


कोरोनाको कारण बन्द रहेको कुस्ती प्रशिक्षण दश महिनापछि पुनः शुरु हुँदै


-
-
पुस २४ गते, २०७७ - ११:२४

काठमाडौँ । बन्द भएको १० महिनापछि कुस्तीको प्रशिक्षण पुनः शुरु हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैतदेखि बन्द रहेको कुस्तीका राष्ट्रिय खेलाडीको प्रशिक्षण आगामी माघको पहिलो सातादेखि पुनः आरम्भ हुन लागेको हो ।
महामारीका कारण कुस्तीका खेलाडी अभ्यास गर्न नपाउँदा निश्क्रिय भएर बसेका छन् । कुस्ती खेलको गतिविधि बढाउन खेलाडीको प्रशिक्षण शुरु गर्न लागिएको नेपाल कुस्ती सङ्घका महासचिव विद्यासागर पोखरेलले जानकारी दिए । “कुस्तीमा सामाजिक दूरी कायम गर्न सहज नहुँदा अन्य खेलको भन्दा प्रशिक्षण ढिला शुरु हुन लागेको हो”, उनले भने ।
स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर नै खेलाडीलाई प्रशिक्षण दिइने पोखरेलले बताए । कुस्तीमा नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा महिलातर्फ एउटा मात्र स्वर्ण पदक जितेको थियो । नेपालका लागि सो पदक सङ्गीता धामीले जितेका हुन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सडक सञ्जालमा जोडिए दैलेख र कालीकोट
मान्म । दैलेखको भैरवी गाउँपालिका र कालीकोटको शुभकालिका गाउँपालिका सडक सञ्जालमा जोडिएका छन् । दैलेखको...पत्रकार महासङ्घका ६ पूर्वाध्यक्ष पुरस्कृत
दमौली । नेपाल पत्रकार महासङ्घ तनहुँका ६ पूर्वाध्यक्ष पुरस्कृत भएका छन् । शाखाको आज आयोजित बाह्रौँ...भारततर्फ बेच्न लगिरहेको सात वर्षीया बालिकाको उद्धार, दुई दलाल पक्राउ
जनकपुरधाम । ललाइफकाई भारततर्फ लगिरहेका अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट...छापावाला सुनको मुल्यमा वृद्धि, चाँदीको मूल्यमा भने सामान्य गिरावट
काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा रु...काभ्रेपलाञ्चोक मदन भण्डारी विश्वविद्यालयलाई निजी जग्गा अधिग्रहणको प्रक्रिया
काभ्रेपलाञ्चोक । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि काभ्रेपलाञ्चोकको पाँचखाल...प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप लगाइने
मोरङ । प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई...महिलालाई लोकसेवा पढाउँदै गाउँपालिका
कास्की । लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन यहाँको एक गाउँपालिकाले निःशुल्क तयारी...‘केटू’ हिमालको आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपालीलाई काठमाडौँमा भव्य स्वागत
काठमाडौँ । विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १०...करिब २५ किलो लागुऔषध गाँजासहित ३ जना पक्राउ
लहान । प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित सिरहाको मिर्चैया नगरपालिका–९ बाट तीन जनालाई पक्राउ...गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना व्यक्त
काठमाडौँ । भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा...

प्रतिकृया लेख्नुहोस्:
- भारततर्फ बेच्न लगिरहेको सात वर्षीया बालिकाको उद्धार, दुई दलाल पक्राउ
- छापावाला सुनको मुल्यमा वृद्धि, चाँदीको मूल्यमा भने सामान्य गिरावट
- काभ्रेपलाञ्चोक मदन भण्डारी विश्वविद्यालयलाई निजी जग्गा अधिग्रहणको प्रक्रिया
- महिलालाई लोकसेवा पढाउँदै गाउँपालिका
- ‘केटू’ हिमालको आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपालीलाई काठमाडौँमा भव्य स्वागत