Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

प्रधानसेनापति ट्रफी : १६ नम्बर बाहिनी अड्डा टिम च्याम्पियन

काठमाडौं । प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा १६ नम्बर बाहिनी अड्डा टिम च्याम्पियन बनेको छ । शुक्रबार भएका खेलको नतीजाका आधारमा १६ नम्बर बाहिनी च्याम्पियन बनेको हो ।

प्रतियोगितामा उत्तर पश्चिम पृतना दोस्रो तथा उपत्यका पृतना तेस्रो भएका छन् । यस्तै खेल प्रदर्शनका आधारमा जगदल गण पहिलो, दुर्गा बक्स गण दोस्रो तथा ज्वाला दल गण तेस्रो भएका छन् ।

सुटिङअन्तर्गत मिक्स पेस्तोलतर्फ शुक्रबार सम्पन्न फाइनल खेलमा १६ नम्बर बाहिनी अड्डाको जगदल गण पहिलो भयो । जगदल गणका गनर दीपक ओड र राधिका घर्ती ६५६ अङ्क प्राप्त गर्दै प्रथम भए । सोही स्पर्धामा उत्तर पश्चिम पृतनाको नन्द बक्स गणका सिपाही आदित्य खड्का र ज्वाला दल गणकी सिपाही विमला भण्डारी दोस्रो तथा १३ नम्बर बाहिनी अड्डाको नम्बर २ राजदल गणका अमलदार कृष्ण शाही र सोही गणकी गनर दिलकुमारी रम्जाली तृतीय भए । खड्का र भण्डारीले कूल ६३२ तथा शाही र रम्जालीले कूल ६२७ अङ्क प्राप्त गरेको सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्र, जङ्गी अड्डाले जनाएको छ ।

यस्तै शुक्रबारै सम्पन्न मिक्स राइफलतर्फ १६ नम्बर बाहिनी अड्डाको जगदल गणका प्यूठ पूर्णकुमार श्रेष्ठ र सोही गणकी प्यूठ खेमा शाही पहिलो भए । श्रेष्ठ र शाहीले कूल ७२६ अङ्क प्राप्त गरे । सो स्पर्धामा उपत्यका पृतनाको दी फेमस महेन्द्र दल गणका सिपाही मनोज बस्नेत र दुर्गा बक्स गणकी अमलदार हेमा चौधरी कूल ७१४ अङ्कका साथ दोस्रो तथा १५ नम्बर बाहिनी अड्डाको गणेश दल गणका सिपाही टङ्कप्रसाद जैसी र सिग्नल तालीम शिक्षालयकी हवल्दार दीपा बूढामगर कूल ७०७ अङ्कका साथ तेस्रो भए ।

यसैगरी सुटिङअन्तर्गत पुरुष पेस्तोलतर्फ उत्तर पश्चिम पृतनाको नन्द बक्स गणका सिपाही आदित्य खड्का ३१८ अङ्क प्राप्त गर्दै पहिलो, १६ नम्बर बाहिनी अड्डाको जगदल गणका गनर दीपक ओड ३२१ अङ्कका साथ दोस्रो तथा मध्य पृतनाको चन्दनाथ गणका प्यूठ सुशान्त राई ३२० अङ्कका साथ तेस्रो भए। महिला पेस्तोलतर्फ १३ नम्बर बाहिनी अड्डाको नम्बर २ राजदल गणकी गनर दिलकुमारी रम्जाली ३४३ अङ्कका साथ पहिलो, १६ नम्बर बाहिनी अड्डाको जगदल गणकी गनर राधिका घर्ती ३३५ अङ्कसहित दोस्रो तथा पूर्वी पृतनाको पशुपतिप्रसाद गणकी सिपाही अञ्जु विक ३१८ अङ्क प्राप्त गर्दै तेस्रो भए ।

यस्तै शुक्रबारै सम्पन्न पुरुष राइफलतर्फ उत्तर पश्चिम पृतनाको ज्वाला दल गणका प्यूठ नारायणसिंह दोङ ३९१ अङ्क प्राप्त गर्दै पहिलो, १५ नम्बर बाहिनी अड्डाको गणेश दल गणका सिपाही टङ्कप्रसाद जैशी ३७३ अङ्कका साथ दोस्रो तथा १६ नम्बर बाहिनी अड्डाको जगदल गणका प्यूठ पूर्णकुमार श्रेष्ठ ३५८ अङ्क प्राप्त गर्दै तेस्रो हुनुभयो । महिला राइफलतर्फ उपत्यका पृतनाको दुर्गा बक्स गणकी अमलदार हेमा चौधरी ३७३ अङ्कका साथ पहिलो, मध्य पृतनाको सिद्धिबक्स गणकी सिपाही राधा गुरुङ ३६९ अङ्क प्राप्त गर्दै दोस्रो तथा १६ नम्बर बाहिनी अड्डाको जगदल गणकी प्यूठ खेमा शाही ३६८ अङ्कका साथ तेस्रो हुनुभयो ।

यसैगरी हालसम्मको खेल प्रदर्शनका आधारमा पुरुषतर्फ उत्तर पश्चिम पृतनाको ज्वाला दल गणका प्यूठ नारायणसिंह दोङ ३९१ अङ्कका साथ तथा महिलातर्फ उपत्यका पृतनाको दुर्गा बक्स गणकी अमलदार हेमा चौधरी ३७३ अङ्क प्राप्त गर्दै उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।

यस्तै फुटबलमा राजदल गणले सिद्धिदल गणलाई ३–१ गोलले, सिंहनाथ गणले दुर्गा बक्स गणलाई २–० गोलले, जगदल गणले कालीसिद्धि गणलाई २–१ गोलले तथा पश्चिम पृतनाको इएमई गणले युद्धकवाज गणलाई ४–१ गोलले पराजित गरेको छ । यसैगरी बास्केटबलतर्फ उपत्यका पृतनाले १५ नम्बर बाहिनीलाई ६२–३६ अङ्कले, विषेश फौज बाहिनीले १७ नम्बर बाहिनीलाई ६८–४१ अङ्कका साथ तथा मध्य पृतनाले पश्चिम पृतनालाई ७४–४७ अङ्कले पराजित गरेको छ । शुक्रबारै भएको भलिबल खेलमा १३ नम्बर बाहिनीले १६ नम्बर बाहिनीलाई ३–२ सेटले तथा उपत्यका पृतनाले १४ नम्बर बाहिनीलाई ३–० सेटले पराजित गरेको जङ्गी अड्डाले जनाएको छ ।

‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ नारासहित प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ बुधबारदेखि सञ्चालन भएको हो । सो प्रतियोगिता आगामी माघ २ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपाली सेनाको १५ टोलीको सहभागिता रहेको छ । सेनाले विसं २०६५ देखि प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies