Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

बाघखोर–खम्बुखा सडक निर्माण अन्तिम चरणमा

भोेजपुर । बाघखोर–तिम्मा खम्बुखा सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । जिल्लाको चक्रपथका रूपमा विकास हुँदै गरेको सो सडकको सङ्घीय सरकारको रु दुई करोड लागतमा गत असोजबाट स्तरोन्नति थालिएको हो । सडकलाई वर्षात्को समयमा समेत यातयात सञ्चलान गर्ने गरी चौडा गर्ने, बढी हिलो हुने ठाउँमा ग्राबेल गर्ने, टेवा पर्खाल भर्नेलगायतका काम भइरहेको छ ।

साँघुरो कच्चीबाटो त्यसमाथि वर्षात्को समयमा हिलाम्य बनेर यातायात सेवा अवरोध हुँदा वषौँदेखि सास्ती भोग्दै आएका स्थानीय सडक स्तरोन्नति हुन थालेपछि खुशी भएका छन् । हिउँदको समयमा जसोतसो यात्रा गर्दै आएका यस क्षेत्रका स्थानीयवासी वर्षात्को समयमा भने यातयात सेवाबाट बञ्चित हुँदै आएका थिए । करिब आठ किलोमिटर क्षेत्र भोजपुर नगरपालिकाको भूभाग पर्ने भए पनि नगरपालिकाले बेवास्ता गर्दा टेम्केमैयुङ–१ तिम्माका मानिसले समेत समस्या भोग्नुपरेको स्थानीयवासीको गुनासो छ ।

स्थानीय उपेन्द्र राउतले भने, “यस क्षेत्रका हामीले वर्षौँदेखि सडकको समस्या भोग्दै आएका छौँ, आठ किलोमिटर सडक नगरपालिका क्षेत्रमा पर्ने भए पनि हालसम्म नगरपालिकाले एक पैसा लगानी गरेको छैन, यस क्षेत्रमा मानिसको बसोबास छ भन्नेसमेत नगरलाई थाहा छैन होला, तर अब भने वडा कार्यालयको पहलमा केन्द्रबाट बजेट विनियोजन भएपछि स्तरोन्नतिको काम भइरहेको छ, यसले हामीलाई राहत पुगेको छ ।”

सडक स्तरोन्नतिले विगतका दिनमा कष्टकर यात्रा गर्दै आएका स्थानीयवासीलाई राहत पुग्ने वडा कार्यालयले जनाएको छ । साथै वडा कार्यालयले स्थानीयवासीको आवश्यकतालाई ध्यानमा राख्दै केन्द्र, प्रदेश सरकारसँग पहल गरेर सडक विस्तारलगायत अन्य विकास निर्माणका काम गर्दै आएको जनाएको छ ।

वडाध्यक्ष नरबहादुर राईले भने, “भोजपुर सदरमुकामसँग सहज पहँुच बनाउने यो सडकको स्तरोन्नति गरिरहेका छौँ, सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउने हाम्रो लक्ष्य छ, भोजपुरको रिङरोडको रुपमा विकास भइरहेको यो सडकलाई सेती बगरसम्म विस्तार गर्नका लागि गाउँपालिकाले पनि रु एक करोडको बोलपत्र आह्वान गरेर काम गर्ने तयारी गरेको छ ।”

वडामा आउने थोरै बजेटमा पनि सरोकारवाला निकायसँग समन्वय गरेर स्वास्थ, शिक्षा, कृषि, सडक विस्तारलगायत काममा वडा कार्र्यालयले गरिरहेको कामको स्थानीयवासीले प्रशंसा गर्दै आएका छन् । टोल बस्तीसम्म कृषि सडक विस्तारमा वडा कार्यालयले भूमिका खेलिरहेकाले स्थानीय उत्पादनलाई भोजपुर बजारसम्म लैजान विगतका दिनभन्दा केही सहज भएको स्थानीयवासी बताउँछन् । सडकलाई बाह्रै महिना सञ्चालन हुने तवरबाट विस्तार गरिनुपर्ने उनीहरुको भनाइ छ ।

स्थानीयवासी देवेन्द्र राउतले भने, “सडक विस्तार भएसँगै हाम्रो जीवनस्तरमा समेत परिवर्तन भएको छ, घण्टौँसम्म डोकोमा बोकेर यहाँका कृषिजन्य उपजलाई बजारसम्म लैजानुपर्ने अवस्था थियो, अहिले घरदैलोबाटै बजार लैजान पाएका छौँ, सडक विस्तारलगायत अन्य क्षेत्रमा वडा कार्यालयले खेलिरहेको भूमिकाप्रति हामी खुशी छौँ ।”

तोकिएको समयअगावै काम सक्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनी युडी विल्डर्सले जनाएको छ । सडक स्तरोन्नतिको काम गत असोजमा सम्झौता भएको थियो भने आगामी चैतमा सक्नु पर्नेछ । जिल्लाको महत्वपूर्ण रिङरोडका रूपमा विकास भइरहेको गाउँपालिका क्षेत्रको करिब ७५ किलोमिटर क्षेत्रमा विस्तार हुने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिनुभयो । सो सडकले वडा नं १ तिम्मा, २ छिनामखु, ४ अन्नपूर्ण, ४ नागी, ५ खावा, ६ र ७ कोट, ८ गोगने र ९ लेखर्कलाई सडक पहँुचमा जोड्ने अध्यक्ष राईले बताए ।

अध्यक्ष राईले बताए, “महत्वपूर्ण सडकका रूपमा रहेको छ, अहिले तिम्मा खण्डमा करिब नौ किलोमिटर खण्डमा काम भइरहेको छ, त्यो भोजपुर नगरपालिकाको पनि भूभाग हो, हामीले यस क्षेत्रमा सडक विस्तारका लागि हालसम्म रु तीन करोड बजेट लगानी गरिसकेका छौँ । यस वर्ष पनि रु एक करोड बजेट विनियोजन गरेका छौँ ।”

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies