


‘नेर्पा भुलभुले प्रथम च्यालेन्ज फुटबल कप’को फाइनलमा भोजपुरको खावा र खोटाङको रतन्छा


-
-
पुस २४ गते, २०७७ - ११:०९

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा जारी ‘नेर्पा भुलभुले प्रथम च्यालेन्ज फुटबल कप’को फाइनलमा भोजपुरको खावा र खोटाङको रतन्छा भिड्ने भएको छ । पाँच दिनदेखि जारी अन्तर वडास्तरीय जिल्लाकै ठूलो पुरस्कार राशिको प्रतियोगिताअन्तर्गत आज हुने फाइनल खेलमा साकेला गाउँपालिका–२ रतन्छा र टेम्केमयुम गाउँपालिका–५ खावा भिड्ने भएका हुन् ।
नेर्पा स्पोर्टस क्लबको आयोजनामा नेर्पास्थित सन्सारीडाँडा खेल मैदानमा बिहीबार सञ्चालित खेलमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाई ५–१ गोलअन्तरले पराजित गर्दै रतन्छा फाइनलमा पुगेको हो । यस्तै निर्धारित समयमा बराबरी २–२ गोलको स्कोर निस्केपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मालाई ट्राइब्रेकरमा हराउँदै खावाले फाइनलको पक्का गरेको हो ।
खावाले यसअघिको खेलमा पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीलाई ट्राइब्रेकरमै हराउँदै अघि बढेको थियो । खोटाङसहित विभिन्न छिमेकी जिल्लाका २३ वडा सहभागी सेभेन ए साइड प्रथम च्यालेन्ज कप फुटबल प्रतियोगितामा बाक्सिला र सोल्माले सेमी फाइनलिष्टमै चित्त बुझाउनुपरेको छ ।
प्रतियोगिताका प्रथम टोलीले नगद रु एक लाख एक हजार १११ र दोस्रो टोलीले रु ५५ हजार १११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिताका संयोजक वीरेन गुरुङले जनाए । प्रतियोगिताको सेमीफाइनलिस्ट दुई टोलीले जनही रु २० हजार १११ नगद पुरस्कार प्राप्त गर्ने संयोजक गुरुङले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकलाई जनही रु दुई हजार १०० का साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । हाइस्कोररलाई रु तीन हजार १०० तथा सर्वोत्कृष्ट खेलाडीलाई नगद रु चार हजार १०० का साथमा ट्रफी र प्रमाणपत्र प्रदान गर्ने आयोजक नेर्पा स्पोर्टस क्लबले जनाएको छ । प्रतियोगिताको फाइनल खेल आज दिउँसो २ बजेपछि हुने आयोजकले जनाएको छ । प्रतियोगिताको अन्तिम दिन विविध मनोरञ्जनात्मक कार्यक्रमसहित फाइनल खेल सञ्चालन गर्ने आयोजकको तयारी छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
लेउ हटाएर रानीपोखरीलाई थप सुन्दर बनाईदैँ
काठमाडौँ । काडमाडौँ महानगरपालिकाले रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउन थालेको छ । पुनःनिर्माणपछि...गाउँपालिकाद्वारा घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था...माघ १५ बाट सिमकोटका विद्यालय सञ्चालनमा आउने
सिमकोट । कोरोना महामारीले बन्द रहेका सिमकोट गाउँपालिकाभित्रका भित्रका विद्यालय यही माघ १५ गतेबाट...काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा शुरु
काठमाडौँ । काठमाडौँबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा शुरुआत भएको छ । देशदर्शन बससेवा प्रालिले...प्रेस सङ्गठनको भेला माघ ८ गते काठमाडौँमा गर्ने निर्णय
काठमाडौँ । प्रेस सङ्गठन नेपाल केन्द्रीय कमिटीको आज सम्पन्न उपलब्ध सदस्यको बैठकले दोस्रो राष्ट्रिय...बेलायतका राजदूतमा रेग्मी नियुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य...स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी
गण्डकी । हिमाल पारिको जिल्ला मुस्ताङका किसान यतिखेर स्याउको कलमीमा जुटेका छन् । हिमाली क्षेत्रमा...नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि
काठमाडौँ । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया...स्थानीय तहमा वित्तीय पहुँच पुग्दै
बझाङ । बझाङ जिल्लाको एक स्थानीय तह बाहेक बाँकी सबै ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशका...वन सुधार गर्न प्राविधिकको माग
काठमाडौँ । पछिल्लो समय निकै विवादमा रहेको वैज्ञानिक वन परिमार्जन अर्थात् सुधार गरी लागू गर्न वन प्राविधिकले...
