Khabar Dabali Logo
  January 28, Thu

अवैध उत्खनन रोक्न खोज्दा दिलीप मारिएको एक वर्ष पूरा, छोरो सम्झिएर अझै भक्कानिन्छिन् आमा

जनकपुर । खोलामा भइरहेको अवैध उत्खनन रोक्न खोज्दा २४ वर्षीय दिलीप महतो मारिएको एक वर्ष पूरा भएको छ । आमा चन्द्रकलादेवी छोरो सम्झिएर अझै भक्कानिन्छिन् ।

आजकाे अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – ‘चौबीसै घण्टा मन भइरहन्छ कि खोलामा गएको मेरो छोरो कति खेर फर्केर घर आउँछ’, चन्द्रकलाले भनिन्, ‘फूल जस्तो बेटालाई दुस्मनहरूले पेचकसले घोचेर घाइते बनाई टिपरले किचेर ज्यान लिए । मेरो छोरोलाई पापीहरूले हात लगायो भनेर थाहा पाएको भए आधी प्राणमा पनि बचाएर ल्याउँथें ।’

धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलीप भनिने ओमप्रकाशको गत वर्ष २५ पुसमा क्रसरका माफियाले ज्यान लिएका थिए । त्यसमा चुरियामाई बालुवा प्रशोधन उद्योग श्रीपुरका क्रसरधनी विपिन महतोको समूहको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको थियो ।

घटनाको दिन बिहानै घरनजिकै औरही खोलामा क्रसर डनले अवैध रूपमा बालुवा–ढुंगा निकालिरहेका थिए । टिपर र लोडर चलेको आवाज सुनेर दिलीप त्यसलाई रोक्न साथी रोशन यादवसँग खोलामा गएका थिए । रोक्ने क्रममा क्रसरधनी विपिनसँग विवाद भयो । त्यसपछि विपिनको समूहको संलग्नतामा दिलीप मारिएको जनाइएको थियो । त्यसपछि प्रदेश २ सरकारले पुस २८ गते प्रदेशका सबै क्रसर बन्द गरायो ।

न्याय मागेका दिलीपको परिवारलाई प्रदेश सरकारले राहतस्वरूप ५ लाखको चेक थमायो । किटानी जाहेरी परेका केही आरोपितलाई अदालतले धरौटीमा छाड्यो । उनीहरू गाउँमा खुलेआम रहेकाले पीडित परिवार त्रासमा छ । ‘न्यायको आस गरेका हामीलाई थप अघि बढे बमले उडाइदिने धम्की आइरहेको छ’, दिलीपका बुवा रामजीवनले भने ।

धनुषा जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले यो मुद्दामा २९ माघ ०७६ मा आदेश गरेको थियो । उक्त आदेशपछि क्रसरधनी विपिन, उनका क्रसरमा काम गर्ने लोडर चालक महोत्तरीको बर्दिबास–१२ बिजलपुरास्थित चल्की टोलका जितेन्द्रकुमार महतो र बर्दिबास–९ पशुपतिनगरका टिपर चालक मुनिन्द्र महतो सिन्धुली करागारमा छन् ।

रामजीवनले धरौटीमा छाडिएकाहरू गाउँमा खुलेआम डुलिरहेको बताए । ‘न्यायका लागि प्रहरी र अदालतमा धाउँदा–धाउँदा पैताला खिइसक्यो’, उनले भने, ‘सात जनाउपर किटानीजाहेरी दिएको थिएँ । तीन जना मात्रै जेलमा छन् । चार जनालाई अदालतले धरौटीमा छाडेको छ। धरौटीमा छुटेकाहरू अहिले मुद्दा अगाडि बढाइस् भने बमले उडाइदिने धम्की दिइरहेका छन् ।’

तीन जना जनही २५ हजार धरौटीमा छुटेका थिए । त्यसरी छुट्नेमा दिलीपका साथी रोशन, टिपरका सहचालक सत्यनारायण यादव र क्रसरका मिस्त्री शत्रुधन यादव छन् । दिलीप मारिएका बेला तीनै जना घटनास्थलमा थिए । ‘तीनै जनाले रोकेको भए मेरो छोरो अहिले बाँचेको हुन्थ्यो’, रामजीवनले भने । क्रसरधनी विपिनका दाजु विनोदलाई पनि पीडित पक्षले दिलीपको हत्या घटनाको योजनाकार भन्दै किटानी जाहेरी दिएको थियो । उनलाई प्रहरीले छाडेको भन्दै पीडित परिवारले गुनासो गरेको छ ।

