Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

भैँसेगौंडामा भेटिए ११५ प्रजातिका चरा

गण्डकी । मिलेनियम ट्रेक (सहस्राब्दी पदमार्ग) अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका–२ भैँसेगौंडामा ११५ प्रजातिका चरा भेटिएका छन् । तनहुँको दुलेगौंडा हुँदै स्याङ्जाको रामबाछा जोडिने सो पदमार्गमा ११५ प्रजातिका चरा फेला परेको प्रकृतिका साथीहरू संस्थाको आयोजनामा हालै सम्पन्न अध्ययन अनुसन्धानका क्रममा भेटिएको हो ।

चराको अध्ययन अनुसन्धान गर्न आयोजित १९ दिने वन्यजन्तु अनुसन्धान विधि तालीममा देशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने १३ जना सहभागीले प्रत्यक्षरुपमा चरा, पुतली आदिको अध्ययन एवं अवलोकन गरेका थिए । “तालीमका क्रममा सहभागीले जङ्गलमा रहेका चरा, पुतली एवं स्तनधारी प्राणीको पहिचान, तिनको अनुसन्धान विधि आदिबारे जानकारी प्राप्त गरेका छन्”, प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यले भने, “सहभागीलाई चरा, पुतली एवं स्तनधारी प्राणी सम्बन्धमा जानकार विषय विज्ञबाट पनि अध्यापन गराएको थियो ।”

कोरोना महामारीलाई दृष्टिगत गर्दै संस्थाले तालीमपूर्व सहभागीको पिसिआर परीक्षण गरेको थियो भने तालीम अवधिमा स्वास्थ्य सुरक्षा मापदण्डलाई कार्यान्वयन गरिएको थियो । संस्थाका तर्फबाट नौ वर्षदेखि तालीम आयोजना गर्दै आएको जानकारी दिँदै आचार्यले यसअघि पर्वतको चित्रे र नवलपरासीमा तालीम सम्पन्न भइसकेको बताए ।

अघिल्लो वर्ष भैँसेगौंडामा गरिएको लाटोकोसेरो महोत्सवले यस स्थानको गरिमा र महत्वलाई बढाएको बताउने मिलेनियम भैँसेगौंडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङ वन्यजन्तु अनुसन्धान तालीमले यहाँको पर्या–पर्यटनको विकासमा अझै योगदान पुर्याएको बताए । “भैसेगौंडा मात्र नभई समग्र सहस्राब्दी पदमार्गमा चरा पर्यटनका धेरै सम्भावना रहेको कुरा पुष्टि भइसकेको छ”, उनले भने, “चरा पर्यटनको सम्भावनालाई उजागर गर्न पोखरा पक्षी समाजसँगको सहकार्यमा चरा गणना कामलाई पनि जारी राखिएको छ ।”

पदमार्ग क्षेत्रमा गरिएको हालसम्मको अध्ययनबाट १३७ प्रजातिका चरा पाइएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए । सहस्राब्दी पदमार्गमा ५२ किलोमिटर वन क्षेत्र रहेको छ । यहाँ नेपालमा मात्रै पाइने चरा काँडेभ्याकुर पदयात्रा मार्गका विभिन्न स्थानमा पर्याप्त सङ्ख्यामा देख्न सकिन्छ ।

पदमार्ग क्षेत्रमा संरक्षणको सूचीमा रहेको लुँइचे, मांसाहारी प्रजातिका चरा पदमार्ग क्षेत्रमा भेटिएका छन् । सुन गिद्ध, डङ्गर गिद्ध, सेतो गिद्धलगायत गिद्धका साथै कोला चित्रा, आसकोटे बकुल्ला, वस्तु बकुल्ला, पौरी वाज, बौडाइ, कालो चिल, काकाकुल, बनवाज, मोरङ्गी चिल, सिम कुखुरा, मलेवा, तामे ढुकुर, कुर्ले ढुकुर, पहाडी हलसो, चित्रकुट, कण्टे सुगा, मधुवा, ढोडे गोकुल, हरित मालकौवा, बिउकुहियो, लेकाली उलुक, कटुसटाउेक मुरलीचरा, कुथुर्के, काष्ठकुट, सुनजुरे काठफोर, लटुुशक विरहीचरी, सानो तामे लाहाँचे, आली चुइयाँ, कोटेरो मुनियाँ, पिराजा बुङ्गेचरालगायतका प्रजातिका चरा भेटिएका छन् ।

भैँसेगौंडामा मात्रै ११५ प्रजातिका चरा पाइनुले यहाँको पर्यटकीय विकासमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । भैँसेगौंडा नजिकै रहेको राङभाङ (ओढार)लाई पनि पर्यटनसँग जोड्ने लक्ष्यका साथ स्थानीयवासी लागेका छन् । कुनै समय भूतेभ्वाङका रुपमा परिचित स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं ३ स्थित रहस्यमय भ्वाङलाई स्थानीयवासीले राङ्भाङ भन्दै आएका छन् ।

सयौँ वर्ष पुरानो अनुमान गरिने भ्वाङलाई साहसिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्न स्थानीय राङ्भाङ युवा क्लबले सक्रियता देखाएको छ । क्लबका अध्यक्ष बालकुमार गुरुङका अनुसार बूढापाकाले तत्कालीन समयमा ‘त्यस ठाउँमा भूत बस्छ भन्दै’ बालबालिकालाई जान रोक्दथे । भ्वाङको संरक्षण र प्रवद्र्धनमा पहल शुरुआत गरिएको उनले जानकारी दिए । केही युवाले डोरीको सहायताले भ्वाङमा प्रवेश गरी विसं २०७० मा अध्ययनको प्रयास गरेका थिए ।

अघिल्लो वर्ष क्लबका अध्यक्ष गुरुङसहितको टोलीले गुफामा डोरीका सहायताबाट पसेर त्यहाँको स्थलगत अवलोकनसमेत गरेको छ । गुफाभित्र वर्षांैदेखि फोहोर फालिएको पाइएको बताउँदै गुरुङले यसको सरसफाइ गरी आगामी दिनमा पर्यटकीय स्थलरुपमा उपयोग गरिने बताए ।

अहिले भ्वाङलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने सोचका साथ राङ्भाङ स्थायी बसोवास भई हाल हङ्कङमा पेशा तथा व्यवसाय गर्दै आएकाको आर्थिक सहयोगमा तारबार गरिसकिएको छ । चरा पर्यटनसँगै यहाँको साहसिक पर्यटनको सम्भावना बोकेको गुफा आदिलाई समेट्दै यहाँ आउने पर्यटकका लागि मिलेनियम भैँसेगौडा सामुदायिक होमस्टमा खान र बस्न सक्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies