Khabar Dabali Logo
  January 24, Sun

वाग्मती प्रदेशका विकास निर्माणको भौतिक प्रगति ४४ प्रतिशत

वाग्मती । वाग्मती प्रदेशका विकास निमार्णका काम मध्ये पहिलो चौमासिकसम्म कूल ४४ दशमलव ६१ प्र्रतिशत भौतिक प्रगति भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार विभिन्न क्षेत्रमा सडक निर्माण तथा मर्मत , सडक पुल तथा झोलुङ्गे पुल निर्माणलगायतका पूर्वाधारमध्ये चालू आर्थिक वर्ष ०७७/०७८ को पहिलो चौमासिकसम्म सो प्रगति हासिल भएको हो ।

चालू आवमा प्रदेशभित्र सडक निर्माण तथा मर्मत कार्य गरी कूल ८३६, सडक पुल निर्माण तर्फ ११२ र झोलुङ्गे पुल निर्माणमा १५ योजना रहेका छन् ।

यी योजनामध्ये केही योजना कार्यान्वयनमा रहेका छन् भने केही योजना कार्यान्वयनको प्रक्रियामा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत ग्रामीण सडक महाशाखा प्रमुख नविनकुमार सिंहले जानकारी दिए। मन्त्रालयका अनुसार चालू आवको पहिलो चौमासिकसम्म वित्तिय प्रगति ३९ दशमलब ६१ प्रतिशत भएको छ । ती सबै योजना प्रभावकारीरुपमा कार्यान्वयनका लागि एउटा निर्देशनालय र आठ वटा विभिन्न मातहतका कार्यालय रहेका छन् ।

पुस २५ गते, २०७७ - १२:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुदूरपश्चिमको नौ वटै जिल्लामा १६ हजार मात्रा खोप आउँदै

सुदूरपश्चिम । सुदूरपश्चिम सरकारले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो...   

कोरोनाका कारण विदेशमा एक हप्तामा थप नौ जनाको निधन, दुई हजार सङ्क्रमित

काठमाडौं । कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप नौ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका...   

पोखरा होटल एण्ड लजमा बसेका देवर–भाउजूको मृत्यु

बैतडी । घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित...   

स्वस्थानी व्रतकथा बिहीबारदेखि : यसवर्ष मेलामा नयाँ नियम

काठमाडौं । पौष शुक्ल पूर्णिमाका दिन (यही माघ १५गते) हिन्दू धर्मावलम्बीले स्वस्थानी व्रतकथा तथा माधवनारायणको...   

प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै इजलासमा प्रश्न, प्रधानन्यायाधीशले भने– बजारका कुरामा नजानुस्

काठमाडौँ । प्रतिनिधिसभा विघटनबारे सुनुवाइ जारी रहेको संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा...   

यसबर्ष हिउँ नपरेपछि चिन्तामा किसान

मनाङ । यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यस वर्ष हिउँ नपर्दा...   

उखु किसानलाई १७ करोड तीर्न बाँकी राखेका अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्क विहीन

सर्लाही । धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन भएका...   

कनकाईमा विद्युत् शव दाहगृह स्थापनामा पहल शुरु

झापा । झापाको कनकाई घाटमा विद्युत् शवदाह गृह निर्माण गर्न पहल शुरुआत भएको छ । अव्यवस्थित दाहसंस्कारबाट...   

एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा

चितवन । जिल्लामा रहेका ३४८ एचआइभी सङ्क्रमितको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । यहाँ रहेका...   

कर्णालीमा १० जिल्लाका लागि कोरोनाविरुद्धकाे ११ हजार खोप आउँदै

कर्णाली । कर्णाली प्रदेशका १० जिल्लाका लागि ११ हजार ७८० कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ आज आउने भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top