धरौटीमा छुटेकाहरूलाई पक्राउ गर्नुपर्ने माग गर्दै रामजीवनले ४ फागुन २०७६ मा उच्च अदालत जनकपुरधाममा पुनरावेदन गरेका थिए । उच्चले जिल्ला अदालतकै आदेशलाई सदर गरिदिएको उनले बताए। ‘अब सर्वोच्चमा गएर अपराधीविरुद्धको लडाइँ लड्छु’, उनले भने । ६ बहिनी र दुई भाइमा दिलीप जेठो थिए । परिवारजनले ऋण काढेर उनलाई भारतमा इन्जिनियरिङ पढाइरहेका थिए । कमाएर तिर्ने आँट, भरोसा थियो । तर, दिलीपको हत्यापछि परिवार शोकमा त प¥यो नै ऋणको बोझ थपिएको छ ।

दिलीपको घरभन्दा पूर्वतर्फ औरही खोला पर्छ । जहाँ क्रसरवालाले जथाभावी बालुवा–ढुंगा उत्खनन गरेर दुःख दिइरहेका छन् । दोेहनले वर्षात्मा बाढीले धार फेर्छ। उब्जाउ जग्गा स्वाट्टै बग्छ । हिउँदमा खानेपानीको मुहान सुक्छ । अवैध उत्खनन रोकेर यो समस्याबाट गाउँलेलाई छुटकारा दिलाउन चाहन्थे दिलीप। तर, क्रसर माफिया चुरेको भावर क्षेत्रको दोहन गरेर करोडपति बन्न चाहन्थे । दिलीपको बोलीमा गाउँले साथ दिन्थे । उनको बोलीले क्रसरवालालाई अवरोध हुन्थ्यो । त्यो अवरोधले क्रसर डन र खोला ठेकेदारलाई पचेन ।

प्राकृतिक स्रोतसाधनको संरक्षण गर्ने क्रममा दिलीपको ज्यान गएकाले उनलाई पर्यावरण सहिद घोषणा गर्न परिवारजनले सरकार समक्ष माग गरेका छन् । उनको नामबाट प्रतिष्ठान गठन गरी यो माग अघि बढाइएको हो ।

पुस २५ गते, २०७७ - ०८:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना खोप अभियान उत्साहजनक, पहिलो दिन ९ हजार ८४ जनाले लगाए

तीन महिनाभित्र सबैलाई निःशुल्क : प्रधानमन्त्री काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभियान बुधबार...   

अम्लीय जातका फलफूल निर्यात गर्न चीनले दिएन अनुमति

काठमाडौं । नेपालबाट चीनमा अम्लीय जातका फलफूल निर्यात गर्न चीन सरकारले अनुमति नदिएपछि नेपाल सरकारको...   

सरेको सर्‍यै रेल सञ्चालनको मिति

काठमाडौं । भारतबाट रेल सेट ल्याएको चार महिना बित्न लागे पनि सञ्चालनको अझै सम्म अत्तोपत्तो छैन । यसबीचमा...   

भारत र काँग्रेस भ्रममा

काठमाडौं । ‘भारत र कांग्रेसले जे बुझेका छन्, जे सोचेका छन्, त्यस्तो हुनेवाला छैन । केपीले चाहेको र सोचेको...   

घाँसमा सल्केको आगो फैलिँदा जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट

जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मंगलबार २५ घर नष्ट...   
पशुपति दर्शन गरेर प्रधानमन्त्रीको पग्लियो मन, ठाउँको ठाउँ ३० करोड लेखेरै दिए

पशुपति दर्शन गरेर प्रधानमन्त्रीको पग्लियो मन, ठाउँको ठाउँ ३० करोड लेखेरै दिए

काठमाडौं । मुलुकमा राजनीतिक संकट गहिरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपति दर्शन...   

विवाद मिलाउन आयोगलाई सरकारको अवरोध, संशोधनप्रति प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं । निर्वाचन अवधिमा पनि राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्न सकिने गरी निर्वाचन आयोगले गरेको...   

‘देउवाले विघटन गर्दा ०४७ को संविधान गयो, अहिलेको विघटनले यो संविधान नजाओस्’

काठमाडौं । प्रतिनिधिसभा विघटन गैरसंवैधानिक रहेको भन्दै पुनर्स्थापनाका पक्षमा बहस गरिरहेका कानुन...   

विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित

काठमाडौं । यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका...   

सरकार आर्थिक संकटसँग जुध्न मुद्रा कोष सहायता लिने

काठमाडौं । सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top