Khabar Dabali Logo
  January 24, Sun

प्रचण्ड–माधव पक्षलाई आगामी निर्वाचनमा १० सिट जितेर देखाउन ओलीको चुनौती

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव पक्षलाई आगामी निर्वाचनमा १० सिट जितेर देखाउन चुनौती दिएका छन् । उनले प्रचण्ड–माधव पक्षलाई भगौडाको संज्ञा दिँदै आउने निर्वाचनमा १० सिट जितेर देखाउन चुनौती दिएका हुन् ।

शुक्रबार कैलालीको धनगढीमा आफु पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड माधव अहिले सडकमा गाली गलोजमा उत्रिएको आरोप समेत लगाए ।‘ पार्टी कमिटीको बैठकमा नआएर, सडककमा गएर, गाली गलोज गरेर, प्रचण्ड माधव पक्षका नेता कार्यकर्ता भनिएका मान्छेहरु हामीलाई गाली गलोज गरिरहेका छन् । तर हामीलाई गाली गलोज गर्ने फुर्सद छैन । हामीलाई देश बनाउनुछ, उद्योगहरु स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने हाम्रो उदेश्य छ’ ओलीको भनाई छ ।

उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भएको स्पष्ट पारे।

‘सुगौली सन्धीपछि पनि हामीले लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूमि भोगचलन गरेका हौं। ५८ वर्षदेखिे प्रयोग गर्न पाएका छैनौं। त्यसलाई संविधानमा समेटेका छौं,’ उनले भने।

उक्त भूमि सामेल गरेर नक्सा प्रकाशन गरिएको उनले बताए।

‘उक्त भूमि समावेश गरी नक्सा छापियो अनि यही प्रदेशका केहीलाई टाउको दुख्यो र अहिलेको यो असहज स्थिति सिर्जना भयो,’ उनले भने।

पुस २४ गते, २०७७ - १६:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुख्यमन्त्री शेरधन राईले कसे लगनगाँठो, बेहुलामा यस्तो देखिए

मुख्यमन्त्री शेरधन राईले कसे लगनगाँठो, बेहुलामा यस्तो देखिए

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह वन्धनमा बाँधिएका छन् । ४९ वर्षियमन्त्री...   

भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड ६ लाख ५४ हजार भन्दा बढी

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड छ लाख ५४ हजारभन्दा बढी पुगेको...   

चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

चिन । चीनमा कोरोना भाइरसका नयाँ संक्रमतिहरु भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका...   

सुदूरपश्चिमको नौ वटै जिल्लामा १६ हजार मात्रा खोप आउँदै

सुदूरपश्चिम । सुदूरपश्चिम सरकारले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो...   

कोरोनाका कारण विदेशमा एक हप्तामा थप नौ जनाको निधन, दुई हजार सङ्क्रमित

काठमाडौं । कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप नौ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका...   

पोखरा होटल एण्ड लजमा बसेका देवर–भाउजूको मृत्यु

बैतडी । घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित...   

स्वस्थानी व्रतकथा बिहीबारदेखि : यसवर्ष मेलामा नयाँ नियम

काठमाडौं । पौष शुक्ल पूर्णिमाका दिन (यही माघ १५गते) हिन्दू धर्मावलम्बीले स्वस्थानी व्रतकथा तथा माधवनारायणको...   

प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै इजलासमा प्रश्न, प्रधानन्यायाधीशले भने– बजारका कुरामा नजानुस्

काठमाडौँ । प्रतिनिधिसभा विघटनबारे सुनुवाइ जारी रहेको संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा...   

यसबर्ष हिउँ नपरेपछि चिन्तामा किसान

मनाङ । यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यस वर्ष हिउँ नपर्दा...   

उखु किसानलाई १७ करोड तीर्न बाँकी राखेका अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्क विहीन

सर्लाही । धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन भएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top