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top