


ठमेलका रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिनपर्ने माग


-
-
पुस २४ गते, २०७७ - ०९:२६

काठमाडौं । व्यसायलाई सञ्चालनमा ल्याएर पर्यटन उद्योगलाई विस्तारै पुनःस्थापना गर्नुपर्ने व्यवसायीले माग गरेका छन् । कोभिड–१९ को सङ्क्रमण शुरु भएपछि लकडाउनका कारण ठमेल क्षेत्र अहिलेसम्म ठप्प छ । दिवाकालीन व्यवसाय सञ्चालनमा आए पनि व्यापारिक लाभ लिन नसकेको ठमेल पर्यटन परिषद्को गुनासो छ ।
पर्यटन व्यवसायमा चुलिँदै गएको आर्थिक सङ्कट व्यवस्थापन गर्न ठमेल खुला गर्नुपर्ने र रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन हुने वातावरण बनाउनुपर्ने व्यवसायीको माग रहेको छ । बिहीबार ठमेल पर्यटन विकास परिषद्ले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा महानगरीय प्रहरी परिसरका प्रमुख अशोक सिंहले सरकारले सञ्चालनको अनुमति दिएन भनिरहँदा व्यवसायलाई थप व्यवस्थापन गर्नेतर्फ पनि ध्यान दिन आग्रह गरे । “ठमेलमा व्यवसायी र घरधनीका आफ्ना–आफ्नै गुनासा र समस्या छन् । छुट्टाछुट्टै सुन्दा कुरा सबैका जायज लागे पनि दुवै पक्षले समझदारी नगरी व्यवसाय अघि बढाउन सकिँदै”, कामपा–२६ का अध्यक्ष ख्यामराज तिवारीले भने ।
ठमेल बन्द भएपछि नेपालको पर्यटन उद्योगमा ठूलो धक्का लागेको छ भन्दै परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले यसलाई क्रमशः खोल्दै लानुपर्ने बताए । त्यस क्रममा व्यवसायीले रात्रिकालीन व्यवसाय गर्दा कोटेश्वर, सुन्धारा, दरबारमार्ग र ठमेललाई एउटै मापदण्डमा सञ्चालन गर्ने प्रबन्ध गर्नुपर्नेमा जोड दिएका थिए । कुनै ठाउँमा ९ बजे, कतै १० बजे र कतै ११ बजे व्यवसाय बन्द गर्ने व्यवहार असमान भएको उनीहरूको गुनासो थियो ।
छलफलमा सहभागी घरधनीले ठमेलमा रातको समयमा हुने जमघट, चर्को आवाज र सडकमा देखिने अश्लील गतिविधिले परिवारसँग बस्ने र आनन्दसँग सुत्ने वातावरण नभएको गुनासो गरेका थिए । यस क्षेत्रमा करिब १० हजार व्यवसायी र दुई हजार घरधनी छन् । सिजनमा ठमेलले दैनिक रु ३० देखि ३५ करोड र अफसिजनमा रु १८ देखि २० करोड कारोवार गर्ने गरेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मौसम सफा हुन अझै केही दिन लाग्ने
काठमाडौं । मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा...प्रधानन्यायाधीशले भने- आवश्यक परे संविधान सभामा भएको छलफलको रेकर्ड मगाउँछौं
काठमाडौँ । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर...प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चमा बहस सुरु
काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ । सर्वोच्चको...अब हुम्ला आउने यात्रुलाई पिसिआर रिपोर्ट नचाहिने
हुम्ला । नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्गहुँदै हुम्ला आउँदा यात्रुलाई अब कोरोनाको पिसिआर रिपोर्ट...बजारमा सुनको मुल्य घट्यो, आज तोलाको कति छ ?
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि ओरालो लागेको छ । तोलामा नै रु ७०० ले ओरालो लागेर साताको...लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल
चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने...सभापति देउवाद्वारा प्रदर्शनमा सहभागीलाई बधाई
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आयोजनामा देशभरका ७५३ पालिकामा आज...प्रधानमन्त्रीको कदम राजनीतिक स्थिरतासँग मेल खादैन : नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध ¥याली...प्रधानमन्त्री ओलीको प्रश्न : मैले हँसाएँ भनेर किन पीर ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको...प्रचण्ड जस्तो इमान्दार नेता अरु कोही छैन : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले पुष्पकमल दाहाल प्रचण्डजस्तो इमान्दार...

प्रतिकृया लेख्नुहोस्:
- प्रधानन्यायाधीशले भने- आवश्यक परे संविधान सभामा भएको छलफलको रेकर्ड मगाउँछौं
- प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चमा बहस सुरु
- लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल
- सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत
- आजदेखि काठमाडौं उपत्यकाका विद्यालय खुल्दै, यस्तो छ सुरक्षा मापदण्ड
- जीप दुर्घटनामा दुईको मृत्यु, सात जना घाइते
- प्रधानमन्त्रीको कदम राजनीतिक स्थिरतासँग मेल खादैन : नेता सिंह
- प्रधानमन्त्री ओलीको प्रश्न : मैले हँसाएँ भनेर किन पीर ?
- सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला
- इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प : ८०० भन्दा बढी घाइते, १५ हजार विस्थापित
- हेटौँडा उपमहानगरपालिकाका १२७ योजना पूरा
- प्रचण्ड जस्तो इमान्दार नेता अरु कोही छैन : अध्यक्ष नेपाल
- नेपाली कांग्रेसले आज सबै स्थानीय तहमा प्रदर्शन गर्ने
- निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आह्वान : मन्त्री नेम्वाङ
- संसद् विघटनको मुद्दामा न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल