Khabar Dabali Logo
  January 23, Sat

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चरा गणना आइतबारदेखि

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आइतबारबाट चरा गणना थालिने भएको छ ।

नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारीखबाट चरा गणना थालिए पनि यहाँ १० तारिखबाट मात्र चरा गणना गर्न लागिएको हो ।

मौसम खराब भएपछि मध्ये जनवरीलाई छुने गरी गणना शुरु गर्न लागिएको हो । गणनाको नेतृत्व गरेको वर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत विभिन्न ठाउँमा चरा गणना गरिने छ ।

चरा रहेका क्षेत्रलाई विभिन्न भागमा बाँडेर गणना गरिँदै छ । कसरादेखि लोथरसम्म एउटा क्षेत्र हुनेछ । लोथरदेखि जिन्दगानी घाटसम्म, जिन्दगानी घाटदेखि सौराहासम्म र सौराहादेखि कसरा पुलसम्म तीन भाग बनाएर डुङ्गाबाट गणना गरिने छ । निकुञ्जभित्रको लामिताल, तमोरताल, गरुढताल, बिसहजारी तालमा गणना गरिँदै छ । बिसहजारी तालभित्रका बाटुली पोखरी, टिकौली ताल, कुमाल ताल र राइनो तालमा गणना गरिने उहाँले जानकारी दिनुभयो ।

बूढी राप्ती, ढुङ्ग्रे खोला, भण्डाको मत्स्यपालन केन्द्रमा पनि गणना गरिने छ । नारायणी नदीतर्फ सिर्खौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक नहरसम्म पनि चरा गणना हुने सङ्घले जनाएको छ । यस वर्ष पहिलोपटक विस्तृतरुपमा रिउ खोलामा पनि चरा गणना गरिँदै छ । जिल्लाका नौ जना चरा गणकको नेतृत्वमा तीन वटा समूह बनाएर गणना गरिँदै छ । पचासभन्दा बढी गणक सहभागी हुने बिडारीको भनाइ छ ।

छ दिनभित्र गणना सम्पन्न गर्ने गरी तयारी गरिएको छ । गतसाल जिल्लामा ६४१ प्रजातिका चरा फेला परेका थिए । तीमध्ये ५७ जल प्रजातिका थिए । देशभरमा यो सङ्ख्या ८८७ रहेको छ । चरा गणनाका लागि सौराहा क्षेत्रका विभिन्न सङ्घ संस्थासँग सहयोग जुटाइएको छ । उहाँका अनुसार रु एक लाख ८० हजार हाराहारी गणनामा खर्च गरिँदै छ । डुङ्गा, जीप र खानपानमा खर्च हुने गर्दछ ।

यो समय टाढा टाढाबाट जाडो छल्न यहाँ चरा आउने गर्दछन् । बिडारीका अनुसार साइबेरीया, अष्ट्रेलियालगायतका देश र ठाउँबाट उत्तरी सीमा हुँदै नेपालमा चरा आउने गर्दछन् । गर्मी लागेसँगै ती चरा फर्कने गर्दछन् । जाडोमा आउने चरा हाँस प्रजातीका हुने बिडारीको भनाइ छ । ती चरा पानीमा आश्रित हुने गर्दछन् । हिउँका कारण खान नपाएपछि चरा आउने गर्दछन् । सगरमाथा माथिबाट उडेर खोया हाँस आउने गर्दछ ।

गणना कार्यमा क्यामेरा, वाइनोकुलर र टेलिस्कोपलगायतका उपकरण प्रयोग गरिन्छ । नेपालमा मात्रै नभएर एशिया क्षेत्रमा नै यही समयमा चरा गणना हुन्छ । फोटो ग्राफरको पनि गणनामा सहभागिता हुने छ । चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गण्ना गरिन्छ ।

पुस २४ गते, २०७७ - १३:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनताका घरदैलामा जान थापाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संवैधानिक...   

प्रचण्ड–माधव समूहको नेकपा स्थायी कमिटीको बैठक आइतबार बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक आइतबार बस्ने...   

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायो

काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम...   

मलेशियाबाट १८ जना नेपालीको शव ल्याइयो

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइड बडी ए३३० जहाजले मलेशियाबाट...   

रेलमार्गमा टिकटक बनाउँदा एक युवाको मृत्यु

इस्लामबाद । पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जानकारी दिएको...   

राष्ट्रपति बाइडेनका चुनौती, तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बुधबार अर्थात् जनवरी २० मा अमेरिकाको ४६औं राष्ट्रपतिका...   

कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै

काठमाडौं । सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट...   

आजदेखि कोरोना खोप सातवटै प्रदेशमा पठाइँदै

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले...   

कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा...   

भारतमा कोरोनाको कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो

नयाँ दिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १५२ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top