Khabar Dabali Logo
  January 20, Wed

मेलम्चीको पानी वितरणका लागि तयारी अन्तिम चरणमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी विकास समितिले पानी पुनः परीक्षणको तयारी गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालले अधिकांश स्थानमा नयाँ र कतिपय स्थानमा पुरानो पाइपबाट वितरणका लागि तयारी अघि बढाएको हो ।

निर्देशनालयको जिम्मेवारी सुन्दरीजलमा पानी झरेपछि उपत्यकामा समानुपातिक वितरण गर्न पूर्वाधार तयार गर्ने भएकाले त्यसैको काम भइरहेको निर्देशनालयका सूचना अधिकारी उज्ज्वल प्रजापतिले बताए । उनका अनुसार धेरै काम सकिए पनि अहिले बाँकी काम भइरहेको छ । उनले भने, “पाइप निर्माण भएका ठाउँमा नयाँ र नभएका स्थानमा पुरानो पाइपबाटै पानी वितरण गर्ने योजना छ ।”

पानी वितरणका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण सकिएका ठाउँमा परीक्षण (टेस्टिङ एण्ड कमिसनिङ) भइरहेको सूचना अधिकारी प्रजापतिले जानकारी दिए । निर्देशनालयले नयाँ निर्माण भएका पाइपहरुमा चुहावट छ÷छैन भन्ने हेरिरहेको छ । कतिपय सानो क्षेत्रमा ट्याङ्करको पानीबाट परीक्षण भइरहेको छ । ठूलो क्षेत्रमा गर्न बाँकी भएको र त्यहाँ पानी उपत्यकामा खसेपछि परीक्षण हुने उनको भनाइ छ । उपत्यकामा मेलम्चीको पानी आएपछि पुरानो पाइपबाट वितरण हुँदा नयाँ पाइपको परीक्षण सँगसँगै अघि बढाइनेछ ।

समितिले पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदैछ । दोस्रो चरणमा याङ्ग्री र लार्केखोलाबाट थप १७÷१७ करोड गरी जम्मा ५१ करोड लिटर उपत्यकामा आउनेछ । पहिलो चरणमा आउने दैनिक आउने १७ करोड लिटर पानीको वितरणका लागि पूर्वाधार निर्माण गरिएको निर्देशनालयले जनाएको छ । यो पानी चक्रपथभित्र सबै ठाउँमा वितरण हुन्छ । पहिलो चरणमा नै पानी मध्यपुर, कीर्तिपुरमा समेत वितरण हुने बताइएको छ । कपनमा पनि पानी वितरणका लागि पाइप निर्माण अघि बढाइएको छ । उनले बताए, “चक्रपथ बाहिर अहिले यी तीन ठाउँमा मात्रै पानी वितरण हुनेछ ।”

निर्देशनालयले पानी वितरणका लागि आवश्यक पाइपलाइन र नौ स्थानमा ट्याङ्की निर्माण गरिसकेको जनाएको छ । चक्रपथभित्र पाइपलाइन निर्माणका क्रममा भएका स्थानमा पुरानो पाइपबाट पानी वितरण हुने सूचना अधिकारी प्रजापतिले जानकारी दिए । चक्रपथभित्र नयाँ पाइपलाइन नभएका स्थानमा स्वयम्भू, ताहचल, पानीपोखरीलगायतका क्षेत्र पर्छन् । यी स्थानमा गत साउनमा ठेक्का सम्झौता गरिएको र चालु आवभित्रै निर्माण सम्पन्न गरिने उहाँको भनाइ छ । उलने बताए, “अरु ठाउँमा निर्माण सकिएपछि मात्रै त्यहाँ ठेक्का गरिएको थियो ।”

उपत्यकामा १० स्थानमा ट्याङ्की निर्माण गर्ने योजना बनाएको भए पनि अहिलेसम्म नौ स्थानमा मात्रै निर्माण सम्पन्न भएको निर्देशनालयले जनाएको छ । भक्तपुरको कटुञ्जेमा ट्याङ्की निर्माणको क्रममा रहेको प्रजापतिले बताए । सो स्थानमा जग्गाका कारणले ट्याङ्की र पाइपलाइन दुवै निर्माण लामो समयसम्म अघि बढ्न सकेको थिएन । पाइपलाइनमा अझै विवाद भए पनि वैकल्पिक बाटोबाट निर्माण भइरहेको उनले जानकारी दिए ।

मेललम्ची खोलाबाट सुरुङ हुँदै सुन्दरीजलको प्रशोधन केन्द्रसम्म पानी झार्न आवश्यक संरचना निर्माणको काम समितिको हो । सुन्दरीजलमा प्रशोधित पानी घरघरसम्म पुर्याउन संरचना निर्माण निर्देशनालयको हो भने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पानी वितरण गर्नेछ । सुन्दरीजलबाट मुख्य वितरण लाइनबाट ट्याङ्की र ट्याङ्कीबाट वितरण पाइपमार्फत घरघरमा पानी पुग्ने उनले जानकारी दिए । मुख्य चक्रपथ वरिपरि वितरण लाइन रहेका छन्, त्यहीँबाट ट्याङ्कीसम्म पानी जानेछ । ट्याङ्कीबाट वितरण लाइन हुँदै घरघरमा पानी जाने उनले बताए ।

निर्देशनालयले निर्माण गरेको ट्याङ्की काठमाडौँमा लाजिम्पाट, बाँसबारी पानीपोखरी, बालाजु, महाँकाल, ललितपुरको खुमलटार र भक्तपुरको कटुञ्जेलगायतका स्थान रहेका छन् । सरकारले गत असार महिनामा सुरुङको परीक्षण गर्दा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको छ ।

सुरुङमा रहेको त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरुङमा पानी पठाएर परीक्षण गर्ने योजना बनाइएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । उनका अनुसार त्रुटि सच्याउने कामसँगै सुरुङमा पुनरावलोकनको काम भइरहेको छ । सुरुङमा पानी पठाउन थालिएको दुई महिनासम्म परीक्षण गर्न समय लाग्ने उनको भनाइ छ । मन्त्रालयले बनाएको कार्यविधिअनुसार थोरै परिमाणमा गरेर पानी पठाइनेछ । सुरुङमा पानी भरिएपछि पनि केही दिन ‘होल्ड’ गरेर राखिने उनले जानकारी दिए । पानीभित्र भरिएर केही दिन राख्दा बल्ल कतै समस्या छ÷छैन थाहा हुने र समस्या छैन भन्ने भएपछि मात्रै पानी झारिनेछ ।

पुस २४ गते, २०७७ - १०:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माण ५५ प्रतिशत सम्पन्न

ललितपुर । पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको छ । विसं...   
बेसहाराका लागि सहारा बन्यो मानवसेवा आश्रम

बेसहाराका लागि सहारा बन्यो मानवसेवा आश्रम

मोरङ । ‘बेसहाराका लागि सहारा’ बन्दै मानव सेवा आश्रमले आफ्नो नामअनुसार काम गरेको छ । मुख्य कार्यालय...   

स्याउ बगैँचा व्यवस्थापन गर्न लागे किसान

खलङ्गा । जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका...   

अलैँची उत्पादनमा वृद्धिः किसानले पाएनन उचित मूल्य

उदयपुर । जिल्लाको पहाडी क्षेत्रमा वर्षेनी व्यापक अलैँची उत्पादन वृद्धि हुँदै आए पनि यसले उचित मूल्य...   

इरानी राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिको बिदाइमा स्वागत

तेहरान । इरानका राष्ट्रपति हसन रुहानीले बुधवार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गरेका...   

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ९५ हजार भन्दा बढी

नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड पाँच लाख ९५ हजारभन्दा...   

राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ...   

नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

जेनेभा । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त...   

गलकोटमा केही दिनयता १८ घरमा तोडफोड र चोरी

गलकोट । बागलुङ जिल्लाको गलकोटमा चोरीका घटनामा वृद्धि भएका छन् । गलकोट नगरपालिकामा पछिल्लो केही दिनयता...   

तीन लाख ११ हजारले डाउनलोड गरे ‘नागरिक एप’

काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top