Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कक्षा ११ को पाठ्यक्रम टुंगो नलाग्दा अन्योल

काठमाडौं । नयाँ र पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने विषय टुंगो लाग्न नसक्दा यो वर्ष कक्षा ११ मा भर्ना भएका विद्यार्थीको पठनपाठन अझै सुरु हुन सकेको छैन । गत वर्ष पुसमा कक्षा ११ को कोर्स आधाभन्दा बढी पूरा भएर पनि आन्तरिक परीक्षाको तयारी भइरहेको थियो ।

आजको नागरिक दैनिकमा खबर छ - विगतका वर्षमा जस्तै यतिबेला परीक्षाका लागि चिन्तित हुनुपर्ने विद्यार्थी अहिले पाठ्यक्रम (नयाँ वा पुरानो) टुंगो नलाग्दा पढाइ कहिले सुरु हुने भनेर छटपटिनु परेको छ ।

सरकारको निर्णयबमोजिम यस वर्षदेखि कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्नरगराउन पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ पारित गर्नासाथ विवाद उत्पन्न भएको थियो । कक्षा १ मा खासै असर नपरे पनि कक्षा ११ को पाठ्यक्रमलाई लिएर भने विवाद उत्पन्न भएको हो ।

असोज २८ गते अभिभावक भगवता अर्यालले संविधानको अनुसूची ८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय तहको अधिकार क्षेत्रमा केन्द्रले पाठ्यक्रम प्रारूप तयार पारी कार्यान्वयन गर्न दबाब दिएर हस्तक्षेप गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले नयाँ पाठ्यक्रम हाललाई कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नू भनी आदेश दिएको थियो । पटक–पटक गरी चार पटक पेसी चढ्दा पनि अन्तिम फैसला हुन सकेको छैन । अर्को पेसी यही पुस २७ गते तोकिएको छ ।

पाठ्यक्रममा विवाद उत्पन्न हुनुको अर्को कारण गणित विषय हटाउनु पनि हो । ‘कोरोना कहरका कारण यस वर्ष कक्षा ११ को पठनपाठन असोजदेखि मात्र सुरु भएको हो,’ त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले भने, ‘सरकारले विज्ञानबाट गणित विषय हटाएपछि विवाद उत्पन्न भएको हो । जसका कारण कक्षा सञ्चालनको चार महिना हुँदा समेत नयाँ वा पुरानो कुन पाठ्यक्रमअनुसार विषयवस्तु पढाउने भन्ने अन्योल छ ।

नयाँ र पुरानो पाठ्यक्रमको विषयवस्तु पनि निकै फरक छन् । खै कसरी पढाउने ? विद्यार्थी र शिक्षक दुवै अन्योलमा छन् ।’ एक त कोरोना संक्रमणको उच्च जोखिम, त्यसमाथि समयमै पढाइ थाल्ने वातावरण नहुनु, फेरि नयाँ वा पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने अन्योल हुँदा आधा शैक्षिक सत्र बित्नै लागिसकेकाले अब सरकारले छिटै निकास दिनुपर्ने शिक्षकहरूको माग छ ।

विज्ञान समूहबाट अनिवार्य गणित हटाएर ऐच्छिक बनाएर नयाँ पाठ्यक्रम तयार पारिएकाले विरोधमा गणित शिक्षकहरू उत्रेकाले पनि समस्या खडा भएको प्रधानाध्यापक कँडेलको भनाइ छ । ‘पुरानो पाठ्यक्रमअनुसार कक्षा ११ मा विज्ञानका सबै विद्यार्थीले गणित पढ्न पाउँथे तर नयाँअनुसार कक्षा ११ बाटै गणित हटाएर विज्ञानलाई अपुरो बनाउने काम भयो,’ उनले भने, ‘जीवनोपयोगी तथा सामाजिक शिक्षामा व्यावहारिक, प्रयोगात्मक तथा समसामयिक विषयवस्तु समेटिएको भए पनि गणितबिनाको विज्ञान अपुरो नै हुन्छ । त्यही भएर सरकारले निर्णय सच्याएर समस्याको समाधान गर्नुपर्छ ।’

नेपाल गणित समाजका सहसचिव डा. जीवन काफ्लेले नयाँ र पुरानो पाठ्यक्रमबीच धेरै भिन्नता रहेको बताए । उनले जीव विज्ञानका विद्यार्थीका लागि गणित विषय बन्देज गरी बनाइएको नयाँ पाठ्यक्रमले विज्ञानमा कमजोर जनशक्ति उत्पादन गर्ने औंल्याए । यस्ता जनशक्ति विश्वबजारमै बिक्न चुनौती थपिने उनको तर्क छ । कक्षा ११ बाटै विज्ञानका विद्यार्थीले गणित पढ्न नपाउने व्यवस्थाले ती उत्पादित जनशक्तिमा अनुसन्धान र विश्लेषण गर्ने क्षमतामै कमी आउने उनको ठहर छ ।

नेपाल गणित समाजले शिक्षा मन्त्रालय, पाठ्यक्रम, शिक्षामन्त्री र विभिन्न दलका शीर्ष नेताहरूलाई पटकपटक भेटेर विषयवस्तुबारे अवगत गराउँदै आए पनि सरकारले शिक्षाको नतिजा विदेशी दातृ निकायलाई राम्रो देखाउन गणित हटाएर नयाँ पाठ्यक्रम तयार पारेको आरोप काफ्लेको छ ।

पुरानो पाठ्यक्रम ५ सय पूर्णांकको थियो भने नयाँ पाठ्यक्रम ६ सय पूर्णांकको छ । ‘विषय ५ बाट ६ बढाइयो तर विद्यार्थीलाई रोजाइको बाटो संकुचित गरियो । यसले कक्षा ११ मा अध्ययनरत ३ लाख विद्यार्थीको भविष्य अन्योलमा परेको छ,’ उनले भने, ‘नयाँ पाठ्यक्रममा सरकारले अनिवार्य विषय जीवनोपयोगी तथा सामाजिक शिक्षारगणित राख्ने व्यवस्था गरे समस्या समाधान हुन्छ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies