


स्थानीयवासीको लगानीमा रेल सञ्चालन गर्ने तयारी


-
-
पुस २४ गते, २०७७ - ०७:०१

रुपन्देही । स्थानीयवासीको लगानीमा रुपन्देहीको तिलोत्तमामा रेल सञ्चालन गर्ने तयारी थालिएको छ ।
आजको गोरखापत्र दैनिकमा खबर छ – उक्त रेल्वे परियोजनाको प्रारम्भिक सर्वेक्षण सम्पन्न गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम सुरु भएको छ । मुनस्टार इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि, दाङले डीपीआर निर्माणको जिम्मा पाएको छ । अबको आठ महिनाभित्र डीपीआर सम्पन्न हुने बताइएको छ ।
प्रारम्भिक सर्वेक्षणबाट रेल्वे निर्माणको लागत झन्डै सात अर्ब रुपियाँ रहेको तिलोत्तमा पब्लिक रेल्वे कम्पनीका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिए । तिलोत्तमा नगरपालिकाको ५२ किलोमिटर लामो चक्रपथमा सञ्चालन हुने उक्त ट्राम–रेल्वे निर्माणमा समुदायको लगानी रहने नगरपालिका प्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।
हालसम्म ५०५ जनाले प्रतिव्यक्ति एक लाख रुपियाँको दरले सेयर लगानी गरेको रेल्वे कम्पनीका सञ्चालक डिल्लीनारायण पाण्डेले जानकारी दिए । कुल ५२ किलोमिटरको दूरीमा सञ्चालन गरिने रेलका लागि १७ वटा स्टेसन बनाइने छ । पहिलो चरणमा दुई वर्षभित्र योगीकुटीदेखि रोहिणी नदीको जलाशयसम्मको १४ किलोमिटर सडकमा रेल सञ्चालन हुने घिमिरेले बताए ।
नगर प्रमुख घिमिरेले सामुदायिक रेल्वे निर्माण र सञ्चालनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए । नेपाल रेल्वे कम्पनी जनकपुरका पूर्वमहाप्रबन्धक समेत रहेका रेल्वे कम्पनीका प्रबन्धक भोला शर्माले नगरपालिकाको समन्वयमा नगरपालिकाले भनेअनुसार रेल्वे सेवा सञ्चालन गरिने बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कोभिड–१९ विरुद्धको खोप लगाउनलाई मात्र ६२ करोड रूपैयाँ खर्च लाग्ने
काठमाडौं । भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित...सप्तरीमा ट्र्याक्टर दुर्घटना : दुईको मृत्यु, पाँच घाइते
सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको...दुई चरणको प्रदर्शनबाट सन्तुष्ट छ कांग्रेस ?
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन...लोकसेवाले साढे चार हजार पदमा विज्ञापन खोल्दा साढे चार लाख आवेदन
कोभिड महामारीले गत वर्ष ३०४ ले मात्र जागिर पाए, धेरै परीक्षा हुन सकेनन् काठमाडौं । देशमा बेरोजगारीको...सरकारले अपहेलना गरेको भन्दै दुवै प्रहरी जोखिम भत्ता नलिने निष्कर्षमा पुगे
काठमाडौं । सरकारले अपहेलना गरेको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले जोखिम भत्ता नलिने निर्णय गरेका...कोभिडविरुद्धको खोप सातै प्रदेशका ४ लाख ५० हजारलाई पुग्ने
काठमाडौं । भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार...नेपालीको भान्छा अचाक्ली महँगियो
काठमाडौं । कोभिड–१९ महामारीका कारण आयस्रोत गुमेर उपभोक्ताको क्रयशक्ति कमजोर बनेका बेला नेपालीको...‘राजाले राखेको मर्यादा पनि राष्ट्रपतिले कुल्चिइन्’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असंवैधानिक तबरबाट लगेको प्रतिनिधिसभा विघटनको सिफारिस’...बहस गर्ने वकिलको नाम नथप्न आदेश
न्यायाधीश भन्छन्, ‘बहस चुनावसम्म नलम्बियोस्’ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको...सिरियामा माइनस २० डिग्रीमा गस्ती गर्दै नेपाली सेना
काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कार्यरत नेपाली शान्ति सैनिकहरूले मध्यपूर्वी...

प्रतिकृया लेख्नुहोस्:
- वाग्मती प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुने
- कोभिड–१९ विरुद्धको खोप लगाउनलाई मात्र ६२ करोड रूपैयाँ खर्च लाग्ने
- सप्तरीमा ट्र्याक्टर दुर्घटना : दुईको मृत्यु, पाँच घाइते
- दुई चरणको प्रदर्शनबाट सन्तुष्ट छ कांग्रेस ?
- लोकसेवाले साढे चार हजार पदमा विज्ञापन खोल्दा साढे चार लाख आवेदन
- चालू आर्थिक वर्षको ६ महिनामा साढे छ खर्बको आयात
- जलवायु परिवर्तन प्रभावको कारण बालबालिकामा बढ्दो कुपोषण
- भारतीय प्रधानमन्त्री मोदी, मुख्यमन्त्रीहरुले दोस्रो चरणमा खोप लगाउने
- २१ दिनभित्र रकम पाउने सम्झौता भएपनि अझै पाएनन् उखु किसानले बाँकी रकम
- सुदूरपश्चिम विश्वविद्यालयमा सुरक्षाका मापदण्ड अपनाई पठनपाठन शुरु