Khabar Dabali Logo
  January 27, Wed

संसद् विघटनभन्दा सरकारले विश्वासको मत लिएर अगाडि बढ्नुपथ्र्यो : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसद् विघटन गर्नुभन्दा विश्वासको मत लिएर अगाडि बढेको भए राम्रो हुने बताएका छन् ।

संसद् विघटनको विरोधमा कांग्रेसले देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा गरेको विरोधसभाअन्तर्गत काठमाडौँ क्षेत्र नं १ प्रदेश (क) को सभालाई आज सम्बोधन गर्दै उनले दुई तिहाई बहुमत नजिक रहेको सरकारले संसद् विघटन नगरी विश्वासको मत लिएर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

“वर्तमान सरकारले पार्टीभित्रको समस्या व्यवस्थापन गर्न नसक्दा संसद् विघटन गरेको छ”, उनले भने । सरकारले चालेको यस्तो कदम सच्चाउनुपर्ने उनको भनाइ छ । नेता सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर नबस्ने बताए ।

पूर्वउपप्रधानमन्त्री सिंहले सरकारले गरेको संसद् विघटनको विषय सर्वोच्च अदालतसम्म पुगेकाले अदालतले संविधानको भावना र मर्मअनुसार निर्णय गर्ने विश्वास व्यक्त गरे ।

पुस २५ गते, २०७७ - २१:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दक्षिण कोरियामा मानिसबाहेक जनावर बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि

दक्षिण कोरियामा मानिसबाहेक जनावर बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि

सउल । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान...   

भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ : उपप्रधानमन्त्री पोखरेल

सप्तरी । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारदेखि लगाउन...   

प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन: अर्थमन्त्री पौडेल

रुपन्देही । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले मुलुक ताजा जनादेशका...   

बुबाले गरे आफ्नै २ वर्षीया छोरीको घाँटी थिचेर हत्या

अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा बुबाले आफ्नै छोरीको हत्या गरेका छन् । शितगङ्गा–२,...   

सवारी दुर्घटनामा २० वर्षीय युवकको मृत्यु

काठमाडौँ । धादिङ, बेनिघाटरोराङ गाउँपालिका ५ बादरेमोडस्थित सडकमा बा.८४ प १५७१ नम्बरको मोटरसाइकल र प्रदेश...   

प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

झापा । शिवसताक्षी नगरपालिका १ धरमपुरस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा...   
गोदावरी राष्ट्रिय वनस्पति उद्यानः खरेटो र चैत्यफूलको संरक्षण

गोदावरी राष्ट्रिय वनस्पति उद्यानः खरेटो र चैत्यफूलको संरक्षण

ललितपुर । कोरोना भाइरस सङ्क्रमण महामारीका कारण ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानलाई...   

चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

पोखरा । पोखरा– २४ हेम्जास्थित हाइग्राउण्ड एडभेन्चर्सले दुई साताअघि शुरु गरेको ‘कपल बञ्जी च्यालेन्ज’...   
भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्याली

भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्याली

नयाँदिल्ली । भारतका किसानहरुले गणतन्त्र दिवसका अवसरमा ट्याक्टर र्याली प्रदर्शन गरेका छन् । कृषि...   

अमेरिका प्रवेश गर्न कोरोना रिपोर्ट नेगेटिभ चाहिने

वासिङ्टन । अमेरिका उडान गर्न चाहने यात्रुहरुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने भएको छ । त्यस्तो...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top