Khabar Dabali Logo
  January 18, Mon

प्रतिनिधिसभा पुनःस्थापना हुनेमा ढुक्क छौँ : नेता भट्टराई

कास्की । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपालका समूहका नेता एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले निर्वाचित प्रतिनिधिको थलो प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वासमा आफूहरु रहेको बताएका छन् । नेकपा निकट जनवर्गीय सङ्गठनको जिल्लास्तरीय भेलालाई आज पोखरामा सम्बोधन गर्दै उनले सम्मानित सर्वोच्च अदालतले विघटित संसद् पुनःस्थापना गर्ने बताए ।

उनले भने, “पूर्वप्रधानान्याधीस, बारका पूर्वअध्यक्षहरु, कानून व्यवसायीलगायत सबै प्रधानमन्त्रीको कदमको विपक्षमा हुनुहुन्छ । यसका बारेमा अदालतमा सुनुवाइ चलिरहेकोे छ, हामीलाई विश्वास छ अदालतले संसद् पुनःस्थापना गर्नेछ ।” नेता भट्टराईले प्रचण्ड–माधव नेपाल अध्यक्ष रहेको नेकपा नै आधिकारिक पार्टी रहेकाले सूर्य चुनाव चिह्न पनि यही पार्टीको हुने दावी गरे ।

नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले प्रधामन्त्रीले अन्तै बाटो लिएपछि आफ्नो पार्टी जनताको परिर्वतन र समृद्धिका लागि नयाँ सङ्कल्पसहित जनतामाझ आएको बताए । उनले भने, “हामीले सुशासन र समृद्धि भनेका थियौँ, स्थायित्वका साथ समाजवादको यात्रामा अघि बढेका थियौँ तर अहिले बाध्यताबस नयाँ बाटो हिँड्न बाध्य छौँ । जनताको सपना पूरा गर्न निरन्तर लागि रहन्छौँ ।” नेता पौडेलले प्रधानमन्त्रीलाई काम गर्न पार्टीमा कुनै अवरोध र घेराबन्दी नभएको दाबी गरे ।

पुस २३ गते, २०७७ - २१:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालको पहिलो संगीत संयोजक गणेश परियारको निधन

नेपालको पहिलो संगीत संयोजक गणेश परियारको निधन

काठमाडौं । नेपालको पहिलो संगीत संयोजक, संगीतकार एवं वाद्यवादक गणेश परियारको निधन भएको छ । ७६ वर्षका...   

प्रतिनिधिसभा विघटन मुद्दाः आज पनि सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आइतार भएको बहस नसकिएकाले हेर्दाहेर्दैमा...   

मोरङमा निर्वाचनको तयारी

विराटनगर । सरकारले अगामी वैशाख १७ र २७ गते आम निर्वाचन गर्ने गरेको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय...   

आगामी चुनाव गर्न ८ अर्ब बढी खर्च लाग्ने

काठमाडौं । आगामी बैशाखमा निर्वाचन गराउन आठ अर्ब बढी खर्च हुने निर्वाचन आयोगले अनुमान गरेको छ। आइतबार...   

झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन

झापा । सरकारले प्रतिनिधिसभा विघटन गरी विसं २०७७ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा...   

सुमो र ट्र्याक्टर ठोक्किँदा एक जनाको मृत्यु

सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–८ गिरधारी राइस मिल अगाडि आइतबार...   

प्रतिक्रान्तिकारीहरुको मुटु हल्लिने आन्दोलन चाहिन्छ, म कार्यकर्तालाई जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार छु : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल¬नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री...   

सडकका विषयमा विवाद चर्किएपछि वडाध्यक्षमाथी ढुङ्गा प्रहार

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–१ का वडाध्यक्षमाथि हातपात हुँदा उहाँ सख्त घाइते हुनुभएको छ...   

अन्तराष्ट्रिय अभ्यासका आधारमा संसद विघटनको सिफारिस गरेको हुँः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...   

तत्कालीन प्रम कोइरालालाई जस्तो विघटनको अधिकार वर्तमान प्रमलाई नभएको जिकिर

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top