Khabar Dabali Logo
  January 18, Mon

अमेरिकी संसदमा ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका एक प्रहरीको मृत्यु

वासिङ्टन । अमेरिकी संसद भवनभित्र बुधबार प्रवेश गरेका ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका एक प्रहरीको मृत्यु भएको छ ।

बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटपूर्ण भाषणपछि आक्रोशित समर्थकहरुले अमेरिकी संसदभित्र प्रवेश गरेर व्यापक तोडफोड गरेका थिए ।

प्रहरी कारबाहीमा प्रदर्शनकारीतर्फ एक महिला सहित चार जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार एक जना संसद भवनभित्र र अरु तीन जना संसद भवनको बाहिर मृत्यु भएको थियो ।

क्यापिटोल प्रहरीले एक वक्तव्य प्रकाशन गरी प्रहरी अधिकृत ब्रायन सिकनिकको बिहीबार राति ज्यान गएको जनाएको छ । भिड नियन्त्रणमा खटिएका बेला घाइते भएका ब्रायनलाई तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिए पनि बचाउन नसकिएको भन्दै क्यापिटोल प्रहरीले दुःख व्यक्त गरेको छ ।

पुस २४ गते, २०७७ - १४:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुडान झडपमा ८० भन्दा बढीको मृत्यु

सुडान । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...   

बेलकामा व्यावसायिक प्याराग्लाइडिङ शुरु हुँदै

उदउपुर । उदयपुरको बेलका नगरपालिकामा गत वैशाख देखिनै शुरु गर्ने भनिएको व्यावसायिक प्याराग्लाइडिङ...   
कृषि तथा वन विज्ञान विश्वविद्यालय: राजनीतिक भागबण्डाले अस्तव्यस्त

कृषि तथा वन विज्ञान विश्वविद्यालय: राजनीतिक भागबण्डाले अस्तव्यस्त

चितवन । राजनीतिक दल निकटका प्राज्ञिक समूहको पदको होडबाजीका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालय...   

हुम्लाका लागि सहुलियत दरमा हवाई उडान शुरु

हुम्ला । सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै निजी क्षेत्रका एयरलाइन्सले...   

दमकमा एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको निधन

झापा । झापाको दमकमा आज बिहान एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार...   

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सेनाको वर्चश्व

लहान । सिरहाको गोलबजार नगरपालिकामा सञ्चालित १०औँ पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन...   

नागरिकस्तरको सङ्कलित सहयोगबाट टीकापुर अस्पताललाई शव वाहन हस्तान्तरण

भजनी । नागरिकस्तरबाट सङ्कलित सहयोगबाट कैलालीको टीकापुर अस्पताललाई शव वाहन हस्तान्तरण गरिएको छ ।...   

सिमकोटमा बालविवाह रोक्न धामीझाँक्रीलाई प्रशिक्षण

सिमकोट । सिमकोट गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागी पूजारी र धामीझाँक्रीसँग प्रशिक्षण सम्पन्न...   

हनुमाननगरमा आगलागीबाट चार घर जलेर नष्ट, करिव २० लाख भन्दा बढीको क्षति

सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सकरदही टोलमा आगलागी हुँदा चार घर जलेर नष्ट...   

दूषित पानी भेटेपछि नेपा मिनेरल वाटर प्रालि विरुद्ध अदालतमा मुद्दा दायर

गण्डकी । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराले नेपा मिनेरल वाटर प्रालिले वितरण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top