Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

२०२१ को नापी अनुसारकै बहाव क्षेत्रमा फर्काइयो वाग्मती

काठमाडौं । ‘बाह्र वर्षमा खोलो फर्कन्छ’ भन्ने उखानलाई गलत सावित गर्दै ५० वर्षपछि वाग्मती नदीको मुहानस्थलको करीब सात किलोमिटर भागलाई वि।सं। २०२१ को नापी अनुसारकै बहाव क्षेत्रमा फर्काइएको छ ।

सुन्दरीजलबाट गोकर्णसम्मको करीब सात किलोमिटर नदीलाई नापीअनुसारको बहाव क्षेत्रमा फर्काउँदा सयौँ मानिसले वर्षौंदेखि हराएको जमीन पाएका छन् । पचास वर्षपछि नदी पुरानै धारमा फर्काइँदा स्थानीयवासीले एक हजार १०० रोपनी जग्गा पाएको यसको नेतृत्व गरेका अभियानकर्मी केशवप्रसाद पुडासैनी बताउँछन् ।

वाग्मतीलाई पुरानै धारमा फर्काउने अभियानको नेतृत्व गर्दा एक महिना तीन दिनसम्म असहमत पक्षले धम्की दिएको उनी बताउँछन् । ‘जग्गा पुरानो धारमा फर्काउन ३३ दिन लागेको समयमा म ३१ रातसम्म त आफन्तकहाँ गएर बसेँ, एक दिन नगरकोट र एक दिन बाह्रबिसे बसेर काम सक्ने समय गुजारेँ,’ नदीको जग्गामा कमाइ खाएकाको धम्की सहनु पर्दाको पीडा सुनाउँदै पुडासैनीले भने ।

वाग्मतीलाई पुरानै धारमा फर्काउन २०६६ पुस १९ गते सम्झौता भएको थियो । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका तत्कालीन अध्यक्ष महेशबहादुर बस्नेत र नेपाली सेनाको विकास निर्माण तथा स्थपति महानिर्देशनालयका तत्कालीन प्रमुख उपरथी नरेशबहादुर बस्नेतबीच सम्झौता भई मुहान क्षेत्रको वाग्मतीलाई २०२१ सालमा भएको नापीको बहाव क्षेत्रमा फर्काउने अभियान शुरु भएको हो ।

सम्झौतापछि स्थानीय राजनीतिक दलका नेता कार्यकर्तासँग समेत २०६६ चैत ६ गते सहमति गरी त्यसको भोलिपल्टदेखि काम शुरु गर्न लागिएको थियो । चैत ७ गते पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन भएपछि चैत ९ गतेदेखि मात्र काम शुरु भएको थियो । बहाव क्षेत्र परिवर्तन गर्दै हिँडेको नदीले वाग्मती फाँटका सात हजार रोपनी जग्गा खान्छ भन्ने किसानलाई डर थियो । पुरानो बहाव क्षेत्रमा फर्काएपछि किसानले गरिखाने ठाउँ जोगिएकामा खुसी व्यक्त गरेका छन् ।

स्थानीय शशीधर पुडासैनी वर्षौंदेखि कर तिरिरहेको जग्गा नदीमा परेकामा नदीको बहाव परिवर्तन गराएसँग प्राप्त भएको बताउँछन् । यसबाट परिवारमा खुशी छाएको उनले सुनाए । थुप्रै किसानले गुमेको जग्गा धार परिवर्तनसँगै पाएका छन् ।

वाग्मतीलाई पुरानो धारमा फर्काउने क्रममा यस क्षेत्रका नौ वटा सहायक नदीमा पुल हालिएको छ । दुई स्थानमा सवारी चल्ने पक्की पुल नै निर्माण भएको छ । ढकाल खहरे, मरुवा खहरे, बञ्चरे, मर्याङघाट खहरे, थलीबाट नयाँपाटी निस्कने स्थान, कोलमतेश्वर र उत्तरगया नजिकै पनि झोलुङ्गे पुल बनेका छन् ।

नामगेल–कोलमतेश्वर–थली र बीपी चोक–भद्रवास जोड्ने वाग्मती नदीमाथि भने सवारी चल्ने पक्की पुल निर्माण भएको छ । नदीलाई पुरानै बहाव क्षेत्रमा फर्काएपछि सडक विभागले दुई पक्की पुल निर्माण गरेको हो । पुल बनाउने कामको नेतृत्व पनि पुडासैनीले नै गरे ।

वि।सं। २०६५ को माघे सङ्क्रान्तिमा देवघाट दर्शनमा जाँदा त्यहाँ सुनेको प्रवचनको प्रभावमा वाग्मतीलाई पुरानै बहावमा फर्काउने सङ्कल्प गरेको उनी सुनाउँछन् । देवघाट यात्राका क्रममा डा। रामानन्द गिरी, आत्मानन्द गिरी र ज्ञानानन्द गिरीको प्रवचनको प्रभावले एक हजार १०० रोपनी नदीमा परेको जग्गा किसानले पाएका छन् । नदी वाग्मतीमा परे पनि जग्गाधनीले कर भने स्थानीय सरकारलाई बुझाउँदै आएका थिए ।

गोकर्ण–सुन्दरीजल कोरिडोर निर्माणमा ढिलाइ

कागेश्वरी मनोहरा नगरपालिका–३ का सदस्य सुनकुमार नगरकोटी नदीलाई पुरानै बहाव क्षेत्रमा फर्काएको दशक पुगे पनि गोकर्णभन्दा माथिको क्षेत्रमा दायाँ(बायाँ कोरिडोर बन्न नसकेको बताउँछन् । एकातिर सामान्यरुपमा ट्रयाक खुले पनि कोरिडोरका लागि किसानले मुआब्जा माग गरेको उनले जानकारी दिए ।

गोकर्णेश्वर नगरपालिकाले भने गोकर्णभन्दा माथिको नदी किनारमा कोरिडोर खोल्न अतिरिक्त कर उठाउन थालेको छ । नदी किनारमा जोडिएका जग्गाका धनीसँग कोरिडोर निर्माणका बढी कर उठाउन थालिएको वडा नं २ का अध्यक्ष कृष्णबहादुर पण्डितले जानकारी दिए । शहरी विकास मन्त्रालयले कोरिडोर बनाउने भनी पत्राचार गरेअनुसार नगरसभाले निर्णय गरी बढी कर उठाउन थालिएको जानकारी पनि उनले दिए ।

यस क्षेत्रको फाँटमा पनि बस्ती बढ्न थालेको छ । बस्ती बढ्न थालेसँगै कोरिडोर निर्माणको आवाज पनि उठ्न थालेको हो । यस क्षेत्रमा गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकाले संयुक्तरुपमा जग्गा एकीकरणसमेत गर्न लागेकाले कोरिडोर बन्ने निश्चित भएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies