Khabar Dabali Logo
  January 28, Thu

चुनावपछि मुलुक अग्रगमनको बाटोमा अघि बढ्ने नेकपाको विश्वास, आजको राष्ट्रियसभामा कसले के भने ?

प्रतिनिधिसभा विघटन गर्ने निर्णय सच्याउन आवश्यक छः कांग्रेस
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद देवेन्द्र दाहालले जनताका बीचमा जाने सरकारको कदमविरुद्ध अनावश्यक सडक आन्दोलन गर्दा कोरानाको सङ्क्रमण फैलन सक्नेतर्फ सचेत रहन आग्रह गरेका छन्।राष्ट्रियसभाको आजको बैकठमा उनले भने, “आफ्नै नेताहरुको मानमर्दन गर्ने ढङ्गबाट गालीगलोजमा उत्रिँदै सडकमा अनेक रुप देखिएको छ, यसले सत्तापक्ष र प्रतिपक्ष को भन्ने नै अन्योल भएकोे छ, निर्वाचनमार्फत अनुमोदित हुन राजनीतिक दलका नेताले किन खुट्टा कमाइरहनुभएको छ ।”

नयाँ निर्वाचनमा जाने विषय कसरी प्रतिगमन हो भनी प्रश्न गर्दै सदस्य दाहालले भन्नुभयो, “निर्वाचन जनतालाई आफ्नो पक्षमा ल्याउने अवसर होइन र ? प्रतिनिधिसभा विघटन गर्न पाउने कि नपाउने भन्ने अदालतको विषय हो । अदालतमा प्रवेश गरिसकेपछि उसको निर्णय हामी सबैले पर्खनुपर्छ, चुनावपछि मुलुक अग्रगमनको बाटोमा अघि बढ्छ । चुनावको विकल्प नभएकाले निर्वाचनले गर्ने फैसलालाई आत्मसात् गरौँ ।”

सोही दलका जगप्रसाद शर्माले संसद् विघटन र निर्वाचनमा जाने निर्णयलाई तर्कभन्दा तथ्यमा आधारित भएर हेरिनुपर्छ भने । उनले भने, “सरकारको तीन वर्षको कार्यकाललाई आधार बनाएर हेर्दा काम गर्न कहीँकतैबाट बाधा अड्चन भएको देखिन्न, कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटिएको नक्शामा प्रकाशन गर्ने विषयमा अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन भएको विषयलाई हामीले बिर्सनु हुन्न, यसलाई उदाहरणका रुपमा लिनुपर्दछ ।”

नेकपाकै दिलकुमारी रावलले शक्तिपृथकीकरणको मान्यतानुरुप अघि बढिरहेको सरकारलाई रोक्ने, छेक्ने मात्र नभई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्रीलाई आरोपत्रमार्फत पार्टीभित्रबाटै खेद्ने काम भएको बताइन् । उनले भनिन्, “सरकारले जलमार्ग, हवाईमार्ग, सुरुङमार्ग र सडकमार्गका काम अघि बढाउँदा पनि प्रधानमन्त्रीविरुद्ध अनेकौँ षड्यन्त्र र विभिन्न कोणबाट काम गर्न नदिइएको छ्याङ्ग छ । लोकतन्त्रमा सबैभन्दा शक्तिमान जनता हुन् भन्ने पक्षलाई सबै राजनीतिक दलले हेक्का राख्न आवश्यक छ । प्रतिनिधिसभा पुनःस्थापनाका साटो निर्वाचनमा गएर परीक्षण गर्न सक्नुपर्छ ।”

सोही दलकी कोमल वलीले प्रतिनिधिसभा विघटन गरी जनतामा जान्छु भनेर निर्वाचनको मिति घोषणा गर्दा सरकार अधिनायकवादी दिशामा अगाडि बढ्यो भन्नु तर्कसङ्गत नभएको बताइन् । सरकारले जनताका पक्षमा काम गर्दागर्दै पनि पार्टीभित्रैबाट सरकारलाई असहयोग गरिएको बताइन् । नेकपाकै भगवती न्यौपानेले संविधानको व्याख्या सर्वोच्च अदालतले गर्ने र उसको फैसला सबैले स्वीकार गर्नुपर्ने बताइन् । जनताका पक्षमा काम गर्दागर्दै पनि प्रधानमन्त्रीलाई अपदस्थ गर्न पार्टीभित्रैबाट गम्भीर खेल खेलिएकाले प्रधानमन्त्रीले प्रतिनिधिसभाको विघटन गर्नुपरेको उनले प्रष्ट्याइन्।

सोही दलकी विमला घिमिरेले जसले लोकतन्त्र र गणतन्त्रका लागि जीवन अर्पण ग¥यो उसैलाई संविधान विरोधी र प्रतिगामी भन्ने आरोप किमार्थ मान्य हुँदैन भनिन् । उनले भनिन्, “पार्टीभित्रका एउटा गुट प्रतिपक्षीजस्तो देखिने र प्रतिपक्षले चुनाव हुन्न भनेर सडक आन्दोलन गर्ने प्रवृत्ति अन्त्य गरी सबै राजनीतिक दललाई निर्वाचनमा भाग लिन आह्वान गर्दछु ।”

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता रमेशजङ्ग रायमाझीले सरकार निर्वाचन गर्ने नाममा संविधानविपरीतको कदमतर्फ उद्दत भएको आरोप लगाए । उनले भने, “प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय सच्याउन आवश्यक छ । भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ । सरकारले नयाँ शिक्षा ऐन नल्याउँदा लाखौँ विद्यार्थी अन्योलमा छन् । सङ्घीयताअनुरुपको शिक्षा ऐन ल्याइयोस् ।”

जनता समाजवादी पार्टीका शेखरकुमार सिंहले आफ्नो पार्टीले घोषणा भएदेखि नै संविधान संशोधनका लागि माग गर्दै आएको जनाए । पूर्वाधार निर्माणका काम सरकारले तीव्रगतिमा अघि बढाउन नसकेको आरोप लगाउँदै उनले भने, “रेलमार्ग छिटो सञ्चालनमा ल्याओस्, युरोप उडानमा लागेको कालोसूची हटाउने काम होस्, धेरै पुरानो सप्तरीको विमानस्थललाई सञ्चालनमा ल्याउन प्रभावकारी प्रयास होस् ।”

पुस २४ गते, २०७७ - १६:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई बोलायो

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई बोलायो

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई वटै समूहलाई छलफलमा बोलाएको छ। आयोगले...   

प्रधानमन्त्री भनेर छोड्न हुन्न, उहाँलाई स–शरीर उपस्थित गराएर कारबाही गर्नुपर्छ : कानुन व्यवसायी

काठमाडौँ । कानुन व्यवसायीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवहेलना मुद्दामा अदालतमा उपस्थित...   

बरिष्ठ अधिवक्ता घिमिरे भने-प्रधानमन्त्रीको लिखित जवाफ देखेर अन्जु पन्तको गीत याद आयो

काठमाडौं । सर्वोच्च अदालतमा बिहीबार संवैधानिक इजलासमा बहस गर्दै बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले...   

ओली जुन तरिकाले आउँछन्, हामीहरू त्यही ढंगले अघि बढ्छौं : प्रचण्ड-नेपाल समुह

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली जुन...   

सुनको मूल्य घट्यो, तोलाको कतिमा झर्याे ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा झिनो गिरावट देखिएको छ । मङ्गलबारका तुलनामा बुधबार तोलामा...   

सामसुङको सञ्चालन नाफा दुई अंकले वृद्धि

सियोल । दक्षिण कोरियाको प्रविधि क्षेत्रको विशाल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको गत वर्ष सन् २०२०...   
स्वस्थानी व्रतकथा मेला आजदेखि शुरु

स्वस्थानी व्रतकथा मेला आजदेखि शुरु

काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा...   

देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द हुँदा अर्बौं रकम गुम्यो

काठमाडौं । कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर...   

आज पहिलो दिन नौ हजार बढीले लगाए कोरोना खोप

काठमाडौं । कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ आज देशभरि नौ हजारभन्दा बढीले लगाएका छन्। स्वास्थ्य...   

नेता–कार्यकर्तालाई ओलीले भने: बेहाल हुनबाट जोगिन छ भने पार्टीको मूलधारमा फर्कनुस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top