


भारत–अस्ट्रेलिया टेस्टः अस्ट्रेलिया सुदृढ स्थितितर्फ अग्रसर


-
-
पुस २३ गते, २०७७ - १५:०१

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा बिहीबारदेखि शुरु भएको तेस्रो टेस्ट क्रिकेटमा पहिले ब्याटिङ गर्दै अस्ट्रेलिया सुदृढ स्थितितर्फ अग्रसर भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५५ ओभरमा २ विकेटको क्षतिमा १६६ रन बनाएको छ । वर्षाले प्रभावित उक्त खेलमा अस्ट्रेलियाले प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरलाई व्यक्तिगत पाँच रनमै गुमाएको थियो । उनलाई भारतीय बलर मोहम्मद सिराजले आउट बनाएका थिए ।
तर त्यसपछि पहिलो टेस्ट खेल्न मैदानमा उत्रेका विल पुकोभ्स्कीले नवदीप सैनीको बलमा आउट हुनुअघि महत्वपूर्ण ६२ रन बनाएका थिए । क्रिजमा मार्नस लाबुसेने ५७ र स्टिभन स्मिथ २६ रन बनाएर खेलिरहेका छन् ।
यी दुई टीमबीच यसअघिका दुई टेस्टमा १–१ को बराबरी भएको थियो ।
नियमित कप्तान विराट कोहली विदामा बसेकाले यस टेस्टमा पनि अजिन्क्य रहाणेले कप्तानी गरिरहेका छन् । भारतीय टिममा रोहित शर्मा, शुभमन गिल, चेतेश्वर पुजारा, अजिन्क्य रहाणे, हनुमा बिहारी, रिषभ पन्त, रबिन्द्र जडेजा, रविचन्द्रन अश्विन, नवदीप सैनी, जसप्रित बुमराह र मोहम्मद सिराज रहेका छन् ।
अस्ट्रेलियाली टिमको कप्तानी टिम पेनले गरेका छन् । अस्ट्रेलियाली टिमका अन्य खेलाडीमा विल पुकोभ्स्की, डेभिड वार्नर, मार्नस लाबुसाने, स्टिभन स्मिथ, क्यामरुन ग्रिन, म्याथ्यु वेड, प्याट कमिन्स, मिचेल स्टार्क, नाथन लायन, जस हेजलउड रहेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फरार प्रतिवादी पक्राउ
मकवानपुर । जिल्ला अदालत मकवानपुरको २०७६ भदौ २२ गतेको फैसलाले यौन दुर्व्यवहार मुद्दामा २ महिना ४ दिन...स्वरोजगार बन्दै पोर्चुगलका नेपाली
पोर्चुगल । पोर्चुगललाई कर्मथलो बनाउँदै आएका नेपालीले विश्वव्यापी महामारीको समय सही तवरले सदुपयोग...प्रत्येक दिन जसो नयाँ सङ्क्रमतिहरु भेटिन थालेपछि बेइजिङमा नागरिकलाई विदा मनाउन बाहिर ननिस्किन आग्रह
बेइजिङ । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेपछि यहाँका अधिकारीहरुले...भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ७ लाख भन्दा बढी
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड सात लाख ११ हजारभन्दा बढी...फुजी स्याउप्रति जुम्लाका किसान आकर्षण
खलङगा । पछिल्लो समयमा यहाँका किसान विदेशी फुजी स्याउप्रति आकर्षण भएका छन् । जिल्लामै उत्पादन हुने...नयाँबानेश्वरमा ३ लाख नगद तथा सुनका गरगहना चोरी
काठमाडौं । काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वर डेरा गरी बस्ने ललितपुर ईमाडोल घर भएका ४४ वर्षीय...जबरजस्ती करणी गरेको अभियोगमा २९ वर्षीय सुमन पक्राउ
झापा । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१ बस्ने २९ वर्षीय सुमन घिमिरेलाई...होटलबाट २ थान रेड पाण्डाको छाला सहित ३ जना पक्राउ
बाँके । कोहलपुर नगरपालिका-१२ चप्परगौरीस्थित दैलेखी होटलबाट २ थान रेड पाण्डाको छाला सहित ३ जनालाई बुधबार...मध्यपुरथिमिमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु: भएन सनाखत
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली–कोटेश्वर जाने सडकखण्डमा सवारी साधनको ठक्करबाट एक पुरुषको...छिमेकीको खुकुरी प्रहारबाट घाइते मगरको उपचारमा समस्या
सोलुखुम्बु । छिमेकीको खुकुरी प्रहारबाट घाइते माप्यदूधकोशी गाउँपालिका–६ वाप्साकी ५५ वर्षीया कुमारी...
