Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कोरोना सङ्क्रमण कम भएसंँगै जनजीवन सामान्यतर्फ

भजनी । पछिल्लो समय कोरोना सङ्क्रमण कम भएसँगै जनजीवन सामान्य बन्दै गएको छ । कैलालीको टीकापुरका नवराज बाब्ली पहिले काममा जान धेरै डराउथ्य । कामबाट फर्किएपछि घरका सदस्य त्रासमा हुने गरेको र अहिले अवस्था सामान्य बन्दै गएको उनले जनाए ।

“बजार निस्कियो कि मनमा धेरै डर हुन्थ्यो । घर पुग्दा अन्य सदस्यलाई कोरोना हुन्छ कि भन्ने त्रास मनमा सधैँ भइरहे पनि अहिले अवस्था सामान्य बनेको छ”, नवराजले भने, “स्वास्थ्य मापदण्ड अपनाउन सके कोरोनाबाट बच्न सकिँदोरहेछ । म जतिसँग घुलमिल भए पनि सुरक्षित हुन सफल भएको छु ।”

अवस्था सामान्य बन्दै गएपछि पछिल्लो समय स्थानीय तहले निर्माण गरेका आइसोलेशन वार्ड खाली भएका छन् । नागरिकमा कोरोनाप्रतिको त्रास घट्दै जानु, परीक्षणको दायरा कम हुनु र सङ्क्रमित भएका पनि घरमै बस्न थालेपछि आइसोलेशन वार्ड खाली हुँदै गएका हुन् । सरकारले स्थानीय तहमा कोरोना अस्थायी अस्पताल निर्माणका लागि बजेट खर्च गरेको भए पनि अस्थायी अस्पतालमा सन्नाटा देखिएको छ । टीकापुर नगरपालिकाको सिटीहललाई पाँच वटा स्थानीय तहले मिलेर आइसोलेशन वार्डका रुपमा विकास गरेका थिए । हाल नगरपालिकाले त्यही सिटीहललाई अस्थायी कोरोना अस्पतालका रुपमा विकास गरेको छ । अस्थायी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कार्यालय सहयोगी रहेका छन् ।

हालसम्म नगरपालिकामा ४६२ मा कोरोना सङ्क्रमण पुष्टि भएकामा अहिले नगरपालिकामा तीन जना सक्रिय सङ्क्रमित रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए । उनका अनुसार कोरोना सङ्क्रमणका कारण नगरपालिकामा पाँच जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य शाखा प्रमुख रावलले पछिल्लो समय कोरोना परीक्षणको दायरा घटाएको बताउँदै एन्टिजेन्ट टेष्टको प्रक्रिया शुरु गरेको बताएका छन् ।

“पिसिआर परीक्षण गर्दा धेरै समय लाग्ने र खर्च धेरै लाग्ने भएको हुँदा हामीले एन्टिजेन्ट टेष्टको तयारी गरेका छौँ”, स्वास्थ्य शाखा प्रमुख रावलले भने, “एन्टिजेन्ट टेष्टले आधा घण्टामै नतिजा दिन्छ । यसबाट छिटो नतिजा पाइने भन्दै सरकारले नै पिसिआरभन्दा एन्टिजेन्ट टेष्ट प्राथमिकतामा राखेको छ ।”

जानकी गाउँपालिकाले निर्माण गरेको कोरोना अस्थायी अस्पताल पनि खाली नै छ । पुरानो मःम सेन्टर रहेको भवनमा निर्माण गरिएको कोरोना अस्थायी अस्पतालमा गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी नै खटिने गरेका छन् । कोरोना अस्थायी अस्पताल निर्माण गरिसकेको जानकी गाउँपालिकाले अस्पतालका लागि चाहिने आवश्यक जनशक्ति व्यवस्थापनका लागि भने अझै सूचना सार्वजनिक गर्न सकेको छैन । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले अस्थायी अस्पतालका लागि आवश्यक जनशक्ति मागका लागि कार्यपालिकाबाट निर्णय भइसकेको बताउँदै केही दिनमै सूचना सार्वजनिक गरिने बताए । “हामी केही ढिलो भएका छौँ । आन्तरिक व्यवस्थापनका कारण कर्मचारी नियुक्तिमा ढिलाइ भएको हो”, स्वास्थ्य शाखा प्रमुख चौधरीले भन्नुभयो, “अब केही दिनमै सूचना जारी गरी कर्मचारी नियुक्तिको प्रक्रिया शुरु गर्छौं ।”

जानकी गाउँपालिकामा हालसम्म १३३ जनाका कोरोना सङ्क्रमण पुष्टि भएको छ । पुस १२ गते भन्दापछि गाउँपालिकामा कुनै सङ्क्रमित भेटिएको छैन । गाउँपालिकाले प्रत्येक शुक्रबार सम्भावित जोखिममा रहेकाको पिसिआर गर्दै आएको प्रमुख चौधरीले बताए । भजनी नगरपालिकामा पनि अहिले कोरोना सङ्क्रमितको दर शून्यमा झरेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कीर्तिसिंह विकले पछिल्लो केही दिनयता सङ्क्रमित नभेटिएको बताउँदै भजनी प्राथमिक स्वास्थ्य केन्द्रसँगै जोडिएको अर्को भवनमा कोरोना अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies