Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कांग्रेसले अन्य पार्टीबाट आएका ८० हजारलाई क्रियाशील सदस्यता दिने

काठमाडौं । कांग्रेसमा विलय भएका दल र नेता–कार्यकर्ताको समायोजनको विवाद मिलेको छ । ०७४ को आमनिर्वाचन र त्यसयता कांग्रेसमा विलय भएका राजनीतिक दल र दल परित्याग गरी प्रवेश गरेका नेता–कार्यकर्ताको विषयमा दुई वर्षदेखिको विवाद टुंगिएको हो । अब ती नेता–कार्यकर्ताले क्रियाशील सदस्यता पाउने बाटो खुलेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - केन्द्रीय कार्यसमितिले त्यस्ता नेता–कार्यकर्ताको समायोजनका लागि २० कात्तिक, ०७५ मा उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा अन्य राजनीतिक दल समायोजन समिति गठन गरेको थियो । समितिमा उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्यद्वय महेश आचार्य र दीपक गिरी सदस्य थिए । समितिले दुई वर्ष लगाएर सहमति जुटाएपछि केन्द्रीय समितिमा पेस गरेको नीतिगत निर्णयलाई आइतबारको बैठकले पास गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

समायोजनपछि अब एकैपटक करिब ८० हजार नयाँ क्रियाशील सदस्य थपिने उनले बताए । ‘अन्य दल समायोजन समितिको प्रतिवेदनलाई केन्द्रीय समितिले पारित गरेको छ, अब त्यहीअनुसार अन्य राजनीतिक दलका नेता–कार्यकर्ताको समायोजन र क्रियाशील सदस्यताको टुंगो लाग्छ,’ उनले भने ।

अन्य राजनीतिक दल समायोजन समितिले ०७६ को फागुनमै समायोजनको निर्णय गरेर त्यस्ता नेता–कार्यकर्ताको सूची सम्बन्धित जिल्लामा पठाएको थियो । तर, समायोजनका क्रममा सभापति शेरबहादुर देउवाले आफूअनुकूल क्रियाशील सदस्यता वितरण गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि राखेको थियो ।

गत ११ असोजमा पौडेल पक्षले उठाएका १६बुँदे मागमध्ये समायोजनको मुद्दा पनि महत्वपूर्ण एक हो । अन्य राजनीतिक दलबाट प्रवेश गरेका नेता–कार्यकर्तालाई विधानबमोजिम पारदर्शी रूपमा सदस्यता दिनुपर्ने पौडेल पक्षको माग थियो । विधानबमोजिम तल्ला तहबाटै सिफारिस भएर आएपछि मात्रै सदस्यताको टुंगो लाग्ने गरी नीतिगत सहमति भएको केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले बताए । ‘नीतिगत निर्णय भएको छ, तर मुख्य कुरा व्यवहारको हो । अब त्यसको व्यावहारिक कार्यान्वयन कसरी हुन्छ ? भन्ने कुरा हो,’ जोशीले भने ।

कांग्रेसमा क्रियाशील सदस्य नै स्थानीय तहमा क्षेत्रीय प्रतिनिधि चयन गर्ने मतदाता हुन् । उनीहरूबाट चयन हुने क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि चयन गर्ने र तिनै महाधिवेशन प्रतिनिधिले केन्द्रमा पदाधिकारीसहित सदस्यहरू चयन गर्ने व्यवस्था छ । त्यहीकारण हरेक महाधिवेशनको मुखमा कांग्रेसमा क्रियाशील सदस्यता विवादको जड बन्दै आएको छ ।

०७४ को चुनावताका विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा विलीन भएको थियो । त्यस्तै अखण्ड नेपाल, अखण्ड नेपाल समानान्तरलगायत साना पार्टीहरूसमेत कांग्रेसमा विलीन भएका थिए । त्यही सूचीमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवेश गरेका सुनीलबहादुर थापासहितको समूहसमेत पर्छ । गच्छदार पार्टीको उपसभापतिमा र थापा सहमहामन्त्रीमा मनोनीत भएका छन् ।

सभापति देउवाले अन्य पार्टीबाट आएका दर्जनौँ नेतालाई पार्टीको केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्य मनोनीत गरेका छन् । राप्रपाबाट नेता थापासँगै कांग्रेस प्रवेश गरेका विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), किरण गिरी (काठमाडौं), बाबुराम बस्नेत (भोजपुर), रामप्रसाद भट्टराई (मोरङ), वृजलाल यादव (बारा) र टिएन योगी (ललितपुर) सदस्यमा मनोनीत भएका छन् ।

यस्तै, राप्रपाबाटै आएका दिलीप राई झापा, आशाराम चौधरी कैलाली र राजेशबहादुर सिंह कपिलवस्तुलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । जसमा राजपाबाट प्रवेश गरेका सर्लाहीका जंगीलाल राय र राप्रपाबाट आएका डोल्पाका कर्णबहादुर बुढा केन्द्रीय सदस्य मनोनीत भएका छन् भने माओवादी छाडेर आएका सर्लाहीका शम्भुलाल श्रेष्ठ, डडेल्धुराका जनकलाल कलौनी, समाजवादीबाट आएका कपिलवस्तुका अभिषेकप्रताव साह, एमालेबाट आएका कैलालीका मोहनसिंह राठोर, तत्कालीन नयाँ शक्तिबाट आएका स्याङ्जाका भूमिबहादुर गुरुङ, अखण्ड नेपालका कुमार खड्का र अखण्ड नेपाल समानान्तरका दयाराम पाण्डे आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत छन् ।

समायोजन समितिले गच्छदारको पार्टीका ५१ जिल्लाका २५ हजार चार सय ६८ जनालाई क्रियाशील सदस्यताका लागि सिफारिस गरेको छ । यस्तै, सहमहामन्त्री सुनीलबहादुर थापाले क्रियाशील सदस्यताका लागि ४८ जिल्लाका दश हजार सात सयजनाको नामावली बुझाएका छन् । त्यसबाहेक सबैजसो जिल्लाबाट अन्य पार्टीबाट प्रवेश गरेकाहरूको विवरण प्राप्त हुने क्रम रहेको र सूची तयार भइरहेको कांग्रेसका सूचना अधिकारी केशव रिजालले जानकारी दिए ।

आजदेखि दोस्रो चरणको आन्दोलन
संसद् विघटनको विरोधमा सरकारविरुद्ध आन्दोलनमा उत्रिएको कांग्रेसको दोस्रो चरणको आन्दोलन शनिबारबाट सुरु हुँदैछ । शनिबार सातवटै प्रदेशका ३३० वटै प्रादेशिक निर्वाचन क्षेत्रका मुकाममा विरोध प्रदर्शन र सभा हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

१९ पुसमा बसेको केन्द्रीय समितिको बैठकले दोस्रो चरणको आन्दोलन तय गरेको थियो । दोस्रो चरणमा कांग्रेसले तल्ला तहमा विरोधका कार्यक्रम राखेको छ । पहिलो चरणमा कांग्रेसले यसअघि १३ पुसमा १६५ वटै संसदीय निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies