Khabar Dabali Logo
  January 23, Sat

तनहुँमा फरार नौ प्रतिवादी पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार रहेका नौ प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दाहरुमा सम्लग्न रही फरार रहेका तथा अदालतबाट फैसला भइ दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी रहेकाहरुको खोजी कार्य अभियान अन्तर्गत प्रहरीले ती प्रतिवादीलाई शुक्रबार पक्राउ गरेको हो ।

लागुऔषध गाँजा मुद्दामा विगत दुई वर्षदेखि फरार व्यास नगरपालिका–१२ कमलाबारी बस्ने ३९ वर्षीया तारा थापा मगरलाई पक्राउ गरिएको छ । निजविरुद्ध जिल्ला अदालतले विसं २०७५ भदौ २६ गते एक वर्ष कैद र रु पाँच हजार जरीवाना सुनाएको थियो ।

प्रहरीका अनुसार चोरी मुद्दामा एक, सवारी ज्यान मुद्दामा एक, कुटपिटमा तीन, जालसाजीमा एक, सार्वजनिक अपराधमा एक, गाली बेइज्जतीमा एक प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेकाहरुबाट एक वर्ष कैद र एक लाख ७५ हजार दुई सय ९० जरीवाना असुल गर्न बाँकी छ । उनीहरुलाई शुक्रबार अदालत समक्ष उपस्थित गराइएको छ ।

पुस २५ गते, २०७७ - ११:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचनपछि हाम्रै पार्टीको बहुमतसहितको सरकार बन्छ : प्रधानमन्त्री

निर्वाचनपछि हाम्रै पार्टीको बहुमतसहितको सरकार बन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आन्दोलनका...   

सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली हटाउन माग

काठमाडौं । सुनचाँदी व्यवसायीले सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् ।...   

१४ गतेबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिन्छ : प्रधानमन्त्री ओली

काठमाडाै‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने...   
ओलीलाई ‘उल्टो खोपडीको मान्छे’को संज्ञा दिँदै प्रचण्डले भने- संविधान यतिबेला आइसियुमा छ

ओलीलाई ‘उल्टो खोपडीको मान्छे’को संज्ञा दिँदै प्रचण्डले भने- संविधान यतिबेला आइसियुमा छ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...   

एक दशकमा पारित भयो पञ्चाङ्ग निर्णायक समिति गठन आदेश

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले गठन आदेश मस्यौंदा गरी पठाएको एक दशकपछि मन्त्रिपरिषद्बाट...   

मुख्यमन्त्रीहरुविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे कांग्रेसको छलफल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता भएका प्रदेश नं १ र वाग्मतीका...   

तीन वर्षमा केपी ओलीलाई तह लगाउन सकेनौं : प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षमा केपी ओली प्रवृत्तिलाई तह लगाउन नसकेको...   

माधव नेपालले भने : यो त कास्टिङ मात्र हो, फिल्म सुरु हुन बाँकी नै छ

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले शुक्रबारको प्रदर्शनमा जनआन्दोलनको...   

ओली कम्युनिष्ट पार्टीका भगौडा हुन्, कुन पार्टी आधिकारिक हो सडकमा हेर्नु : खनाल

काठमाडौं । कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड(नेपाल पक्षका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा...   

मलेशियाबाट १७ जना नेपालीको शव काठमाडौं ल्याउँदै

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top