


ब्राउनसुगरसहित पक्राउ परेका २७ वर्षीय भरत थुनामा


-
-
पुस २३ गते, २०७७ - १५:४७

सप्तरी । लागुऔषध खैरो हेरोइन (ब्राउनसुगर)सहित पक्राउ परेका युवक बुधबार थुनामा परेका छन् । जिल्ला अदालतको आदेशले तिलाठी कोइलाडी गाउँपालिका–७ का २७ वर्षीय भरत शर्मा सुतिहार पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनरुप टोलीले अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ बकधुवास्थित भित्री सडकखण्डबाट ५० ग्राम खैरो हेरोइनसहित सुतिहार र उनका भाइलाई गत कात्तिक १ गते पक्राउ गरेको थियो । आरोपितका भाइ (काकाका छोरा) १७ वर्षीय बालक भएकाले उनलाई निजको बुवाको जमानीमा छाडिएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहको नेतृत्वमा खटिएको टोलीले स७प १८६५ नंको मोटरसाइकलमा महादेवा गाउँबाट महुलीतर्फ जाँदै गरेको उनीहरुलाई पक्राउ गरेको थियो । प्रनाउ सिंहका अनुसार खैरो हेरोइन लिएर मोटरसाइकलमा आउँदै गरेको सूचनापछि सवारी साधन तथा पैदलयात्रीलाई जाँच गर्ने क्रममा आरोपित पक्राउ परेका हुन् । मोटरसाइकल पछाडि सवार भरत शर्माको साथबाट १० ग्रामको दरले बनाएको पाँच पोका खैरो हेरोइन बरामद भएको थियो ।
आरोपितले भारतबाट खैरौ हेरोइन लिएर आएको बताए । भरत शर्माले लगाएको पाइन्टको गोजीमा प्लास्टिकभित्र प्याक गरेर राखेको अवस्थामा खैरो हेरोइन बरामद भएको प्रनाउ सिंहको भनाइ छ । उनीहरुविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार मुद्दा चलाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेतृत्व विकाससँगै महिला आयआर्जनसँग जोडिनुपर्दछ : उससभामुख शर्मा
गण्डकी । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरू संवैधानिक अधिकारको उपयोग गर्दै आयआर्जनतर्पm...गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप दिइने
गण्डकी । गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललार्ई अनुदानमा...प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको...राष्ट्रिय महिला फुटबल : सावित्राको चार गोलको मद्दतमा एपिएफ विजयी
काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आइतबार भएको खेलमा सावित्रा भण्डारीको चार गोलको मद्दतमा...कामपाका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति
काठमाडौँ । दश महिनापछि काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको...भजनीका किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
टीकापुर । कैलालीको भजनी नगरपालिकाका किसानलाई १०० क्विन्टल चैते धानको बीउ निःशुल्क वितरण गरिएको छ...सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी
काठमाडौँ । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स...अस्पताल बनाउन स्थानीयवासीद्वारा करिब ८ रोपनी जग्गा निःशुल्क नामसारी
गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ स्थित रेश स्वास्थ्यचौकीलाई स्तरोन्नति गर्न यहाँका...पोर्चुगलमा कोरोना प्रभावित नेपालीलाई राहत वितरण
पोर्चुगल । कोभिडका कारण समस्यामा परेका केही नेपालीलाई दोस्रो चरणको राहत वितरण गरिने भएको छ । कोभिडको...ट्रम्प विरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लीकनको आग्रह
वासिङट्न । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति...

प्रतिकृया लेख्नुहोस्:
- आयोगको अनिर्णय : नेकपा कानुनी रुपमा विभाजित हुन लम्बियो प्रक्रिया
- जब प्रधानमन्त्रीले नै कर्मचारीलाई राजनीतिमा लाग्न सल्लाह दिए
- काठमाडौं–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर
- कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिबाट नै फैलिन सक्छ संक्रमण
- आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिइँदै, आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने